समाज

    Showing 8,811-8,820 of 10,220 items.
  • सर्लाहीमा श्रीमतीको गोली हानी हत्या

    सर्लाही– जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले श्रीमतीको गोली प्रहार गरी हत्या गरेका छन्। हरिपूर्वा नगरपालिका–५ निवासी २३ वर्षीया चित्रलेखा यादवको आफ्नै श्रीमान्ले बिहीबार राति १ बजे गोली हानी हत्या गरेका हुन्।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, घरायसी विवादका कारण घटना घटेको खुलासा भएको छ। वैदेशिक रोजगारीबाट फर्किएका श्रीमान्ले घर आएपछि श्रीमतीसँग विवाद गरेका थिए, जसले हत्या सम्मको रूप लियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठका अनुसार, घटनामा संलग्न युवकले आफ्नो ५४ वर्षीय बुवा रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन्। घाइते रामदिनेश

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 361 पटक पढिएको
  • टर्कीमा आकर्षक तलबको प्रलोभनमा ठगी

    काठमाडौं—वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा ५१ वर्षीय लिला बहादुर खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । बाणगंगा नगरपालिका–७, कपिलवस्तुका निवासी खड्काले टर्की पठाइदिन्छु भन्दै एक पीडितबाट ७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनलाई काठमाडौं बाफलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा पठाइएको छ  ।

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 572 पटक पढिएको
  • बाबुको हत्या अभियोगमा छोरा प्रहरी हिरासतमा

    काठमाडौं–सिराहाको औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई आफ्ना ६५ वर्षीय पिता भालेश्वर यादवको हत्या अभियोगमा प्रहरीले हिरासतमा लिएको छ । प्रहरीले दिएको जानकारी अनुसार, छोरासँगै उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा भालेश्वरमाथि कुटपिट गरेका थिए । गम्भीर घाइते भएका भालेश्वरलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमा मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 469 पटक पढिएको
  • १२ गतेदेखि अग्रिम टिकट बुकिङ, यी कुरामा ध्यान राख्नुहोस्

    काठमाडौं–दसैँ, तिहार र छठ पर्वका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला हुने भएको छ । यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच मङ्गलबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । नयाँ बसपार्क, सुन्धारा, कोटेश्वर, गौशाला र कलङ्कीलगायतका स्थानमा रहेका काउन्टरहरूबाट लामो तथा छोटो दुरीका सवारीका लागि टिकट बुक गर्न सकिने महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी गराए । उनका अनुसार अनलाइनबाट पनि टिकट बुक गर्न सकिने छ । यात्रुहरूलाई तोकिएका काउन्टरबाटै टिकट बुक गर्न उनको सुझाव छ । असोज ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 489 पटक पढिएको
  • अब पर्ने पानीले कृषि क्षेत्रमा असर पार्ने

    काठमाडौं— अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशभर मनसुनी वायुको प्रभाव छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण मंगलबार दिउँसोदेखि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । लुम्बिनी प्रदेशको पश्चिमी भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरैजसो ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा केही ठाउँमा मध्यम र एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।महाशाखाले अहिले पर्ने पानीले कृषि क्षेत

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 450 पटक पढिएको
  • अतिकम विकसित मुलुकलाई दिगो विकासका लागि वित्तीय स्रोत आवश्यक : प्रधानमन्त्री ओली

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित मुलुकहरूलाई दिगो विकासका लक्ष्य हासिल गर्न वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४० प्रतिशत खर्च गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले वित्तीय स्रोतको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा ‘समिट अफ द फ्युचर’ को सहअध्यक्षता गर्दै उक्त कुरा उल्लेख गरेका हुन् । उनले दिगो विकासका लक्ष्य पूरा गर्न अल्प विकसित देशलाई ठूलो स्रोतको आवश्यकता भएकोतर्फ जोड दिएका छन् । उनले भने, ‘दिगो विकासका लक्ष्य पूरा गर्न अल्प विकसित देशहरुलाई ठूलो स्रोतको आवश्यक पर्छ, अहिले मात्रै चार अर्ब ३० करोड अमेरिकी डलरको वित्तीय

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 271 पटक पढिएको
  • चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट ५० हजार क्विन्टल बिक्री गर्ने लक्ष्य

    काठमाडौं— खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले अति आवश्यकीय खाद्यवस्तुमा उपभोक्तालाई राहत दिने उद्देश्यसहित विशेष छुट गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीले बिहीबारबाट सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले उद्घाटन गर्नुभयो । विगतका वर्षभन्दा सात दिनअगाडि सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट खाद्य कम्पनीले ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य राखेको छ । कम्पनीले दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेल, घिउसहित ५० हजार क्विन्टल खाद्

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 543 पटक पढिएको
  • सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल

    काठमाडौं- सरकारले विधान दिवसको अवसर पारेर बिहीवारदेखि काठमाडौं उपत्यकासहित देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।बिहीवार काठमाडौं उपत्यकामा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ७४ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन ल्याएको छ । सहुलियत पसलको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले देशभरका ७४ स्थानहरुमा सहुलियत पसल सञ्चालन गरिएको बताए । उनले अत्यावश्यक वस्तुहरुमा न्युनतम ५ रुपैय

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 277 पटक पढिएको
  • पुनर्निर्मित धरहरा सर्वसाधारणका लागि खुल्यो, चढ्दा शुल्क नलाग्ने

    काठमाडौं–२०७२ सालको भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माण भएसँगै संविधान दिवसको अवसरमा आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । सहरी विकास मन्त्रालयका अनुसार धरहराको ९८ प्रतिशत संरचना निर्माण सकिएको छ । पुनर्निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सुरु भएको थियो र २०७८ साल वैशाख ११ मा उद्घाटन गरिएको थियो । निर्माण कार्य ढिला हुँदा छैटौँ पटक म्याद थपेर बल्ल धरहरा खुला गरिएको हो । सरकारले केही समयका लागि नि:शुल्क रूपमा धरहरा चढ्न सकिने व्यवस्था गरेको छ । बाँकी निर्माण कार्य छिट्टै पूरा गर्ने तयारी छ ।धरहरामा आधुनिक भवन निर्माणका मापदण्डअनुसार भूकम्प प्रतिरोधात्मक संरचना बना

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 480 पटक पढिएको
  • दसैँ, तिहार र छठका लागि नेपाल एयरलाइन्सको ६० दिने कार्ययोजना

    काठमाडौं–नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बडादसैँ, तिहार, र छठ पर्वलाई लक्षित गर्दै ६० दिने कार्ययोजना बनाउने भएको छ । उडानलाई प्रभावकारी बनाई यात्रुलाई सहज सेवा प्रदान गर्न निगमले यो कदम चालेको हो ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले विभागीय प्रमुखहरूलाई २४ घण्टाभित्र कार्ययोजना पेस गर्न निर्देशन दिएका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार प्राविधिक, इञ्जिनियरिङ मेन्टेनेन्स, एयरवर्दिनेस, क्वालिटी एस्योरेन्स, र बजार व्यवस्थापन विभागका प्रमुखलाई नियमित उडानको योजना बनाउन निर्देशन दिइएको छ ।अत्यावश्यकबाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कोही नजान र जिम्मेवार कर्मचारीलाई बिदा

    • प्रकाशित मितिः असोज २, २०८१
    • 529 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.