झापा / देशभरका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । 

पूर्ण खोप लगाएको तीन महिना नाघेका १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई बुस्टर डोज  लगाउन लागिएको हो। 

OM Sai Pathibhara Hospital

यो उमेर समुहका ३४ लाख बालबालिका छन्।  ती मध्ये पूर्ण खोप लगाएका बालबालिकालाई बुस्टर डोज दिन लागिएको स्वास्थ्य सेवा विभाग खोप, बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ। 

यसैगरी, स्वास्थ्य मन्त्रालयले ९ असारबाट ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको खोप दिने जनाएको छ ।

देशभरका विद्यालयहरूमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिने तयारी छ । अभियान अन्तर्गत सुरुमा २७ वटा जिल्लामा खोप अभियान सञ्चालन गरिने छ भने त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी छ । 

मन्त्रालयका अनुसार देशभरका विद्यालयहरूमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको हो ।

पहिलो चरणमा २७ वटा जिल्लामा खोप अभियान सञ्चालन गरिने र दोस्रो चरणमा ५० जिल्लामा खोप अभियान सञ्चालन गरिने भएको छ । 

२७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने भएको छ । 

त्यस्तै, ५० जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन हुने भएको छ ।