काठमाडौ- बाँकेको डुडुवा गाउँपालिका–६ स्थित सिखनपुरवामा एक जना डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको छ।

स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड हवाई फायर र दुई राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

OM Sai Pathibhara Hospital

‘झडप भएपछि प्रहरीले बाध्य भएर गोली प्रहार गरेको थियो,’ कार्कीले भने। प्रहरी उपरीक्षक कार्कीका अनुसार, झडपमा एक स्थानीय महिला र वरिष्ठ प्रहरी हवल्दार मदन डाँगी घाइते भएका छन्।

प्रहरी हवल्दार डाँगीलाई स्थानीयले प्रहार गरेको इँटले टाउकोमा चोट लागेको छ। घाइते दुवैको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ।