समाज

    Showing 9,461-9,470 of 10,247 items.
  • बसपार्क विहीन बनेको गलकोट

    बागलुङ / शहरउन्मुख गलकोट नगरपालिका बसपार्क विहीन भएको छ । बढ्दो आवादी र पूर्वाधार विकाससँगै सवारीको चाप बजार क्षेत्रमा छ। ट्राफिक व्यवस्थापन चुस्त नहुँदा बटुवासमेतलाई सास्ती छ ।गलकोट नगरपालिकासँग भने बसपार्क बनाउन जग्गा नभएको बनिबनाउ जवाफ मात्र छ । बजार क्षेत्रमा सार्वजनिक जग्गै नभएको र निजी जग्गा किन्नै नसकिने नगरप्रमुख भरत शर्मा गैरेले बताएका छन्  । यसअघि वडा नं १ र ९ को वडा कार्यालय भवनका लागि जग्गा व्यवस्थापन गर्दा लामो झण्झट व्यहोर्नुपरेको उनले बताएका छन् । जग्गा अभावकै कारण कतिपय पूर्वाधारका काम रोकिएका छन्। “बसपार्कका लागि जग्गाको खोजी भइरहे पनि पाइएको छैन”, उनले बताएका छ

    • प्रकाशित मितिः साउन १, २०७८
    • 136 पटक पढिएको
  • बालविवाहका घटनामा कमी आएन

    काठमाडौँ / कोभिड–१९ को असहज परिस्थितिका कारण नेपालमा भएको बन्दाबन्दी होस् या निषेधाज्ञा सो समयावधिमा समेत बालविवाहका घटनामा खासै कमी नआएको तथ्याङ्कले देखाएको छ । वाग्मती प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो एक वर्ष अवधिमा बालविवाहको सङ्ख्यामा खासै कमी नआएको पाइएको हो । यता कम उमेरमा आमा भएका तथ्याङ्कले पनि बालविवाहका घटनामा उल्लेखनीय सुधार नआएको सङ्केत गरिरहेको पाइन्छ ।मन्त्रालयका अनुसार वाग्मती प्रदेशका विभिन्न जिल्लामध्ये सबैभन्दा बढी बालविवाह हुनेमा मकवानपुर जिल्ला पाँचौँ स्थानमा रहेको छ । सबैभन्दा बढी धादिङमा ६२।९ प्रतिशत, नुवाकोटमा ६२।५ प्रतिशत, सिन्धुलीमा ६२।५ प्रतिश

    • प्रकाशित मितिः साउन १, २०७८
    • 111 पटक पढिएको
  • प्रदेश एकमा एकै दिन २ महिलाको शंकास्पद मृत्यु

    बिर्तामोड / प्रदेश १ मा आज दुई जना महिलाको शंकास्पद मृत्यु भएको छ । गत सोमबार एकै दिन तीन महिलाको मृत्यु भएको घटना सेलाउन नपाउँदै आज (बिहिवार) थप दुई जनाको मृत्यु भएको हो ।  आज मृत्यु हुनेमा विराटनगर महानगरपालिका –११ बसपार्कमा चिया पसल संचालन गर्दै आएकी एक महिला र गौरादहको गेउरियाकी ३९ वर्षीया संगीता टुडु रहेका छन् । उनीहरु दुवैको मृत्यु शंकास्पद भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । विराटनगर बसपार्कमा चिया पसल सञ्चालन गर्दै आएकी महिला आज (विहीबार) मृत अवस्थामा फेला परेकी हुन् । उनको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा पठाएको मोरङ प्रहरीले जनाएको छ ।घटनाबारे थप अ

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 1,092 पटक पढिएको
  • पानी सर्किएर एक युवकको मृत्यु

    बिर्तामोड / बिहिबार बिहान पानी सर्किएर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा झापाको भद्रपुर–६ बस्ने २४ बर्षीय अर्पण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।  श्रेष्ठले बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउँने क्रममा एक्कासी पानी सर्किदा उनि बेहोस भएका थिए ।उनलाई उपचारका लागि भद्रपुर स्थित मेची अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा बिहान पौने ९ बजे श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 161 पटक पढिएको
  • तेस्रोपटक गिनिज बुक रेकर्ड राख्ने तयारी गर्दै मेमोरी किङ अर्पण

