काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान सार्वजनिक गरेको कक्षा १२ को नतिजामा एक लाख ८७ हजार २१ जना विद्यार्थी ननग्रेडिङ (एनजी) आएको छ । कुल तीन लाख ९० हजार ८६८ परीक्षार्थी सहभागी रहेकोमा दुई लाख तीन हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका छन् ।
विभिन्न जीपीए समूहमा विद्यार्थीहरूको संख्या यसप्रकार छ:
२.८१ देखि ३.२० जीपीए: ७८ हजार ७५
२.४१ देखि २.८० जीपीए: ६१ हजार ३६
३.२१ देखि ३.६० जीपीए: ४६ हजार ८९३
३.६१ देखि ४ जीपीए: ९ हजार ५९१
२.१ देखि २.४० जीपीए: ८ हजार २४०
१.६१ देखि २ जीपीए: १२
कुल परीक्षार्थी संख्यामा ४७.८५ प्रतिशत विद्यार्थीले ग्रेडेड नतिजा प्राप्त गरेका छन् ।