काठमाडौँ  / नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिने नाम दर्ता (लाइसेन्स) परीक्षा असार २२, २३ र २४ गते हुने भएको छ । 

परिषदले सूचना प्रकाशित गर्दै स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको तेस्रो नाम दर्ता परीक्षा असारको २२ देखि २४ गतेसम्म गर्ने निर्णय भएको जनाएको हो। 

OM Sai Pathibhara Hospital

उक्त परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुने भनिएको छ। यस्तै, प्रवेश तालिका र प्रवेशपत्रका लागि परिषद्को आधिकारिक वेबसाइटबाट हेर्न सकिने सूचनामा उल्लेख छ।