समाज

    Showing 8,901-8,910 of 11,162 items.
  • रास्वपाको अपिल!विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहनु

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका नेता कार्यकर्तासहित शुभेच्छुकहरूलाई मनसुनका बेला हुनसक्ने सम्भावित विपद्का घटनाको न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, प्रभावकारी राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरू सक्रियतापूर्वक जुट्न विशेष अपिल गरेको छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् । मनसुन भित्रिने क्रमसँगै देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना बढ्ने र यसबाट ठुलो जनधनको क्षति हुन सक्ने विगतका अनुभवले देखाएको तथा मौसम विज्ञान विभागले समेत यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 471 पटक पढिएको
  • नगद होइन, अब डिजिटल! साउन १ देखि सार्वजनिक निकायको सबै भुक्तानी अनलाइनमार्फत

    काठमाण्डौं— साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै भुक्तानी अनिवार्य विद्युतीय प्राणालीमार्फत हुने भएको छ ।अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सवै निकायलाई परिपत्र गरेको हो ।मन्त्रालयले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ । केही बोर्ड, समिति र सार्वजनिक संस्थानमा अझै पनि विद्युतीय प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नभएको पाइएपछि अर्थ मन्त्रालयले परिपत्र गरेको हो ।आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।अर्थमन्त्री

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 722 पटक पढिएको
  • खेतमा पानी लगाउन गएका वेला जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    मोरङ— मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बेलबारी– ८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।घरनजिकैको खेतमा पानी लगाउन गएका वेला हात्तीले अमिनालाई आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएकी अमिनाको आइतबार उपचारको क्रममा मृत्यु भएको हो ।

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 535 पटक पढिएको
  • टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ

    काठमाडौं— सामाजिक सञ्जाल टिकटकमा अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको अभियोगमा धनुषा प्रहरीले पक्राउ गरेको छ । टिकटक लाइभमा अभद्र गालीगलौज गरेको आरोपमा धनुषाको जनकपुर उपमहानगरपालिका–२४ की २० वर्षीय रोशनी खातुनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।पक्राउ परेकी उनलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा राखी अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 478 पटक पढिएको
  • शिक्षकले छात्रालाई जिस्काएपछि विद्यालय तोडफोड

    रौतहट – श्री माध्यमिक विद्यालय गरुडा–९ श्रीपुरका एक शिक्षकले आफ्नै छात्रालाई जिस्काएको भन्दै आक्रोशित समूहले विद्यालय तोडफोड गरेको छ ।छात्राको जन्म दिनमा ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखेर पठाएको आरोपमा आइतबार शिक्षक रवीन्द्र प्रसाद साहमाथि कुटपिट हुनुका साथै विद्यालय तोडफोड गरेको हो । विद्यालयका अभिभावक र विद्यार्थीको समूहले उनलाई कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । आक्रोशित समूहले विद्यालयको संरचना र सामग्रीमा समेत तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन एक राउण्ड अश्रुग्याँस  प्रहार गरेको इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए । उनका अनुसार शिक्षक

    • प्रकाशित मितिः असार २९, २०८२
    • 658 पटक पढिएको
  • लागु औषधसहित २ महिला पक्राउ

    तनहुँ — तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्ग खण्डमा प्रहरीले चेकजाँचको क्रममा नियन्त्रित लागु औषधसहित दुई महिलालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार, पक्राउ पर्नेमा रुपन्देही ओमसतिया गाउँपालिका–५ निवासी ३५ वर्षीया मालती लोध र ५० वर्षीया शिला हरिजन छन्। उनीहरूलाई चेकजाँचका क्रममा कालो रंगको झोलाभित्र लुकाइछिपाई ल्याएको अवस्थामा लागुऔषधसहित फेला पारिएको हो।पक्राउ परेकाहरूको साथबाट Diazepam, Phenergan र Buprenorphine गरी कुल २,५९८ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ। तीमध्ये प्रत्येक औषधिको मात्रा ८६६–८६६ एम्पुल रहेको छ।दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्

    • प्रकाशित मितिः असार २९, २०८२
    • 585 पटक पढिएको
  • ललितपुरका विभिन्न क्षेत्रहरूमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुने

