शिक्षा

    Showing 621-630 of 1,009 items.
  • विद्यालय शिक्षा विधेयकलाई व्यवस्थित गर्न उपसमिति गठन हुने

    काठमाडौं- विद्यालय शिक्षा विधेयक, २०८० लाई व्यवस्थित गर्न उपसमिति गठन हुने भएको छ ।सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले उपसमिति गठन गरी विधेयकलाई अझ व्यवस्थित बनाइने बताएका हुन् । उनले असल शिक्षा बनाउनका लागि केके मोडलमा जान सकिने हो ? भन्ने विषयमा समितिले पनि प्रस्ताव तयार पार्ने र सरकारको पनि धारणा सुनेर थप व्यवस्थित बनाउन उपसमिति वा समन्वय समिति बनाउने बताए । समिति सभापति थापाले उपसमिति भने आगामी बैठकबाट बनाइने पनि जानकारी गराए । सभापति थापाले विधेयकको विषयमा छनोट गरेर कुनकुन राख्दा वि

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 428 पटक पढिएको
  • त्रिविमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

    काठमाडौं- त्रिभुवन विश्वविद्यालयमा भइरहेको सरकार सरक्षित आतंक अविलम्ब बन्द गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले आज विरोध प्रर्दशन गरेका छन् । उनीहरुले त्रिवि उपकुलपति कार्यालय अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले विश्वविद्यालयमा भइरहेको राजनितिक हस्ताक्षेप, सरकार संरक्षित आतंक बन्द गर्न र विश्वविद्यालयमा प्राध्यापकहरुमाथि आक्रमण गर्ने गुण्डाहरुलाई पक्राउ गरी कडा कार्वाही गर्न माग गरेका छन् ।

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 722 पटक पढिएको
  • विश्वविद्यालयमा आतंक सिर्जना गर्नेहरूलाई कार्बाही गर्न विद्यार्थी संगठनको माग

    काठमाडौं- विपक्षी दलमा आवद्ध ७ विद्यार्थी संगठनहरुले विश्वविद्यालयहरुमा आतंक सिर्जना गर्नेहरुलाई कारबाही गर्न माग गरेका छन् । बुधबार एक विज्ञाप्ती जारी गर्दै त्रिभुवन विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरुमा पदाधिकारी र प्राध्यापकहरूलाई नै आतंकित पार्ने कार्य भइरहेकाले त्यस्ता घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । उनीहरुले सरकार सञ्चालन गरिरहेका दलका निकट व्यक्तिहरू नै यस्ता कार्यममा संलग्न भएकाले त्यसको विरोधमा आगामी शुक्रबार किर्तिपुरमा विरोध प्रदर्शनको कार्यक्रमको पनि घोषणा गरेका छन् । 'संयुक्त विद्यार्थी संगठनको तर्फबाट हामी त्रिभुवन विश्वविद्यालयमा भइरहेको सरकार सरक्षित

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 520 पटक पढिएको
  • त्रिविलाई सुरक्षा प्रवन्ध मिलाउन गृहमन्त्रीलाई शिक्षामन्त्रीको आग्रह

    काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय असुरक्षित भएको भन्दै सुरक्षा प्रबन्धको माग गरेकी छन् । उनले गृहमन्त्रीलाई सुरक्षा प्रबन्ध मिलाइदिन माग गरेकी हुन् ।गुण्डागर्दी गर्ने व्यक्तिहरूलाई कानूनी दायरामा ल्याई कारबाही गर्नसमेत उनले माग गरेकी छन् । ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेका कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ,’ मन्त्री भट्टराईले बुधबार बिहान सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै भनेकी छन्, ‘त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 424 पटक पढिएको
  • काठमाडौंमा ४० हजार विद्यार्थी होस्टेल बस्छन्

