शिक्षा

    Showing 621-630 of 761 items.
  • मेचीनगरका १०६ विद्यालयमा भौतिक उपस्थितिमा पढाइ सुरु

    झापा /  मेचीनगर नगरपालिकाभित्रका सामुदायिक तथा सस्थागत १०६ विद्यालयले भौतिक रुपमै पठाइ सुरुआत गरेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि विद्यालय सञ्चालन हुन नसकिरहेको अवस्थामा पालिकाभित्रका प्रारम्भिक बालकक्षा बाहेकका कक्षा सञ्चालन गर्ने अनुमति पाएसँग विद्यालय सञ्चालनमा आएका हुन् । कक्षा कोठाका क्षमताका आधारमा भौतिक दूरी कायम गर्ने, शिक्षक, विद्यार्थी सबैले अनिवार्य मास्क लगाउने, धेरै विद्यार्थी भएको विद्यालयले आलोपालो गरी पढाइ गर्नेलगायतका मापदण्डपालना गरेर मात्र विद्यालय सञ्चालन गर्ने अनुमित दिएको पालिकाका नगर शिक्षा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए ।उनका अनुसार मेचीनगर क्षेत्रभ

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 140 पटक पढिएको
  • विश्वविद्यालयद्वारा आन्दोलनरत पक्षलाई वार्तामा आउन ‘अल्टिमेटम’

    कर्णाली / मध्यपश्चिम विश्वविद्यालयले लामो समयदेखिको तालाबन्दीका कारण कार्यसम्पादन प्रभावित भएको भन्दै आन्दोलनरत प्राध्यापक सङ्गठनलाई वार्तामा आउन आग्रह गरेको छ । विश्वविद्यालयले मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई आज साँझसम्म वार्तामा आउन आग्रह गरेको हो ।विश्वविद्यालयले तालाबन्दीका कारण विद्यार्थी सङ्गठनसँग भएका सहमति कार्यान्वयन गर्न, एघारौँ सभासम्बन्धी तयारी गर्न, बजेट निकासा र खर्चको प्रक्रिया एवं दैनिक प्रशासनिक कार्यसञ्चालन गर्न अवरोध पुगेको जनाएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय वार्ता समिति र प्राध्यापक सङ्गठनबीच पटक–पटक वार्ता भए पनि सहमति हुनसकेको थि

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 139 पटक पढिएको
  • मुन्दुमविद् राईको निधन

    बिर्तामोड  / मुन्दुम विद् गडुलमान राईको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित राईको ७३ वर्षको उमेरमा उपचारकै क्रममा बुधबार बिहान भक्तपुरमा निधन भएको हो । मुन्दुमविद् राईले लेखेका चाम्लिङ राईको जन्मदेखि मृत्युसम्मको संस्कार समेटिएको ‘किरात संस्कार’ (चाम्लिङ–नेपाली) पुस्तक, ‘चाम्लिङ–नेपाली प्रयोगात्मक शब्दसंग्रह’ प्रकाशित छन् ।यसै गरी राईले चाम्लिङ भाषाको कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकसमेत लेख्नुका साथै कक्षा १ को गणित, विज्ञान, स्वास्थ्य तथा शारीरिक, सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषयलाई चाम्लिङ भाषामा अनुवाद गरेका छन् । खोटाङको साकेला गाउापालिका –२ रतन्छामा २००५ भ

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 215 पटक पढिएको
  • विद्यालय संचालनको निर्णयबाट पछि हटे सिडियो

    काठमाडौं//काठमाडौं जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने भनेर गरेको  निर्णय फिर्ता लिएको छ ।निपा भाइरसको जोखिम बढेको, नेपालीहरूको ठूलो चाड दशैँ आउन लागेको भन्दै अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासनले निर्णय फिर्ता लिएको हो। शैक्षिक संस्थाहरू (विद्यालय)ले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपाउने भन्दै  बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आदेश जारी गरेका हुन् ।गर्नै पर्ने भएमा स्थानीय तहहरूले जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू संचालन गर्न सक्ने आदेशमा उल्लेख छ ।‘महा

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 178 पटक पढिएको
  • आमा–छोरासँगै कक्षा १२ को परीक्षामा

    दैलेख / बुधबारदेखि  देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा यहाँ  आमा र छोरा पनि सहभागी भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकोमा  राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले  दुवैलाई परीक्षामा सामेल हुन अवसर जुटेको हो ।जिल्लाको नारायण नगरपालिका–११ बिन्ध्याबासिनीस्थित रैनादेवी माध्यमिक विद्यालयबाट परीक्षाको पहिलो दिन छत्तीस वर्षीया टीकाकुमारी भण्डारी र १८ वर्षीय उनका छोरा दिनेशले परीक्षा दिएका विद्यालयका शिक्षक प्रेमबहादुर विष्टले जानकारी दिएका छन् । टीकाकुमारीले भनिन्, “बुधबारदेखि परीक्षा सुरु भएपछि पढाइको चटारो भएको छ, जसरी पनि परीक