    काठमाडौं— नेपाल टेलिकमले ललितपुरका विभिन्न क्षेत्रहरूमा आन्तरिक मर्मत सम्भार कार्यका कारण टेलिफोन, इन्टरनेट र टिभी सेवा केही समयका लागि अवरुद्ध हुने जानकारी दिएको छ।टेलिकमको पाटनस्थित दूरसञ्चार कार्यालयका अनुसार आइतबार राति ११ बजेबाट सोमबार बिहान ६ बजेसम्म चक्रपथ पारिको एकान्तकुना, कुसुन्ती, महालक्ष्मीस्थान, नख्खुडोल र शोभाहिटी क्षेत्रका ग्राहकहरूले सेवा अवरुद्धको सामना गर्नुपर्नेछ।यसपछि सोमबार दिनभर मंगलबजार, कृष्ण मन्दिर, पिमबहाल, नाःटोल र डौबहाद क्षेत्रमा सेवा प्रभावित हुने जनाइएको छ।त्यस्तै, मंगलबारको दिन धोबीघाट, मलपोखरी, बागडोल र नख्खु विष्णुदेवी क्षेत्रमा पनि सेवा अवरुद्ध रहनेछ। टेलिकमल

    • प्रकाशित मितिः असार २९, २०८२
    • 699 पटक पढिएको
  • नेकपा एसका वडाअध्यक्ष पक्राउ

    काठमाडौं— जग्गा किर्तेमा संग्लग्न नेकपा (एस) समाजबादीबाट निर्वाचित वडा अध्यक्ष पक्राउ परेका छन् । धुनीवेशी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई शनिवार बिहान काठमाडौंको कलङ्कीबाट प्रहरीले पक्राउ गरेको हो । डा. अध्यक्ष सुवेदीले सार्वजनिक किर्ते मुद्दा लागे पछि बिगत ७ महिनादेखि फरार रहेका थिए ।उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्मदर्ता प्रमाणपत्र तयार पारेका थिए ।वडा अध्यक्षको संलग्नताले बनाइदिएको नागरिकताको आधारमा नागरिकता बनाई त्यसको प्रयोग गरी जग्गा बिक्री गरेको खुले पछि सोही अभियोगमा जिल्ला अदालत धादिङमा वडा अध्यक्ष सुबेदी माथी मुद्दा दर्ता भएको थियो

    • प्रकाशित मितिः असार २९, २०८२
    • 653 पटक पढिएको
  • पौडी खेल्ने क्रममा बेपत्ता भएको पुरूषको शव भेटियो

    काठमाडौं— कास्कीमा पौडी खेल्ने क्रममा बेपत्ता भएको पुरूषको शव फेला परेको छ। पौडी खेल्ने क्रममा बेपत्ता भएका पोखरा महानगरपालिका–५  प्रस्याङ बस्ने ३० वर्षीय प्रकाश त्रिपाठीको शव फेला परको हो। पोखरा महानगरपालिका–१७ पावरहाउसस्थित फुस्रे खोलामा आइतबार बिहान सशस्त्र प्रहरीले  शव फेला पारेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    • प्रकाशित मितिः असार २९, २०८२
    • 645 पटक पढिएको
  • महोत्तरीको गौशालामा अवैध रूपमा रकम असुली गर्दै जग्गा पास गर्ने प्रकरण सार्वजनिक

    महोत्तरी– गौशाला नगरपालिका–१२ परोडियामा वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाबाट अवैध रूपमा रकम असुली गरी जग्गा पास गर्ने नाममा ठगी भइरहेको खुलासा भएको छ।स्थानीय दीपेन्द्रबहादुर तामाङका अनुसार, वडा कार्यालयले गठन गरेको ५ सदस्यीय उपसमितिले प्रतिकिता ५० हजार रुपैयाँको दरले १०५ घरपरिवारबाट पैसा उठाउँदै आएको छ। उनले भने, "वर्षौंदेखि बसोबास गरिरहेको जग्गा नाममा पारिदिने भन्दै मौखिक रूपमा विश्वासमा पारेर रकम उठाइएको हो। तर, असुलिएको पैसाको कुनै लेखाप्रणाली छैन।"९५ वर्षीय स्थानीय बासिन्दा भागवतनारायण झाले पुरानो सम्झना सुनाउँदै भने, “वर्षौंदेखि हामीले मनरा सिस्वाका जोगी सिंहबाट विश्वासमा जमिन

    • प्रकाशित मितिः असार २९, २०८२
    • 329 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.