बिर्तामोड / मुन्दुम विद् गडुलमान राईको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित राईको ७३ वर्षको उमेरमा उपचारकै क्रममा बुधबार बिहान भक्तपुरमा निधन भएको हो । मुन्दुमविद् राईले लेखेका चाम्लिङ राईको जन्मदेखि मृत्युसम्मको संस्कार समेटिएको ‘किरात संस्कार’ (चाम्लिङ–नेपाली) पुस्तक, ‘चाम्लिङ–नेपाली प्रयोगात्मक शब्दसंग्रह’ प्रकाशित छन् ।यसै गरी राईले चाम्लिङ भाषाको कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकसमेत लेख्नुका साथै कक्षा १ को गणित, विज्ञान, स्वास्थ्य तथा शारीरिक, सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषयलाई चाम्लिङ भाषामा अनुवाद गरेका छन् । खोटाङको साकेला गाउापालिका –२ रतन्छामा २००५ भ
काठमाडौं//काठमाडौं जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने भनेर गरेको निर्णय फिर्ता लिएको छ ।निपा भाइरसको जोखिम बढेको, नेपालीहरूको ठूलो चाड दशैँ आउन लागेको भन्दै अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासनले निर्णय फिर्ता लिएको हो। शैक्षिक संस्थाहरू (विद्यालय)ले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपाउने भन्दै बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आदेश जारी गरेका हुन् ।गर्नै पर्ने भएमा स्थानीय तहहरूले जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू संचालन गर्न सक्ने आदेशमा उल्लेख छ ।‘महा
दैलेख / बुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा यहाँ आमा र छोरा पनि सहभागी भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकोमा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले दुवैलाई परीक्षामा सामेल हुन अवसर जुटेको हो ।जिल्लाको नारायण नगरपालिका–११ बिन्ध्याबासिनीस्थित रैनादेवी माध्यमिक विद्यालयबाट परीक्षाको पहिलो दिन छत्तीस वर्षीया टीकाकुमारी भण्डारी र १८ वर्षीय उनका छोरा दिनेशले परीक्षा दिएका विद्यालयका शिक्षक प्रेमबहादुर विष्टले जानकारी दिएका छन् । टीकाकुमारीले भनिन्, “बुधबारदेखि परीक्षा सुरु भएपछि पढाइको चटारो भएको छ, जसरी पनि परीक
काठमाडौँ (रासस) सङ्घीय संसद्ले कानुन निर्माण गर्न प्रत्यायोजन गरेको अधिकार किटान गरिएको समयभित्र सही ढङ्गबाट अघि नबढाईका कारण संविधानमा उल्लेखित मौलिकका प्रावधान कार्यान्वयनम बाधा पुगिरहेको निष्कर्ष निकालिएको छ ।नेपाल कानुन समाजले अनिवार्य तथा निशुल्क शिक्षा सम्वन्धी ऐन, २०७५ सम्बन्धमा प्रत्यायोजित व्यवस्थाअनुसार हुनु पर्ने विषयले कहाँ काम ग¥यो/गरेन, कमी कमजोरी के छन् भनी समीक्षासहित प्रस्तुत अनुसन्धान प्रतिवेदनले उक्त कुराको पुष्टि गरेको होे ।नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले संविधान जारी भएको तीन वर्षभित्र मौलिक हकसँग सम्बन्धित कानुन कार्यान्वयन गरिसक्नुपर्छ भन्ने मर्मलाई आत
बिर्तामोड //कोभिड -१९ को कारण बन्द रहेका बिर्तामोडका विद्यालय आगामी असोज ४ गते बाट खुल्ने भएका छन् । बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले विद्यालय खुलाउने निर्णय गरेको हो। सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको निर्देशिका पुर्णरुपमा पालना गरी नगरभित्रका सबै विद्यालयमा भौतिकरुपले पठनपाठन गराउन पाइने छ ।सामुदायिक विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नका लागि अभिभावकको भेलाबाट स्वीकृत हुनुपर्ने भएको छ ।बैठकले अभिभावक सहयोग बाहेक
