समाज

    Showing 8,791-8,800 of 10,220 items.
  • चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमण, एकजनाको मृत्यु

    काठमाडौं–चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक माउतेको मृत्यु भएको छ । हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंह बिहीबार साँझ हात्ती प्रजनन केन्द्र जाने क्रममा आक्रमणमा परेका हुन् ।निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरका अनुसार, जग्दु पुल क्रस गरेर हिँड्दै गर्दा सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गरेको हो । यस घटनामा जग्दुका साथमा रहेका एक जना भागेर बाँच्न सफल भएका छन् ।

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 525 पटक पढिएको
  • कोशी नदीमा चहलपहल बढ्दै

    काठमाडौं–सप्तरी र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल पुनः बढेको छ । कोशी ब्यारेज हुँदै गन्तव्यमा जानेहरू निश्चिन्त देखिएका छन् । केही दिनअघि अविरल वर्षाले कोशीमा पानीको बहाव बढ्दा यहाँ आवतजावतमा रोक लगाइएको थियो । गर्मीयाम र चाडपर्वका बेला सधैँ चहलपहल हुने यस स्थानमा पुरानै अवस्था फर्किन थालेको स्थानीय भागवत मण्डलले बताएका छन् । दसैंको समयमा कोशी पुलमा विभिन्न स्थानबाट वनभोजका लागि आउने भीडको विश्वास यो वर्ष पनि कायम रहने छ । भारत विहार राज्यको सुपौलका भागवत मिस्त्रीले यहाँको अवस्था सुधार हुँदै गएको र अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढेको बताए । कोशी क्षेत्रमा

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 510 पटक पढिएको
  • साउदी राजपरिवारद्वारा बाढीपहिरोको क्षतिप्रति दु:ख व्यक्त

    काठमाडौं— साउदी अरेबियाका राजा सल्मान र प्रधानमन्त्री मोहम्मद बिन सल्मान बिन अब्दुलाजिज अल साउदले नेपालमा वर्षाको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।राष्ट्रपति रामचन्द्र पौडेललाई पठाइएको सन्देशमा साउदी अरबले नेपालको पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नेपालस्थित साउदी राजदूतावासले पनि बाढीपहिरोमा मृत्यु भएका व्यक्तिको प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको उपचार र उद्धारमा साउदी अरबको समर्थन रहने बताएको छ।

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 377 पटक पढिएको
  • सुनसरी, मोरङ, उदयपुरसहित कोशीका धेरै जिल्लामा भारी वर्षा

    काठमाडौं— पूर्वका सुनसरी, मोरङ, उदयपुरलगायतका जिल्लामा पानी परिरहेको छ । अहिले बिहान सुनसरीको तरहरा र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । थप पानी पर्न सक्ने भएकाले सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोलालगायतका तटीय क्षेत्रमा आज दिउँसोसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।त्यस्तै मोरङको केराबारी वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ । त्यो क्षेत्र भएर बग्ने नदी/खोलामा पानीको बहाब केही बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।त्यस्तै उदयपुरको उदयपुरगढी वर्षामापन केन्द्रमा पनि सामान्यदेखि मध्यम वर्षा भइरहेकोले जोखिम क्षेत्रमा आवश्यक

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 497 पटक पढिएको
  • फेरि भारी वर्षा हुने प्रक्षेपणपछि ‘हाइअलर्ट’ मा रहन गृहमन्त्रीको निर्देशन

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशमा हाइअलर्ट रहन सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, सुरक्षा संयन्त्र र स्थानीय तहहरुलाई निर्देशन दिएका छन्।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन गृहमन्त्री लेखकले आग्रह गरेका हुन्।उनले भने, ‘वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई अलर्ट रहन निर्द

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 269 पटक पढिएको
  • आजदेखि सोह्रश्राद्ध अर्थात पितृपक्षको समापन

    काठमाडौं— आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन।  असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ। साथै आज औँसी श्राद्ध पनि गरिन्छ।पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ। कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ। कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ। दशैँ, तिहार र छठजस्ता महान चाड

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 432 पटक पढिएको
  • वैकल्पिक मार्गबाट खोटाङ-काठमाडौं बस चलाइने

    काठमाडौं— खोटाङ यातायात प्रालिले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाण्डौसम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ । बाढीपहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–घुर्मी–खुर्कोट हुँदै काठमाण्डौ आवतजावत गर्ने सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रुपमा आजदेखि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाण्डौसम्मको बस सेवा सञ्चालन हुने भएको हो । क्षतिग्रस्त सडक तत्काल सञ्चालनमा आउने सम्भावना नदेखिएपछि वैकल्पिक रूपमा दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाण्डौसम्मको बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकु

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 269 पटक पढिएको
  • प्रधानमन्त्रीको आह्वान: जनताको पीडालाई राष्ट्रिय मानौं, विपद् प्रभावितलाई राहत वितरण सुरु

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकको उद्धार र राहत वितरणको कार्य तीव्र गतिमा अगाडि बढिरहेको स्पष्ट पारेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले विपद् प्रभावितहरूको खोज, उद्धार, र राहत कार्य दुई दिनभित्र सम्पन्न गरिने बताए । प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण जनताले भोगिरहेको दु:खलाई राष्ट्रिय पीडाको रूपमा लिँदै सबै नागरिक र संघ–संस्थालाई सहयोग पुर्याउन आग्रह पनि गरेका छन् । उनले घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था मिलाइएको र विपद् पछि सम्भावित स्वास्थ्य समस्याहरूको रोकथाम र नियन

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 455 पटक पढिएको
  • ललितपुरमा भेटियो थप ६ जनाको शव

    काठमाडौं– वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले मंगलबार दिएको जानकारी अनुसार विपत्तीको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ जनाको र आज बिहानसम्म छ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो ।  फेला परेका शवमध्ये १७ जनाको शव पोष्टमार्टम भई आफन्तले बुझेर लगेको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी गराइन् । 'पाटन अस्पतालमा आएका शवमध्ये १७ जनाको शव पोष्टमार्टम भइ आफन्तले बुझेर लैजानुभएको छ, अरु फेला परेका शवलाई प्रहरीको सहयोग र समन्वयमा पोष

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 564 पटक पढिएको
  • फेरि पूर्वबाट मौसममा बदली सुरु, कोशीको आकाश बादलले ढाक्यो

    काठमाडौं– ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ ।मौसमविद् प्रतिभा मानन्धरका अनुसार बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुनेछ । उनले भनिन्, 'विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ भने मधेस, बागमती र गण्डकी प्रदेशसम्मै फैलिनेछ, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ ।'यो असर भोलि र पर्सिसम्मै रहने महाशाखाले जनाएको छ । तर ठूलो अनि लगातारको वर्षा भने नहुने मौसमविद्ले ब

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 655 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.