काठमाडौं— जग्गा किर्तेमा संग्लग्न नेकपा (एस) समाजबादीबाट निर्वाचित वडा अध्यक्ष पक्राउ परेका छन् । धुनीवेशी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई शनिवार बिहान काठमाडौंको कलङ्कीबाट प्रहरीले पक्राउ गरेको हो । 

डा. अध्यक्ष सुवेदीले सार्वजनिक किर्ते मुद्दा लागे पछि बिगत ७ महिनादेखि फरार रहेका थिए ।

उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्मदर्ता प्रमाणपत्र तयार पारेका थिए ।

वडा अध्यक्षको संलग्नताले बनाइदिएको नागरिकताको आधारमा नागरिकता बनाई त्यसको प्रयोग गरी जग्गा बिक्री गरेको खुले पछि सोही अभियोगमा जिल्ला अदालत धादिङमा वडा अध्यक्ष सुबेदी माथी मुद्दा दर्ता भएको थियो ।