काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्धा दायर गरेको छ ।
अख्तियारले वडा अध्यक्ष यादवले विभिन्न योजनाको निर्माण कार्य सम्पन्न भएपश्चात भुक्तानी सिफारिस गर्न तीन लाख घुस लिएको आरोपमा मुद्धा दायर गरेको जनाएको छ ।
वडा अध्यक्ष यादवले सो रकम गणेश ट्रेडिङका संचालकका छोरा विपिन कुमार पाण्डेयलाई लिन लगाएको र पाण्डेयले घुस लिएको अवस्थामा नियन्त्रण लिएको थियो ।