काठमाडौं / मंकीपक्सको आशङ्कामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएका युवकमा कुष्ठरोग भएको पाइएको छ । 

अस्पतालले गरेको प्रयोगशाला परीक्षणमा ती युवकलाई मंकीपक्सको नभई कुष्ठरोग भएको पत्ता लागेको हो।

OM Sai Pathibhara Hospital

मंकीपक्सको जस्तै लक्षण देखिएका २६ वर्षीय युवक दुबईबाट नेपाल आएका थिए। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कका स्वास्थ्यकर्मीले उनलाई मंकीपक्सको आशङ्कामा सिधै टेकु अस्पताल रिफर गरेका थिए।

अस्पताल स्रोतका अनुसार सुरुमा मंकीपक्सको आशङ्कामा भर्ना गरिएपनि परीक्षणबाट कुष्ठरोग भएको पुष्टि भएको हो।