स्वास्थ्य

    Showing 1,101-1,110 of 2,504 items.
  • डा.शर्माद्वारा सञ्चालित ‘एम्बुलेन्स क्याम्प’ बाट १५ सय बिरामीले पाए गाउँमै निःशुल्क उपचार

    विराटनगर / विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक  डा. सुनिल शर्माद्वारा सञ्चालित ‘एम्बुलेन्स क्याम्प’ बाट विगत दुई साताको अवधिमा मोरङको क्षेत्र नं.३ का एक हजार पाँच सय बिरामीले गाउँमै निःशुल्क उपचार पाएका छन् । नोबेल अस्पतालमार्फत डा. शर्माले बेलबारी, सुन्दरहरैचा र पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकामा ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गराइरहेका हुन् ।डाक्टरसहितको टोली एम्बुलेन्समा जाने र गाउँका बिरामीको खोजीखोजी उपचार गर्ने गरिएकाले एम्बुलेन्स क्याम्प नाम दिइएको हो । हरेक दिन दुई टोली डाक्टरहरू टोलटोलमा पुगेर त्यहाँ रहेका बिरामीहरूको उपचार गर्ने गरेका छन् । भिडियो

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 202 पटक पढिएको
  • बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज

    झापा / देशभरका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । पूर्ण खोप लगाएको तीन महिना नाघेका १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई बुस्टर डोज  लगाउन लागिएको हो। यो उमेर समुहका ३४ लाख बालबालिका छन्।  ती मध्ये पूर्ण खोप लगाएका बालबालिकालाई बुस्टर डोज दिन लागिएको स्वास्थ्य सेवा विभाग खोप, बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ। यसैगरी, स्वास्थ्य मन्त्रालयले ९ असारबाट ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको खोप दिने जनाएको छ ।देशभरका विद्यालयहरूमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिने तयारी छ । अभियान अन्तर्ग

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 296 पटक पढिएको
  • रगतको मूल्य बढ्यो, प्रतियुनिट कति ?

    झापा / सरकारले रगतको मूल्य पहिलेको भन्दा दोब्बरले बढाएको छ । स्वस्थ व्यक्तिले सेवा भावले विभिन्न रोग लागेर उपचार गराइरहेका बिरामीलाई चढाउनका लागि दान दिएको रगत बिरामीले पनि निःशुल्क पाउनुपर्छ भन्ने आवाज उठाइरहेको बेला सरकारले रगतको मूल्य बढाएको हो।सबै रक्तसञ्चार केन्द्रहरूलाई नयाँ मूल्यबारे पत्र पठाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरेको जानकारी दिएको छ । यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो ।मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो ।प्रयोगशालाका अनुसार ब्लड ब्यागको यसअघि ८० रुपै

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 296 पटक पढिएको
  • स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षा असार २२ देखि २४ सम्म

    काठमाडौँ  / नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिने नाम दर्ता (लाइसेन्स) परीक्षा असार २२, २३ र २४ गते हुने भएको छ । परिषदले सूचना प्रकाशित गर्दै स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको तेस्रो नाम दर्ता परीक्षा असारको २२ देखि २४ गतेसम्म गर्ने निर्णय भएको जनाएको हो। उक्त परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुने भनिएको छ। यस्तै, प्रवेश तालिका र प्रवेशपत्रका लागि परिषद्को आधिकारिक वेबसाइटबाट हेर्न सकिने सूचनामा उल्लेख छ।

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 188 पटक पढिएको
  • नवजात शिशुको मृत्यु भएपछि कोशी अस्पताल तनावग्रस्त

