काठमाडौं— नेपाल सरकारको उपसचिव हुँ भनी ठगी गर्ने महिलालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको दुनेचौर गाउँपालिका वडा नम्बर ५ घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर २५ बस्ने ४० वर्षिय जानकी न्यौपाने रहेकी छन् ।
उनले विभिन्न व्यक्तिलाई फरक फरक परिचय दिई उनीहरुबाट रकम लिएकी थिइन् । उनले पीडितबाट सात लाख ६० हजार आठ सय रुपैयाँ तथा अनुदान तथा ठेक्का मिलाई दिन्छु भनी अनय केही व्यक्तिबाट समेत रकम लिएकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । बाँकी रकम पनि माग्दै गरेको अवस्थामा उनलाई काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरिएको हो ।

उनीमाथि ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरी उपरीक्षक अंगुर जिसीले बताए ।