काठमाडौं- विद्यालय शिक्षा विधेयक, २०८० लाई व्यवस्थित गर्न उपसमिति गठन हुने भएको छ ।

सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले उपसमिति गठन गरी विधेयकलाई अझ व्यवस्थित बनाइने बताएका हुन् । 

OM Sai Pathibhara Hospital

उनले असल शिक्षा बनाउनका लागि केके मोडलमा जान सकिने हो ? भन्ने विषयमा समितिले पनि प्रस्ताव तयार पार्ने र सरकारको पनि धारणा सुनेर थप व्यवस्थित बनाउन उपसमिति वा समन्वय समिति बनाउने बताए । 

समिति सभापति थापाले उपसमिति भने आगामी बैठकबाट बनाइने पनि जानकारी गराए । 

सभापति थापाले विधेयकको विषयमा छनोट गरेर कुनकुन राख्दा विधेयक अझ राम्रो हुन्छ त्यसमा अघि बढ्नेगरी तयारी गर्न आग्रह समेत गरेका छन् ।