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 127 पटक पढिएको
  • ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन नै उदाहरण काफी’

    काठमाडौँ (रासस) सङ्घीय संसद्ले कानुन निर्माण गर्न प्रत्यायोजन गरेको अधिकार किटान गरिएको समयभित्र सही ढङ्गबाट अघि नबढाईका कारण संविधानमा उल्लेखित मौलिकका प्रावधान  कार्यान्वयनम बाधा पुगिरहेको निष्कर्ष निकालिएको छ ।नेपाल कानुन समाजले अनिवार्य तथा निशुल्क शिक्षा सम्वन्धी ऐन, २०७५ सम्बन्धमा प्रत्यायोजित व्यवस्थाअनुसार हुनु पर्ने विषयले कहाँ काम ग¥यो/गरेन, कमी कमजोरी के छन् भनी समीक्षासहित प्रस्तुत अनुसन्धान प्रतिवेदनले उक्त कुराको पुष्टि गरेको होे ।नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले संविधान जारी भएको तीन वर्षभित्र मौलिक हकसँग सम्बन्धित कानुन कार्यान्वयन गरिसक्नुपर्छ भन्ने मर्मलाई आत

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 126 पटक पढिएको
  • बिर्तामोडका विद्यालय असोज ४ गते बाट खुल्ने

    बिर्तामोड //कोभिड -१९ को कारण बन्द रहेका बिर्तामोडका विद्यालय आगामी  असोज ४ गते बाट खुल्ने भएका छन् । बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले  विद्यालय खुलाउने निर्णय गरेको हो। सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको निर्देशिका पुर्णरुपमा पालना गरी  नगरभित्रका सबै विद्यालयमा  भौतिकरुपले  पठनपाठन गराउन पाइने छ ।सामुदायिक विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नका लागि  अभिभावकको  भेलाबाट स्वीकृत  हुनुपर्ने भएको छ ।बैठकले अभिभावक सहयोग बाहेक

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 132 पटक पढिएको
  • बूढानीलकण्ठमा आजदेखि भौतिकरूपमै पढाइ

    काठमाडौँ / बूढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिकरूपमा खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिकरूपमा नै सञ्चालन भएका हुन् ।काभिड –१९ सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयलाई भौतिक दूरीलगायतका सम्पूर्ण स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाउँदै कक्षा सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको हो । विद्यालयमा कुनै विद्यार्थी, शिक्षक तथा कर्मचारीमा कोभिडको लक्षण देखिएमा नगरपालिकाले एन्टिजेन परीक्षणका लागि आवश्यक कीटसमेत निःशुल्क उपलब्ध गराउने जानकारी दिएको छ । सरकारले तोकेको मापदण्डभित्र रहेर विद्यालय सञ्चालन भए÷नभएको वडाबा

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 139 पटक पढिएको
  • गण्डकी विश्वविद्यालयको डिनमा डा. अधिकारी नियुक्त

    गण्डकी / गण्डकी विश्वद्यिालयको डिनमा डा. कपिल अधिकारी नियुक्त भएका छन् । विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्रा डा. नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले डा. अधिकारीलाई डिनमा नियुक्त गरेको हो ।अमेरिकाबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि हासिल गरेका डा. अधिकारीले नियुक्तिसँगै शुक्रबार पदबहालीसमेत गरेका छन् । स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयका कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्रध्यापक र कर्मचारीसहित साइन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि सङ्काय)को डिन पदमा राष्ट्रिय प्रतिस्पर्धाका आधारमा डा. अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले जानकारी दिए ।उनका अनुसार

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 155 पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय साक्षरता दिवस : नेपालमा ५४ जिल्ला साक्षर घोषित

    बिर्तामाेड / नेपालमा पनि भर्चुअल र अन्य माध्यमबाट आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ ।  ‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ मनाइने दिवसमा कोभिड –१९ का कारण भौतिक उपस्थितिका कार्यक्रम राखिएको छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दिवसका अवसरमा आज भक्तपुरमा वृक्षरोपण कार्यक्रम तय गरेको छ ।हाल १५ वर्षभन्दा माथिको उमेर समूहको साक्षरता ६७ दशमलव नौ प्रतिशत छ । सोही समूहका पुरुषको साक्षरता प्रतिशत ७८ दशमलव छ प्रतिशत र महिलाको साक्षरता प्रतिशत ५९ दशमलव सात प्रतिशत रहेको छ । मुलुकका ५४ जिल्ला साक्षर घोषित भइसकेका छन् ।&nbs

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 144 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा