विराटनगर / विराटनगरस्थित कोशी अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ ।

मोरङको बेलबारी –७ बाहुनी घर भएकी २४ वर्षीया स्वितमा प्रधानको नवजात शिशुको गएराती मृत्यु भएपछि अस्पताल आज बिहानदेखि तनावग्रस्त बनेको हो ।

OM Sai Pathibhara Hospital

श्रीमान दिपेन्द्र श्रेष्ठका अनुसार शुक्रबार राती ८ बजे नर्मल डेलिभरीबाट स्वितमाले छोरीलाई जन्म दिएकी थिइन् ।  शिशुले दिशा मुखमा परेको भन्दै उपचार गर्न लगिएकोमा राती ११ बजे मृत्यु भएको खबर आएको दिपेन्द्रले बताए । 

तर, बिहान डिस्चार्ज पेपरमा मरेको बच्चा जन्मिएको ‘स्टील बन्थ’ भनेर लेखेको पाइएको दिपेन्द्रले बताए । यस विषय बुझ्न खोज्दा आफूहरूलाई चिकित्सकसँग अहिलेसम्म भेट्न र कुरा गर्न नदिएपछि आन्दोलनमा उत्रिनु परेको उनको भनाइ छ ।