जनकपुर / शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन सरकारले तीव्र गतिमा कार्य गरिरहेको जानकारी दिएका छन् ।सोमबार जनकपुरधामको संकटमोचन विद्यालयमा विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गर्न पुगेका मन्त्री पोखरेलले सञ्चारकर्मीहरुसंग कुरा गर्दै साक्षर प्रदेशको संरचना निर्माण गर्न प्रदेश सरकारलाई प्रतिवेदन बुझाईसकेको बताए । उनले मधेश प्रदेश सरकारलाई बुझाईएको प्रतिवेदन अनुसार कार्य पनि तीव्र गतिमा भइरहेको जानकारी दिए । मन्त्री पोखरेलले प्रदेश प्रमुख तथा इकाइ कार्यालयहरुसंग तथ जानकारी लिएर मात्र आफू फकिर्ने बताए ।मन्त्री पोखरेलले खासगरी जनकपुरधामस्थित राजर्षी जन
सुदूरपश्चिम। “...सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसरमा वर्षायामका कारण झाडी, बुट्यान र अनावश्यक वनस्पति अत्यधिक फैलिएका छन् । यसले सुरक्षित आवतजावतमा समस्या भइरहेको छ । झाडी कटान तथा सरसफाइ गर्न विश्वविद्यालयको आन्तरिक स्रोतबाट पुगेको छैन । त्यसैले सरसफाइ अभियानमा सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ”, यही साउन ४ गते दिउँसो ३ः२० बजे विश्वविद्यालयका उपकुलपति डा सुनिलकुमार जोशीले सामाजिक सञ्जालमा लेख्नुभयो ।त्यसको भोलिपल्ट बिहान सबेरैदेखि झाडु बोकेर सयौँ नागरिक त्यहाँ पुग्न थाले । त्यसयता दैनिकजसो सयौँ विद्यार्थी, शिक्षक, व्यवसायी, कर्मचारी, युवा क्लब, सामाजिक अभियन्ता र आमनागर
काठमाडौं । देशकै सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) फेरि परीक्षा व्यवस्थापनको विषयमा विवादमा तानिएको छ। एमबीए प्रथम सत्रको एमजीटी विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भइरहेकै समयमा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विश्वविद्यालयको परीक्षा प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको हो।घटनापछि व्यवस्थापन संकाय डीनको कार्यालयअन्तर्गत परीक्षा सञ्चालन समितिले छानबिन समिति गठन गरेको छ। समितिलाई प्रश्नपत्र कसरी र कहाँबाट बाहिरियो, त्यसमा कसको संलग्नता थियो र भविष्यमा यस्ता घटना दोहोरिन नदिन के–कस्ता सुधार आवश्यक छन् भन्ने विषयमा अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ।डीन कार्यालय
काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयमा ‘प्रोफेसर एक्सचेन्ज प्रोग्राम’ सञ्चालन गर्ने तयारी सुरु भएको बताएका छन्। उनले विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त गर्दै योग्यता र प्राज्ञिक स्वतन्त्रतामा आधारित प्रणाली विकास गर्ने प्रतिबद्धता पनि दोहोर्याए।त्रिभुवन विश्वविद्यालयको ६७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विदेशी विश्वविद्यालयसँग सहकार्य विस्तार गर्न विभिन्न देशका राजदूतहरूसँग छलफल भइरहेको जानकारी दिए।उनका अनुसार प्रस्तावि
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव कार्यक्रमका क्रममा शिक्षामन्त्री तथा सहकुलपति सस्मित पोखरेलविरुद्ध प्रदर्शन गर्ने २३ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएकामध्ये त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)का उपसभापति सनम वली, सचिव हिक्मतकुमार बुढा तथा विभिन्न क्याम्पसका विद्यार्थी नेताहरू पनि रहेका छन्। उनीहरूलाई हाल प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ।विद्यार्थीहरूले विश्वविद्यालयमा मेरिटोक्रेसी लागू गर्न, प्रधानमन्त्रीलाई कुलपति र शिक्षामन्त्रीलाई सहकुलपति बनाउने व्यवस्था हटाउन तथा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न माग गर्
काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श एजुकेसन कन्सल्टेन्सी क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज सरोकारवालासँग छलफल गर्ने भएको छ ।सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयमा हुने छलफलमा शैक्षिक परामर्श क्षेत्रसँग आबद्ध विभिन्न संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । मन्त्रालयका अनुसार शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको छलफलमा कन्सल्टेन्सी व्यवसायको वर्तमान अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या तथा चुनौती, गुणस्तरीय शैक्षिक परामर्श सेवाको प्रवद्र्धन, नी
काठमाडौं। नेपाल संस्कृत विश्वविद्यालयको नेतृत्व परिवर्तन हुने भएको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले शिक्षाविद् भीम खतिवडालाई उपकुलपतिका लागि सिफारिस गरेसँगै उनको नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।प्रचलित व्यवस्थाअनुसार समितिले सिफारिस गरेको नाम कुलपतिसमक्ष पठाइनेछ र कुलपतिले औपचारिक निर्णयमार्फत उपकुलपति नियुक्त गर्नेछन्।खतिवडाको नाम टुंगिएसँगै विश्वविद्यालयले नयाँ शैक्षिक नेतृत्व पाउने अपेक्षा गरिएको छ। अब औपचारिक नियुक्तिपछि उनले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक र नीतिगत नेतृत्व सम्हाल्नेछन्।
काठमाडौं / दक्षिण एसियामा यौन हिंसापीडितहरूको क्षतिपूर्तिमा पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । न्यायमा पहुँचका लागि दक्षिण एसियाली अभियान समाजले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्समा जुलाई २२ मा एकैसाथ उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । दक्षिण एसियाका २७ सदस्य संस्थाको सञ्जाल रहेको समाजले गरेको अध्ययनमा आधारित प्रतिवेदनमा क्षेत्रीय रूपमा यौन हिंसापीडितको क्षतिपूर्ति, न्यायमा पहुँच तथा कानुनी व्यवस्थाको अवस्था विश्लेषण गरिएको छ । इक्वालिटी नाउ समाजको सचिवालयका रूपमा रहेको छ भने महिला, कानुन र विकास मञ्च एफडब्लुएलडी नेपालको सदस्य संस्था हो । प्रतिवेदनले
काठमाडौं। लोकसेवा आयोगमार्फत हुने सरकारी पदपूर्तिमा नयाँ प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध परीक्षार्थी विद्यार्थीहरू सडकमा उत्रिएका छन्। सरकारको नयाँ प्रशासनिक निर्णयले लोकसेवा आयोगमार्फत हुने कर्मचारी भर्ना प्रक्रियामै असर पर्ने भन्दै लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन् । विद्यार्थीहरूको मुख्य माग साउन ४ गते मुख्यसचिवस्तरीय बैठकले गरेको २२ बुँदे निर्णयको बुँदा नम्बर ११ तत्काल खारेज गर्नुपर्ने रहेको छ। उनीहरूका अनुसार उक्त निर्णयले नियमित रूपमा खुल्ने लोकसेवा विज्ञापन नै रोकिने अवस्था सिर्जना गर्नेछ।मुख्यसचिव गोविन्दबहादुर कार्
काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबिचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो । साथै शिक्षा क्षेत्रमा अमेरिकी सरकार कोतर्फबाट प्राप्त सहयोग र आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, सीपमूलक शिक्षाको प्रवद्र्धन तथा खेलकुद क्षेत्रका सम्भावित सहकार्यबारे छलफल भएको थियो ।अमेरिकाले नेपा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.