काठमाडौं— स्थानीय बजारमा (शुक्रबार) पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । शुक्रबार (आज) सुनको मूल्यमा प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मूल्य वृद्धिसँगै शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँ र चाँदी प्रतितोला २ हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसअघि बुधबारको तुलनामा प्रतितोला १ हजार ३ सय रुपैयाँले बढ्दै बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदी प्रतितोला ५ रुपैयाँले बढ्दै २ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो ।

शुक्रबार अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य भने केही बढेको छ । द सिल्भर प्राइसका अनुसार शुक्रबार चाँदी प्रतिऔंश ३७.९८ डलरमा किनबेच भइरहेको छ ।