काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच नयाँ मन्त्रीको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाएकी छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठक पछि प्रधानमन्त्री कार्कीले नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेकी हुन् ।अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरिएको छ ।यस्तै महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार र संगीता मिश्रा स्वास्थ्यमन्त्रीका रूपमा सिफारिस गरिएको छ । सिफारिस भएका नयाँ मन्त्रीहरुको सपथ सोमबार (आज) हुनेछ ।
जनकपुरधाम— जनकपुरधामस्थित भन्सार कार्यालयमा भएको आगजनी र तोडफोडबाट करिब १३ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। भन्सार प्रमुख मानबहादुर पौडेलले शुक्रबार आयोजित समीक्षा बैठकमा क्षतिको विवरण प्रस्तुत गरेका हुन्।गत भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा प्रदर्शनकारीले जनकपुर रेल्वे स्टेशन नजिक रहेको भन्सार कार्यालयमा आगजनी र तोडफोड गरेका थिए। घटनामा कार्यालयका दुई भवन, कर्मचारी आवास, दुई वटा भ्यान, लिलामीका लागि राखिएका ३१५ वटा मोटरसाइकल, एक निजी ट्रक, फर्निचर, कम्प्युटर र प्रिन्टर जलेर नष्ट भएका छन्।पौडेलका अनुसार कर्मचारी निवासमा रहेका लत्ताकपडा, महत्वपूर्ण कागजात र केही रकमसमेत लुटिएक
सुर्खेत । जनता आवास कार्यक्रममार्फत निर्माण भएका दुई सय ४८ घर निर्माण सम्पन्नगरी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।कर्णाली प्रदेश सरकार अन्तर्गतको पूर्वाधार बिकास कार्यालयमार्फत निर्माण भएका जुम्लामा दुई सय आठ र हुम्लामा ४० घर निर्माण गरी दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समूदायलाई हस्तान्तरण गरिएका हुन् ।आर्थिक बर्ष २०७५/०७६ बाट कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रममार्फत आर्थिक वर्ष २०८०/८१ मा ३६ र २०८१/८२ मा ३६ विपन्न परिवारका लागि घर निर्माण गरि हस्तान्तरण गरिएको छ ।जुम्लामा हालसम्म दुई सय आठ घर निर्माण गरिएको पूर्वाधार बिकास कार्यालयका नायब सुब्बा धर्मर
काठमाडौं— समाज डेन्टल हस्पिटलले भैसेपाटीमा १३ औँ शाखा विस्तार गरेको छ ।२५ वर्षदेखि दन्त उपचारमा संग्लन अस्पतालले शनिबारदेखि नयाँ शाखामा सेवा सुरु गरेको हो ।अस्पतालका प्रबन्धक सविन घिमिरेले मुख स्वास्थ सम्बन्धि जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न लागीपरेको बताए ।समाज डेन्टलको शाखा नयाँ बानेश्वर,जावलाखेल ललितपुर ,राधेराधे भक्तपुर ,सनसिटि पेप्सिकोला लगायतका ठाउँमा छ ।
काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् ।आइतबार सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूले पछि गएर गृहमन्त्री ज्ञापनपत्र बुझाएका हुन् ।यसअघि उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका थिए ।
रामेछाप । एन्टिबायोटिक औषधिको दुरुपयोग रोक्ने र एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रण गर्ने उद्देश्यसहित मन्थली अस्पतालमा पिसाब तथा रगतको कल्चर सेवा सुरु गरिएको छ ।आइतबार मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले औपचारिक रूपमा उक्त सेवाको उद्घाटन गर्दै अस्पतालको निरन्तर सेवा विस्तार भएकोमा खुसी व्यक्त गरे । ‘अस्पतालमा जनशक्ति लगायतका चुनौती भएपनि नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन हामी निरन्तर प्रयत्नशील छौँ, देखिएका कमजोरीलाई सुधार गर्दै अस्पताललाई अझ सक्षम र विश्वासिलो बनाउनुपर्नेछ ।’अस्पताल प्रमुख डा. केशव धामीका अनुसार यो सेवा सुरु भएपछि सङ्क्रमणको सही पहिचान गर्न सजिलो हुने र बिरा
काठमाडौं । वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज (आईतबार) ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैछ ।निक्षेप संकलन उपकरण अन्तर्गत बोलकबोलमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन् । न्यूनतम १० करोडदेखि अधिकतम ५ करोडको गुणनफल हुने गरी बोलकबोल गर्न सकिनेछ ।सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ । निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८२ असोज १२ गते हुनेछ । हाल कुल निक्षेप ७२ खर्ब नाघेको छ । राष्ट्र बैंकले बजार ब्याजदर स्थिर राख्न दीर्घकालीन निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत पटकपटक तरल
पर्वत— पर्वत जिल्लाको मोदी गाउँपालिका अन्तर्गत पर्ने पातीचौर–देउपुर–लप्सीबोट–भुकताङ्ले सडक स्थानीय बासिन्दाको श्रमदानमा मर्मत गरिएको छ। विगतमा पटक–पटक पहिरोले क्षति पुर्याउँदै आएको यस सडकमा यसपटक पनि पहिरोले करिब दुई किलोमिटर सडक बगाएपछि स्थानीय आफैं जुटेका हुन्।उक्त सडक विसं २०५८ सालमा निर्माण गरिएको थियो। तर वर्षेनी पहिरोको जोखिममा पर्दै आएको यस सडकमा यसपटक पनि देउपुरस्थित कोरुङ्गा र दोबाटो क्षेत्रबाट खसेको पहिरोले सडक पूर्णरूपमा क्षतिग्रस्त बनाएको थियो।सडक मर्मतका लागि सरकारी तहबाट कुनै सहयोग नपाएपछि मोदी गाउँपालिका–१, २ र ३ का करिब ४ सय स्थानीय बासिन्दाले श्रमदान गरेका हुन्। मर्मतकार्यमा
कञ्चनपुर— कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार नेपाल–भारत सीमा गड्डाचौकी स्थित ७ नम्बर पिल्लर नजिक नागरिक सहायता कक्ष स्थापना गरिएको जनाएको हो । भारतबाट स्वदेश फर्कने सर्वसाधारणको सुरक्षा तथा सुविधाका लागि नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक खडक बहादुर खत्रीले बताए। गत बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गड्डाचौकी नाका तथा महेन्द्रनगर बस पार्कमा सुरक्षाकर्मीहरूले संयुक्तरुपमा यात्रु सहायता
काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका आयोजनाका ठेक्का तोडिने नसक्ने बताएका छन् ।नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङले वर्षौंसम्म काम नगरी आयोजना अलपत्र पार्ने व्यवसायीलाई भने कारबाही हुने चेतावनी दिए । “अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक छ । बजेट छ, आयोजना तयारी अवस्थामा छ, सबै कुरा छ, तर किन काम हुँदैन ? यस्तो प्रवृत्ति अब सह्य हुँदैन,” मन्त्री घिसिङले भने ।उनले विदेशमा उत्कृष्ट काम गर्ने
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.