काठमाडौं— चितवनको भरतपुरमा जिप र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा महानगरपालिका–७, प्रेमबस्ती चोकमा दुर्घटना हुँदा भरतपुर–६ इन्द्रपुरी निवासी ५२ वर्षीया लक्ष्मी वाग्ले घाइते भइ घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार भरतपुरतर्फ जाँदै गरेको ना ५ च २६४४ नम्बरको जिपले सोही दिशातर्फ गइरहेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

OM Sai Pathibhara Hospital

ट्राफिक प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार ठक्करपछि बोलेरो जिप सडकमै पल्टिएको थियो । स्कुटरमा सवार वाग्लेलाई किचेको प्रहरीले जनाएको छ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।