गण्डकी / गण्डकी विश्वद्यिालयको डिनमा डा. कपिल अधिकारी नियुक्त भएका छन् । विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्रा डा. नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले डा. अधिकारीलाई डिनमा नियुक्त गरेको हो ।
अमेरिकाबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि हासिल गरेका डा. अधिकारीले नियुक्तिसँगै शुक्रबार पदबहालीसमेत गरेका छन् ।
स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयका कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्रध्यापक र कर्मचारीसहित साइन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि सङ्काय)को डिन पदमा राष्ट्रिय प्रतिस्पर्धाका आधारमा डा. अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले जानकारी दिए ।
उनका अनुसार डा. अधिकारीको वैदेशिक अध्ययनको अनुभवले विश्वविद्यालयलाई अध्ययन–अध्ययापनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुने विश्वास लिइएको छ ।