    विराटनगर / विराटनगरस्थित कोशी अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ ।मोरङको बेलबारी –७ बाहुनी घर भएकी २४ वर्षीया स्वितमा प्रधानको नवजात शिशुको गएराती मृत्यु भएपछि अस्पताल आज बिहानदेखि तनावग्रस्त बनेको हो ।श्रीमान दिपेन्द्र श्रेष्ठका अनुसार शुक्रबार राती ८ बजे नर्मल डेलिभरीबाट स्वितमाले छोरीलाई जन्म दिएकी थिइन् ।  शिशुले दिशा मुखमा परेको भन्दै उपचार गर्न लगिएकोमा राती ११ बजे मृत्यु भएको खबर आएको दिपेन्द्रले बताए । तर, बिहान डिस्चार्ज पेपरमा मरेको बच्चा जन्मिएको ‘स्टील बन्थ’ भनेर लेखेको पाइएको दिपेन्द्रले बताए । यस विषय बुझ्न खोज्दा आफूहरूलाई चिकित्सकसँग अ

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 195 पटक पढिएको
  • सुर्तिजन्य पदार्थको सेवनबाट नेपालमा वार्षिक २७ हजारको मृत्यु

    काठमाडौं / राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले सुर्तिजन्य पदार्थको सेवनबाट नेपालमा वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको बताएका छन् । शर्माले आज (मंगलबार) विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको बताएका हुन् । सुर्तीजन्य पदार्थको खेती, उत्पादन, सेवनका कारण निम्त्याउने वातावरणीय प्रभावलाई न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थरहित दिवसलाई वर्षैभरि अभियानको रुपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तिजन्य पदार्थको

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 182 पटक पढिएको
  • अब मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले मासिक ५ हजार पाउने

    काठमाडौँ / सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार उपचार खर्च दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गरेका हुन् । उनले भने, ‘सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्ति र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधी उपचार खर्च स्वरुप मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने छ ।’त्यस्तै शर्माले आगामी आर्थिक वर्षबाट मिर्गौला प्रत्यारोपण गरेका तथा डाइलासिस गराइरहेका व्यक्तिहरूलाई पनि औषधि उपचार खर्चका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । शर्माले यस्ता बिरामीलाई औषधी

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 495 पटक पढिएको
  • २० देशमा फैलियो मङ्कीपक्स, सतर्कता अपनाउन आग्रह

    काठमाडौं  / विश्वका २० देशमा मङ्कीपक्सको संक्रमण पुष्टि भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको संख्या बढ्दै गइरहेको छ। उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको संक्रमण पुष्टि भएको जनाएका छन्।‘हामीलाई प्राप्त विवरणअनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ भने अरु एक सयभन्दा बढीमा शंकास्पद लक्षण देखिएको छ,’ डब्लुएचओका अधिकारीको भनाइ छ।मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिँदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्।डब्लुएचओका

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 276 पटक पढिएको
  • आज देशभर ८ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ९६९ जनाको कोरोना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ११४ रहेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा १५ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन्।आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित हुने ३० जिल्ला पुगेका छन्। आज १ लाख ४ हजार ५३४ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। 

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 174 पटक पढिएको
  • मानिसहरू रक्सी पिए पछि किन शुद्ध बोल्न सक्दैनन् ?

    झापा / के तपाईंले कहिल्यै सोच्नुभएको छ रक्सीमा के हुन्छ कि रक्सी पिएपछि हामी न त राम्ररी बोल्न सक्छौँ न त राम्ररी हिँड्न सक्छौं।यो विषयमा जर्मनीको एक विश्वविद्यालयले एउटा अनुसन्धान गरेको थियो । अनुसन्धानबाट रक्सीको अणुहरू धेरै सानो हुने खुलासा भएको छ ।जसका कारण तिनीहरू हाम्रो रगतमा धेरै छिटो पग्लिन्छन् । हाम्रो रगतको तरल पदार्थको माध्यमबाट मस्तिष्कमा पुग्न ६ मिनेट मात्र लाग्छ, यो हाम्रो मस्तिष्कमा पुगेपछि त्यहाँ न्यूरोट्रान्समिटरले असर गर्न थाल्छ, यी न्यूरोट्रान्समिटरहरू हाम्रो सञ्चारका लागि जिम्मेवार हुन्छन्।जब न्यूरोट्रान्समिटरहरूले सन्देशहरू ठीकसँग पठाउन सक्दैनन्, हाम्रो मस्तिष्कले हाम्रो श

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 276 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.