काठमाडौं— बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिनु भनी ठगी गर्ने व्यक्तिलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ बस्ने २७ वर्षीय उमेश भोलोन रहेका छन् ।

भोलोनलाई काठमाडौंको वडा नं. १२ टेकुबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए । उनले चार जनाबाट बिगो रकम तीन लाख चालिस हजार लिएर सम्पर्क विहीन भएको थिए । पीडितको जाहेरीपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भोलोनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोगजार विभाग ताहाचल काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।