    काठमाडौं— काठमाडौं महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकहरुलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ । सोमबार समितिका संयोजक एवम् महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले, छात्रावासमा अवाञ्छित क्रियाकलाप हुने गरेको भन्ने गुनासो संवेदनशील रहेको विषयमा छलफल गर्दै मापदण्ड पालनामा प्रतिबद्ध हुन आग्रह गरेको हो ।त्यस क्रममा उपप्रमुख डङ्गोलले भनिन्, ‘होस्टेलको अवस्था, सेवासम्बन्धी व्यवस्थासँगै होस्टेलमा बस्ने छात्राछात्र तथा अन्य को होस्टेलमा बसेको हो, व्यवस्थित सूचना अभिलेखनबाट व्यवस्थापनको काम थालनी हुन

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 538 पटक पढिएको
  • कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी-अनुत्तीर्ण) भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका छन्  भने २०७६/०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसेको थियो । बैठकले नतिजा वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो ।  गत वै

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 344 पटक पढिएको
  • कक्षा १२ को नतिजा सार्वजनिक : १ लाख ८७ हजार विद्यार्थी ननग्रेडिङ

    काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान सार्वजनिक गरेको कक्षा १२ को नतिजामा एक लाख ८७ हजार २१ जना विद्यार्थी ननग्रेडिङ (एनजी) आएको छ । कुल तीन लाख ९० हजार ८६८ परीक्षार्थी सहभागी रहेकोमा दुई लाख तीन हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका छन् । विभिन्न जीपीए समूहमा विद्यार्थीहरूको संख्या यसप्रकार छ:२.८१ देखि ३.२० जीपीए: ७८ हजार ७५२.४१ देखि २.८० जीपीए: ६१ हजार ३६३.२१ देखि ३.६० जीपीए: ४६ हजार ८९३३.६१ देखि ४ जीपीए: ९ हजार ५९१२.१ देखि २.४० जीपीए: ८ हजार २४०१.६१ देखि २ जीपीए: १२कुल परीक्षार्थी संख्यामा ४७.८५ प्रतिशत विद्यार्थीले ग्रेडेड नतिजा प्राप्त गरेका छन् । 

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 566 पटक पढिएको
  • कक्षा १२ को नतिजा सार्वजनिक, ५२% उत्तीर्ण

    काठमाण्डौ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् । बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुत्तीर्ण भएका छन् ।गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरू सहभागी थिए ।ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 868 पटक पढिएको
  • एसइई नतिजा : पुनर्योग गर्नेमध्ये ४.६ प्रतिशतको परिवर्तन

    काठमाडौं–माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजामा चित्त नबुझेर पुनर्योग गर्नेमध्ये ४.६ प्रतिशत परीक्षार्थीको नतिजा परिवर्तन भएको छ । तर पुनर्योगका लागि निवेदन दिएका परीक्षार्थीमध्ये केही नतिजा सार्वजनिक गर्न बाँकी नै छ । बोर्डका अनुसार १८ हजार ६१२ जनाले पुनर्योगका लागि निवेदन दिएका थिए । जसमध्ये आइतबारसम्ममा १६ हजार २४१ जनाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार ग्रेडवृद्धि परीक्षा सुरु हुनुभन्दाअघि नै नतिजा सार्वजनिक गरिसक्ने योजना छ । परीक्षार्थीले पहिले प्राप्त गरेका नतिजामा केही विषयको ग्रेड प्वाइन्ट (जिपिए) मा परिवर्तन भए

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 472 पटक पढिएको
  • गुरुचरणकमलेभ्यो नमो नम:!

    नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठको न्याय विभागले गुरुपूर्णिमाका सन्दर्भमा गुरु अभिनन्दन समारोह आयोजना गर्यो । न्याय विभागाध्यक्ष प्राध्यापक जगतप्रसाद उपाध्याय 'प्रेक्षित’ ज्यूको सभाध्यक्षता एवम् नेपाली भाषावाङ्मयका महामनीषि एवम् महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीज्यूको प्रमुखातिथ्य, ने.सं.वि. अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधन पौडेल र वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. डा. भागवत ढकालको विशिष्टातिथ्य तथा ने. सं. वि. प्राध्यापक संघका सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछाने, ने. सं. वि. प्राध्यापक संघका पूर्व सभापति प्रा. डा. शान्तिकृष्ण अधिकारी, नेपाल प्रज्ञा

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 629 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.