काठमाडौं—  प्रहरीले ठगी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ बस्ने २७ वर्षीय ईश्वर लुइँटेललाई मंगलबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

हिमालयन एक्सप्लोरेशन ट्राभल्स एण्ड टुर्स प्रा।लिकाका सञ्चालक समेत रहेका उनीमाथि ठगी सम्बन्धी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले बताए । 

OM Sai Pathibhara Hospital

उनका अनुसार लुइँटेलले  भारत, मलेसिया, सिङ्गापुर र दुबईमा भ्रमण गर्न प्रति व्यक्ति रु दुई लाख ७० हजार लाग्छ भनी चार जनाबाट जनही रू.दुई लाख ७० हजारका दरले दश लाख ८० हजार रकम लिई नेपालबाट भारत, मलेसिया, सिङ्गापुर हुँदै दुबई पुर्‍याई खाना, बस्न समेतको पैसा नतिरी सम्पर्क बिहिन भएका थिए ।