मेचीनगर//नेपाल स्वास्थ्यकर्मी संघ मेचीनगर नगरपालिका इकाई समितिको अध्यक्षमा हरिशचन्द्र देवकोटा सर्वसम्मत रुपमा चयन भएका छन्।

शुक्रबार सम्पन्न इकाई समितिको प्रथम अधिवेशनले अध्यक्षमा देवकोटालाई चयन गरेको हो। 

OM Sai Pathibhara Hospital

यस्तै देवकोटाको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति समेत गठन भएको छ ।

समितिको उपाध्यक्षहरुमा यामकुमार अधिकारी, राम मगर, सरिन गिरी र कुञ्जु वस्नेत, सचिवमा सुस्मिता रायमाझी, सहसचिवहरुमा दुर्गादेवी गौतम, गोमा कोइराला, देवीका गिरी र बिक्रम अधिकारी तथा कोषध्यक्षमा तुलराम ढुंगाना सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा सीता मिश्र, सीता दाहाल, दुर्गादेवी बराल, सविता प्रधान, नेत्रबहादुर खड्का, पुजा महतो, सरिता मेचे, दुर्गा शर्मा र तुलषा तिवारी चयन भएका छन् ।