बिर्तामोड //कोभिड -१९ को कारण बन्द रहेका बिर्तामोडका विद्यालय आगामी  असोज ४ गते बाट खुल्ने भएका छन् ।

बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले  विद्यालय खुलाउने निर्णय गरेको हो।

OM Sai Pathibhara Hospital

सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको निर्देशिका पुर्णरुपमा पालना गरी  नगरभित्रका सबै विद्यालयमा  भौतिकरुपले  पठनपाठन गराउन पाइने छ ।

सामुदायिक विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नका लागि  अभिभावकको  भेलाबाट स्वीकृत  हुनुपर्ने भएको छ ।

बैठकले अभिभावक सहयोग बाहेकका अन्य कुनै पनि प्रकारको शुल्क नउठाउन पनि सामुदायिक विद्यालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

संस्थागत विद्यालयले आफूले लिने शुल्क र अन्य आम्दानी र खर्चको सम्पूर्ण लेखा श्रेस्ता राखी  सम्बन्धित संस्थाहरुसँग छलफल गर्ने गराउने समेत  निर्णय गरेको छ ।

बैठकले विद्यालयलाई पाठ्यक्रम विकास केन्द्र सानो ठिमी भक्तपुरबाट स्वीकृत पाठ्यपुस्तक, सन्दर्भ सामाग्री बाहेकका कुनै पनि सामग्रीहरु पठनपाठन नगराउन निर्देशन दिएको  छ ।