समाज

    Showing 8,541-8,550 of 11,162 items.
  • मार्तडी–कोल्टी सडक अलपत्र पार्ने ठेकेदार इन्द्र बानियाँ आज बागमतीको मुख्यमन्त्री बन्दै

    मकवानपुर –  बाजुराको मार्तडी–कोल्टी सडक खण्डको निर्माण अलपत्र पारेर आलोचित भएका ठेकेदार इन्द्र बहादुर बानियाँ आज बागमती प्रदेशको मुख्यमन्त्री बन्न लागेका छन् । नेपाली कांग्रेसका नेता बानियाँको स्वामित्वमा रहेको पिएस बानियाँ निर्माण सेवाले यो सडक विस्तारको जिम्मा पाएको भए पनि लामो समयदेखि काम अधुरो राखिएको छ ।साउन १४ गते कांग्रेस संसदीय दलको नेतामा २२ मतसहित विजयी भएका बानियाँलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन छ । देउवाले वर्तमान मुख्यमन्त्री शालिकराम जमरकटेललाई मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए । लामाले आइतबार राजीनामा दिएपछि दलका नेता बनेका बानियाँ आज मुख्यमन्त्री पदमा नि

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 519 पटक पढिएको
  • राप्ती र बबई नदीको जलस्तर खतराभन्दा माथि

    काठमाडौं  – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले राप्ती र बबईमा जलस्तर खतराभन्दा माथि बढेको बताएका छन् । खतरा बढेपछि उनले सूचना जारी गरेको समेत बताए । मंगलबार भएको प्राधिकरणको आकस्मिक बैठकपश्चात उनले राप्तीको जलस्तर बढ्नु भनेको त्यो क्षेत्रमा भएका साना खोलाहरु सबैमा खतरा हुनु भएको भन्दै त्यो क्षेत्रमा धेरै चहलपहल नगर्न आग्रह गरेका छन् । उनले भने, ‘राप्ती र बबई जुन जलस्तर खतराभन्दा माथि बढेको हुनाले सूचना जारी नै गरिसकेका छौं । त्यही क्षेत्रमा बादलहरु पनि रहेको हुनाले छिमेकी कर्णाली र महाकाली क्षेत्रमा पनि जलस्तर बढ्न सक्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 607 पटक पढिएको
  • लुकाइछिपाइ राखिएको अवस्था जरायोको सिङ फेला पर्यो, दुईजना पक्राउ

    विराटनगर— मोरङको पथरीशनिश्चरे नगरपालिका–२, सरस्वती टोलबाट जरायोको सिङ बरामद गरिएको छ । लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले तीनजोर (६ वटा) सिङ बरामद गरेको हो ।स्थानीय ३१ वर्षीय निरज गुरुङको घरमा खानतलासी गर्दा सिङहरू फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी हस्तबहादुर सुनारले जानकारी दिए ।सिङसँगै प्रहरीले निरज र २४ वर्षीय विजय राईलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 577 पटक पढिएको
  • घुस लिएपछि मर्चवारीका वडा अध्यक्षसहित दुई जनाविरुद्ध मुद्धा दायर

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको  मर्चवारी गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्धा दायर गरेको छ ।अख्तियारले वडा अध्यक्ष यादवले विभिन्न योजनाको निर्माण कार्य सम्पन्न भएपश्चात भुक्तानी सिफारिस गर्न तीन लाख घुस लिएको आरोपमा मुद्धा दायर गरेको जनाएको छ ।वडा अध्यक्ष यादवले सो रकम गणेश ट्रेडिङका संचालकका छोरा विपिन कुमार पाण्डेयलाई लिन लगाएको र पाण्डेयले घुस लिएको अवस्थामा नियन्त्रण लिएको थियो ।

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 645 पटक पढिएको
  • प्रचण्डले भने – पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने संकल्प लिएका छाैँ

    काठमाडौं  – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने संकल्प लिइएको बताएका छन् । स्थायी समिति बैठक सकेर पेरिसडाँडाबाट निस्कने क्रममा पत्रकारहरूसँगा कुरा गर्दै प्रचण्डले पार्टीलाई एकताबद्ध बनाउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरिएको बताए । उनले लोकतान्त्रिक आन्दोलन र गणतन्त्र सुदृढीकरणमा माओवादी केन्द्रको नेतृत्वदायी भूमिका स्मरण गरे । ‘देशको लोकतान्त्रिक आन्दोलन र गणतन्त्र सुदृढीकरणका लागि हाम्रो पार्टीले सबैभन्दा महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेलेको छ,’ उनले भने, ‘पार्टीलाई एकताबद्ध बनाउने चुनौती थियो, त्यो चुनौतीलाई हामीले जिम्

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 677 पटक पढिएको
  • युवतीलाई झुटो प्रेम सम्बन्ध पारी भारत लैजाने प्रयास, सखुवाका युवक पक्राउ