    बिर्तामोड / विश्वकै सबैभन्दा तेज स्मरणशक्ति भएका व्यक्ति “मेमोरी किङ”का नामले चिनिने अर्पण शर्माले अर्को विश्व कीर्तिमानको तयारी गरेका छन् ।स्मरण शक्तिमा दुई वटा गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरिसकेका भद्रपुर निवासी उनले अब तेस्रो कीर्तिमान राख्ने घोषणा गरेका छन् ।पहिलोपटक २०७१ सालमा एक मिनेटभित्र ४२ वस्तुको नाम क्रमवद्ध रुपमा सम्झेका उनले दोस्रो पटक ८३ वस्तुको नाम सम्झेर विश्व कीर्तिमान बनाएका थिए।अबको कीर्तिमान कस्तो हुने भन्ने बारेमा यही साउन ३ गते विर्तामोडको सिद्धार्थ होटलमा पत्रकार सम्मेलन गरी जानकारी दिने भएका छन् ।

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 139 पटक पढिएको
  • हल्दिबारीमा खुला व्यायामशाला

    झापा / ‘गाउँवासीको स्वस्थ जीवन प्रवद्र्धन’ अभियान अन्तर्गत हल्दिबारी गाउँपालिका वडा नं ५ स्थित शान्ति प्राथमिक विद्यालयमा खुला व्यायामशाला बनाइएको छ ।स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको १५ लाख रुपैयाँ र जनसहभागिताबाट तीन लाख ६५ हजार रुपैयाँका लागतमा तयार गरिएको सो व्यायामशालामा आधुनिक उपकरण छन्। सङ्घीय सांसद राजेन्द्र लिङ्देनले बुधबार व्यायामशालाको शुभारम्भ गरेका थिए। यसअघि अर्जुनधारा नगरपालिकाले शहीद स्मृति उद्यानमा र कनकाई नगरपालिकाले समेत व्यायामशाला निर्माण गरिएको छ ।  

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 278 पटक पढिएको
  • झापामा ७५ प्रतिशत रोपाईँ

    बिर्तामोड / धानखेतीका लागि उर्वरभूमि मानिने झापामा असार मसान्तसम्ममा ७५ प्रतिशत जमिनमा रोपाइँ भएको छ । मनसुन चाँडै सक्रिय भएका कारण गतबर्षको तुलनामा यो वर्ष असार मसान्तसम्ममा ७५ प्रतिशत जमिनमा रोपाईँ भएको हो । गतवर्ष यस अवधिमा ६२ प्रतिशत जमिनमा रोपाईँ भएको थियो । समयमा मनसुन शुरु भएका कारण पानीको अभाव नभएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । पर्याप्त पानी भएपनि उत्पादनले मूल्य नपाउँदा किसान खेतीप्रति आकर्षित हुन नसकेको ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ शालिकराम भट्टराईले बताए । उनले यो वर्ष धान खेतीमा लागत झन बढेको बताए । ‘धान रोप्नका लागि मेसिन छैन, भट्

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 166 पटक पढिएको
  • बाढी, पहिरो र कटानले ८५ घर भत्किए

    म्याग्दी / यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।    सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र छ जना घाइते भएका छन् ।  पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले रु नौ लाख ६० हजार र मृतक दुई जनाका परिवारलाई रु तीन लाख राहत उपलब्ध गराएको छ । पाँच जनासम्म सदस्य भएका परिवारलाई रु १५ हजार र पाँच जनाभन्दा बढी सङ्ख्यामा सदस्य भएका परिवारलाई रु २० हजारका दरले राहत वितरण गरिएको सहा

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 175 पटक पढिएको
  • कोरोना महामारीले गन्धर्व समुदायको पेशा संकटमा

    गलेश्वर  / विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणका कारण गरिखाने वर्गको दैनिकी अस्तव्यस्त बन्दै जान थालेको छ । आफ्नै घर गाउँमा बेरोजगार भइसकेका विपन्न र मजदुरलाई स्थानीय तह र विभिन्न संघ संस्थाले सहयोग गर्दै आएका भए पनि सारङ्गी बोकेर गाउँशहर डुली गीत गाउँदै जीविकोपार्जन गर्ने गन्धर्वहरुको पेशा नै संकटमा परेको छ ।सुख–दुःख र घटना–दुर्घटनाका गीत गाउँदै हिँड्ने गन्धर्व समुदायको खाने गाँस समेत खोसिएको छ ।म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतबाट बसाइँ सरी बागलुङको बलेवा गएर पुनः आफ्नै जन्मथलोमा फर्र्किएका सोमबहादुर गन्धर्व विभिन्न जिल्लाका गाउँबस्तीमा पुगी सारङ्गी रेट्दै गीत गाएर

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 123 पटक पढिएको
  • डोटीमा साउन १५ गतेसम्म निषेधाज्ञा

    डोटी / कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि आउँदो साउन १५ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो । निषेधाज्ञाको उल्लङ्घन गर्ने, औषधि, औषधिजन्य सामग्री, अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने जस्ता कार्य गर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने निर्णय गरिएको प्रमुख जि

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 119 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.