बिर्तामोड  / मुन्दुम विद् गडुलमान राईको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित राईको ७३ वर्षको उमेरमा उपचारकै क्रममा बुधबार बिहान भक्तपुरमा निधन भएको हो । 

मुन्दुमविद् राईले लेखेका चाम्लिङ राईको जन्मदेखि मृत्युसम्मको संस्कार समेटिएको ‘किरात संस्कार’ (चाम्लिङ–नेपाली) पुस्तक, ‘चाम्लिङ–नेपाली प्रयोगात्मक शब्दसंग्रह’ प्रकाशित छन् ।

OM Sai Pathibhara Hospital

यसै गरी राईले चाम्लिङ भाषाको कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकसमेत लेख्नुका साथै कक्षा १ को गणित, विज्ञान, स्वास्थ्य तथा शारीरिक, सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषयलाई चाम्लिङ भाषामा अनुवाद गरेका छन् । 

खोटाङको साकेला गाउापालिका –२ रतन्छामा २००५ भदौ ६ गते जन्मिएका राई अवकाशप्राप्त शिक्षक थिए । उनका पत्नी, ४ छोरा र २ छोरी छन् । उनको पार्थिव शरीर जन्मथलो खोटाङ पुर्‍याएर बिहीबार समाधिस्थ गरिने परिवारले जनाएको छ ।