    पर्सा—  प्रेम सम्बन्धमा पारेर भारत तस्करीको प्रयासमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका–५ का २५ वर्षीय हिरा माझी रहेका छन्।माझीले एक युवतीलाई विवाहको प्रलोभन देखाएर दिल्लीमा रोजगारी लगाइदिने भन्दै काठमाडौंबाट वीरगञ्ज हुँदै भारत लैजान लागेका पर्सा प्रहरीले जानकारी दिए । उनलाई वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटको सडकबाट प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले पक्राउ गरेको हो।प्रहरीले पीडित युवतीको उद्दार गरेको छ। माझीमाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 792 पटक पढिएको
  • कोरियन भाषा परीक्षाका लागि आवेदन खुला, ५ हजार ३०० जनालाई रोजगारीको अवसर

    काठमाडौं— रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले पहिलो चरणको भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो।एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि तथा पशुपालन क्षेत्रका लागि नेपाली कामदार माग गरेसँगै भाषा परीक्षामा सहभागी हुन आवेदन खुला गरिएको हो।ईपीएस कोरिया शाखाका अनुसार भाषा परीक्षाका लागि ५ हजार ३०० जनाको कोटा तोकिएको छ। तीमध्ये ३ हजार ५ सय जना उत्पादनमूलक क्षेत्र र १ हजार ८ सय जना कृषि तथा पशुपालन क्षेत्रका लागि छनोट गरिनेछ।एक व्यक्तिले एक मात्र क्षेत्रमा आवेदन दिन पाउने व्य

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 786 पटक पढिएको
  • बैंकिङ अपराधमा सजाय पाएका दुई प्रतिवादी काठमाडौं उपत्यकाबाट पक्राउ

    काठमाडौं—  बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ परेकामा ललितपुर महालक्ष्मी नगरपालिका–५ लुभु घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–१ गागालफेदी बसोबास गर्ने ६० वर्षीय जनक राउत र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–१ घर भई हाल भक्तपुर चुँनारायण नगरपालिका–७ कमलविनायक बस्ने ३५ वर्षीय गणेश तामाङ रहेका छन्।उच्च अदालत पाटनले २०७५ असार २४ गते जनक र गणेशलाई बैंकिङ कसुर मुद्दामा २५ लाख रुपैयाँ जरिवाना र १–१ महिनाको कैद सजाय सुनाएको थियो। उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन भए पनि सर्वोच्च अदालतले २०८१ असार २४ गते उच्च अदालतको फैसला सदर गर्दै

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 744 पटक पढिएको
  • कञ्चनपुरमा एक युवती मृत फेला, कुटपिटबाट मृत्यु भएको माइती पक्षको आरोप

    कञ्चनपुर—  कञ्चनपुरमा एक युवती मृत फेला परेकी छन्। आइतवार बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलका सम्झना भट्ट मृत फेला परेकी हुन्। सम्झनालाई घरमा कुटपिट हुने गरेको र शरीरमा घाउ चोट समेत देखिएकाले उनका श्रीमान पवन भट्टलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। सोधपुछका लागि पवनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। पवनले छोरीलाई पटकपटक मानसिक तनाव र शारीरिक यातना समेत दिँदै आएको सम्झनाका बुवा भोजराज भट्टले बताए। सम्झनाको शङ्कास्पद मृत्यु भएकाले निष्पक्ष छानबिन गरी दोषीउपर कारबाहीको माग गरिएको छ 

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 565 पटक पढिएको
  • ८ दिनदेखि माइतीघरमा धर्ना: मिटर ब्याजको चपेटामा परेका सिराहाका दुई परिवारको न्यायको गुहार

    काठमाडौं— सिराहा जिल्लाका दुई परिवार राजधानीको माइतीघर मण्डलामा विगत ८ दिनदेखि धर्नामा बसेका छन्। ‘मिटर ब्याज’ को शोषणबाट पीडित बनेका यी परिवारहरू न्यायको खोजीमा बालबालिकासहित काठमाडौं आइपुगेका हुन्।लहान नगरपालिका–७ का श्याम काश्याम विश्वकर्मा र लहान–३ की सीता कुमारी मण्डलको परिवारले सामान्य आवश्यकताका लागि स्थानीय साहुसँग लिएको सानो ऋण अहिले डरलाग्दो बोझ बनेपछि सडकमा धर्ना दिन बाध्य भएका हुन्।श्याम विश्वकर्माका अनुसार उनले ५ लाख रुपैयाँ ऋण लिएका थिए। तर अहिलेसम्म २१ लाख रुपैयाँ तिर्दा पनि साहुले अझै ५० लाख रुपैयाँ बाँकी रहेको भन्दै दबाब दिइरहेका छन्। उता, सीता मण्डलले ५ लाख लिएको ऋणमा ९ लाख फ

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 647 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.