काठमाडौँ / बूढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिकरूपमा खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिकरूपमा नै सञ्चालन भएका हुन् ।काभिड –१९ सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयलाई भौतिक दूरीलगायतका सम्पूर्ण स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाउँदै कक्षा सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको हो । विद्यालयमा कुनै विद्यार्थी, शिक्षक तथा कर्मचारीमा कोभिडको लक्षण देखिएमा नगरपालिकाले एन्टिजेन परीक्षणका लागि आवश्यक कीटसमेत निःशुल्क उपलब्ध गराउने जानकारी दिएको छ । सरकारले तोकेको मापदण्डभित्र रहेर विद्यालय सञ्चालन भए÷नभएको वडाबा
गण्डकी / गण्डकी विश्वद्यिालयको डिनमा डा. कपिल अधिकारी नियुक्त भएका छन् । विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्रा डा. नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले डा. अधिकारीलाई डिनमा नियुक्त गरेको हो ।अमेरिकाबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि हासिल गरेका डा. अधिकारीले नियुक्तिसँगै शुक्रबार पदबहालीसमेत गरेका छन् । स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयका कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्रध्यापक र कर्मचारीसहित साइन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि सङ्काय)को डिन पदमा राष्ट्रिय प्रतिस्पर्धाका आधारमा डा. अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले जानकारी दिए ।उनका अनुसार
बिर्तामाेड / नेपालमा पनि भर्चुअल र अन्य माध्यमबाट आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । ‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ मनाइने दिवसमा कोभिड –१९ का कारण भौतिक उपस्थितिका कार्यक्रम राखिएको छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दिवसका अवसरमा आज भक्तपुरमा वृक्षरोपण कार्यक्रम तय गरेको छ ।हाल १५ वर्षभन्दा माथिको उमेर समूहको साक्षरता ६७ दशमलव नौ प्रतिशत छ । सोही समूहका पुरुषको साक्षरता प्रतिशत ७८ दशमलव छ प्रतिशत र महिलाको साक्षरता प्रतिशत ५९ दशमलव सात प्रतिशत रहेको छ । मुलुकका ५४ जिल्ला साक्षर घोषित भइसकेका छन् ।&nbs
काठमाडौँ / कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार बोलाएको बैठकमा स्वास्थ्य जोखिमको स्थिति विश्लेषण गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा कुन समूह वा सिफ्टमा विद्यालय खोल्ने भन्ने एकरूप कार्ययोजना पेश गर्न आग्रह गर्ने निर्णय भएको थियो । विद्यालय खोल्न सकिने स्थानका शिक्षक र कर्मचारीले कोभिड विरुद्धको खोप लगाएको हुनुपर्ने लगायतका आधार बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले स्मार्ट लकडाउन अन्तर्गत विद्या
बिर्तामोड / विद्यार्थीको हक , हित र अधिकारका लागि भन्दै राजनीतिक दलका सहयोगी बनेर राजनीति गर्दै आएका विद्यार्थी सङ्गठनले डेढ वर्ष देखि निजी शिक्षण संस्थाले लिँदै आएको चर्को शुल्कका विषयमा बल्ल यतिबेला आएर आफ्नो धारणा सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेका छन् ।सामान्य अवस्थामा जसरी शुल्क असुलिरहेका झापाका निजी विद्यालयलाई शुल्क नलिन चेतावनी दिदैँ विद्यार्थी सङ्गठनले आन्दोलनको घोषणा गरेका हुन् । सत्तारुढ दल सम्वद्ध कांग्रेसको नेविसंघ , माओवादी केन्द्रको अखिल क्रान्तिकारी र जसपाको समाजवादी विद्यार्थी युनियनले ५० प्रतिशत भन्दा बेसी शुल्क लिएको भन्दै आन्दोलनको घोषणा गरेको हो ।देशभरका विद्यालयम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.