काठमाडौं–माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजामा चित्त नबुझेर पुनर्योग गर्नेमध्ये ४.६ प्रतिशत परीक्षार्थीको नतिजा परिवर्तन भएको छ । तर पुनर्योगका लागि निवेदन दिएका परीक्षार्थीमध्ये केही नतिजा सार्वजनिक गर्न बाँकी नै छ ।

बोर्डका अनुसार १८ हजार ६१२ जनाले पुनर्योगका लागि निवेदन दिएका थिए । जसमध्ये आइतबारसम्ममा १६ हजार २४१ जनाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार ग्रेडवृद्धि परीक्षा सुरु हुनुभन्दाअघि नै नतिजा सार्वजनिक गरिसक्ने योजना छ ।

OM Sai Pathibhara Hospital

परीक्षार्थीले पहिले प्राप्त गरेका नतिजामा केही विषयको ग्रेड प्वाइन्ट (जिपिए) मा परिवर्तन भएको छ । बोर्डले ग्रेडवृद्धि परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गर्दै छ । बोर्डले यस पटक नतिजामा ननग्रेडेड (एनजी) आएका जति सबै विषयमा पूरक ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा असार १३ गते सार्वजनिक गरेको थियो ।