काठमाडौं-  शोभा भनिने जानुका पाठकविरुद्ध पाँच वर्ष जेल सजाय माग्दै मुद्दा चलाइएको छ। 

सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गरेको भन्दै एक महिलाले दिएको जाहेरीपछि नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले पाठकलाई २८ जेठमा ललितपुरको पुल्चोकबाट पक्राउ गरेको थियो। 

OM Sai Pathibhara Hospital

गत बुधबार उनीविरुद्ध पाँच वर्षसम्म सजाय माग्दै सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो।  विद्युतीय कारोबार नियन्त्रणसम्बन्धी ऐनको दफा ४७ बमोजिम सामाजिक सञ्जालमा फोटो राखी, गाली वा बेइज्जती हुने गरी अर्काको प्रतिष्ठामा आँच पुग्ने गरी गरिने कुनै पनि कृत्यको दण्डस्वरुप एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ । 

उनले पूर्वमन्त्री बस्नेतविरुद्ध ‘बलात्कार र भ्रुण हत्याको जाहेरी दिए पनि प्रमाण पुर्‍याउन नसकेको भन्दै सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय लिएको थियो । त्यसपछि उनी उच्च अदालत पाटन गएकी थिइन् । प्रमाण नपुगेको कारण देखाउँदा उच्च अदालतले पनि उक्त मुद्दालाई अघि बढाएको छैन। 

तर, यसबीचमा उनले बस्नेतलगायत अन्य केही व्यक्तिको फोटो फेसबुकमा राखेको, मिडियामा निश्चित व्यक्तिको चरित्र हत्या हुनेगरी बोलेको लगाएको आरोप उनीमाथि लगाइएको छ ।