समाज

    Showing 9,891-9,900 of 11,162 items.
  • बाँकेमा तीन सयभन्दा बढी घर डुबानमा

    बाँके— बाँकेको कोहलपुर नगरपालिका पनि यस वर्ष बाढी र डुबानको अत्यधिक जोखिममा रहेको प्रक्षेपण कोहलपुर नगरपालिकाले गरेको छ ।कोहलपुर नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ मा सो कुरा उल्लेख गर्नुहुँदै यस वर्ष वर्षा बढी भएकाले बाढी र डुबानबाट नगरपालिकाका १५ वडाका तीन हजार घरधुरीका १३ हजार ६३० परिवार उच्च जोखिममा रहेको प्रक्षेपण गरिएको छ ।आइतबारको नगर विपद् व्यवस्थापन समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ लाई पारित गरेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताए । अब सोही योजना अनुसार क्षतिलाई न्यूनीकरण

    • प्रकाशित मितिः असार २४, २०८१
    • 363 पटक पढिएको
  • चुनावी प्रतिवद्धता पूरा नगरेपछि झापाली युवाले टाँसे 'केपी ओली, राजेन्द्र लिङदेन र विश्वप्रकाश लापत्ता' भएको तस्बिर

    झापा— झापाका युवाले नेताहरूलाई खबरदारी गर्न अनौठो शैली अपनाएका छन् । पीके फिल्ममा देखिएको दृश्य अहिले झापामा देखिएको छ । जिल्लाकै सदरमुकाम जोड्ने मुख्य सडक निर्माणमा चरम लापरबाही भएको भन्दै युवाहरूले शीर्ष नेताहरु लापता भएको तस्बिर राखेर विरोध प्रदर्शन गरेका छन्। भद्रपुर सडक खण्ड अन्तरगत चन्द्रगढीस्थित लेखनाथ चोकमा युवाहरूले झापाबाट निर्वाचित भएका ‘हेविवेट’ नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको तस्बिरमा ‘लापता’ लेखेर विरोध जनाएका हुन्। सडक निर्माणमा ढिलासुस्ती भएको क्षेत्रबाटै शर्मा र

    • प्रकाशित मितिः असार २४, २०८१
    • 938 पटक पढिएको
  • सिद्धार्थ राजमार्ग भासियो

    बुटवल— बुटवल पोखरा सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका–११ तुल्सिभन्ञ्याङमा राजमार्ग भासिएको छ ।दुई ठाउँमा सडक भासिँदा सयौँ सवारीसाधन बाटैमा रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।अविरल वर्षासँगै ५० मिटर लम्बाई र तीन मिटर चौडाइ सडक भासिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । अवरुद्ध सडकलाई एक तर्फी भए पनि खोल्ने प्रयास भइरहेको बताउँदै रानाले नदीको छेउँछाउँ नजान र घरमै बस्न सबैलाई अपिल गरेका छन् । 

    • प्रकाशित मितिः असार २३, २०८१
    • 435 पटक पढिएको
  • पहिरोले सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने सडक अवरुद्ध

    बझाङ— वर्षासँगै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमको पहाडी जिल्लामा जाने यातायात पनि अवरुद्ध भएको छ ।बझाङ र बैतडीको सीमानजिक पहिरो खस्दा शनिबार रातिदेखि बझाङबाट धनगढी, महेन्द्रनगरतर्फ गइरहेका बस तथा जिप र महेन्द्रनगर, धनगढीबाट बझाङ आइरहेका सवारीसाधन बाटोमा रोकिएका छन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका अन्य राजमार्ग पहिरोले अवरुद्ध भएका छन् । पहिरोले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने सडकहरू ठाउँ–ठाउँमा अवरुद्ध हुँदा सयौं यात्रुहरु अलपत्र परेका छन् । सुदूरपश्चिम प्रदेश

    • प्रकाशित मितिः असार २३, २०८१
    • 501 पटक पढिएको
  • आपत्कालीन उद्धारमा खटिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन

    काठमाडौं— लगातार वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरण गर्न गृह मन्त्रालयले मातहतका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई तत्काल उद्धारमा खटिन निर्देशन दिएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयमा शनिबार आपत्कालीन बैठक राख्दै यस्तो निर्देशन दिएका हुन्।‘सिंहदरबारमा बसेर क्षतिको विवरणबारे आमनागरिकलाई सूचना दिएर हाम्रो दायित्व पूरा हुँदैन। क्षति कम गर्न र उद्धारलगायत काममा हामीले कसरी काम गरेका छौँ भन्ने विषय महत्वपूर्ण हुन्छ। विपत् पूर्वतयारी योजना, निर्देशिका र कार्यविधिका कागजलाई व्यवहारमा उतार्ने समय आएको छ। हामीले हरेक व्यक्तिको ज्यान जाँदाको रा

