काठमाडौं— अछामको साँफे हाटबजारमा भीषण आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका छन्। शनिबार बिहान पौने ४ बजे साँफेबगर नगरपालिका वडा नम्बर ३ स्थित हाटबजारमा आगलागी भएको हो ।
शुभेच्छा मःम सेन्टरमा विद्युत् ‘सट’ भएर आगो सल्किएको थियो । तीब्र गतिमा फैलिएको आगोले वरपर टिनका टहरामा सञ्चालित १० वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा बिहान ६ बजे आगो नियन्त्रणमा लिएको उनले बताए। डीएसपी भण्डारीका अनुसार आगलागीमा मानवीय र पशुचौपाया क्षति भएको छैन ।

क्षतिको विवरण संकलन गर्ने काम शुुरु भएको प्रहरी प्रमुख डीएसपी भण्डारीले जानकारी दिए।