    • प्रकाशित मितिः असार २३, २०८१
    • 527 पटक पढिएको
  • अविरल वर्षाले देशभरका ११ सडकखण्ड अवरुद्ध

    काठमाडौं— रातभर परेको झरीले देशका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । देशभर ११ वटा सडकखण्ड अवरुद्ध बनेका सडक विभागले जनाएको छ । काठमाडौं जोड्ने वीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–२ कमिरेफाँटमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।यस्तै मध्य पहाडी राजमार्गअन्तर्गत सिन्धुलीकै गोलन्जोर गाउँपालिका वडा नम्बर– ६ अकबरे भिरमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ । अहिले सडकमा खसेको पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।यस्तै काठमाडौं–हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका वडा नम्बर–३ पाङ्दुर गैरीमा पहिरो जाँद

    • प्रकाशित मितिः असार २२, २०८१
    • 433 पटक पढिएको
  • महेश महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठकलाई ५ वर्ष सजाय माग्दै मुद्दा

    काठमाडौं-  शोभा भनिने जानुका पाठकविरुद्ध पाँच वर्ष जेल सजाय माग्दै मुद्दा चलाइएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गरेको भन्दै एक महिलाले दिएको जाहेरीपछि नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले पाठकलाई २८ जेठमा ललितपुरको पुल्चोकबाट पक्राउ गरेको थियो। गत बुधबार उनीविरुद्ध पाँच वर्षसम्म सजाय माग्दै सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो।  विद्युतीय कारोबार नियन्त्रणसम्बन्धी ऐनको दफा ४७ बमोजिम सामाजिक सञ्जालमा फोटो राखी, गाली वा बेइज्जती हुने गरी अर्काको प्रतिष्ठामा आँच पुग्ने गरी गरिने कुनै पनि कृत्यको दण्डस्वरुप एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद

    • प्रकाशित मितिः असार २१, २०८१
    • 381 पटक पढिएको
  • जीवन बचाउने थलो

    झापा— मेचीनगर नगरपालिका–१३ चारआली स्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ । नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमबाट मात्र नभएर छिमेकी मुलुक भारत पश्चिम बङ्गालको दार्जीलिङ, सिलीगुढी र बिहारको किशनगञ्ज र ठाकुरगञ्जसम्मका सर्पदंशका बिरामी आउने गर्छन् । यहाँ सबै प्रकारका विषालु सर्पले डसेको उपचार हुन्छ ।सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराई सानो र कम सुविधायुक्त भएता पनि जनविश्वास अन्तर्राष्ट्रियस्तरमा फैलिएको कारण सर्पदंश उपचार केन्द्रको स्तरोन्नतिमा राज्यको ध्यान दिनुपर्ने बत

    • प्रकाशित मितिः असार २१, २०८१
    • 466 पटक पढिएको
  • डाँका पक्रन बाँकेमा गोली चलाइयो

    काठमाडौ- बाँकेको डुडुवा गाउँपालिका–६ स्थित सिखनपुरवामा एक जना डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको छ।स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड हवाई फायर र दुई राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।‘झडप भएपछि प्रहरीले बाध्य भएर गोली प्रहार गरेको थियो,’ कार्कीले भने। प्रहरी उपरीक्षक कार्कीका अनुसार, झडपमा एक स्थानीय महिला र वरिष्ठ प्रहरी हवल्दार मदन डाँगी घाइते भएका छन्।प्रहरी हवल्दार डाँगीलाई स्थानीयले प्रहार गरेको इँटले टाउकोमा चोट लागेको छ। घाइते दुवैको भेरी अस्प

    • प्रकाशित मितिः असार २०, २०८१
    • 403 पटक पढिएको
  • एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन आज

    काठमाडौं— एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन प्रक्रिया बिहीबार सुरु हुँदैछ। राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै निर्वाचन प्रक्रिया अघि बढ्न लागेको हो। महाधिवेशनले राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए।महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ। केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहनेछन्। केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ। अध्य

    • प्रकाशित मितिः असार २०, २०८१
    • 439 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.