समाज

    Showing 7,151-7,160 of 11,162 items.
  • रोशी खोलाको बाढीले बगाएको बिपी राजमार्गमा पुनः निर्माणकार्य तीव्र

    रामेछाप । असोज १७, १८ र १९ गतेको अविरल वर्षाले आएको बाढीले बगाएको बिपी राजमार्गको डाइभर्सन पुनः निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। लगातार तीन दिनको वर्षाले रोशी खोलामा आएको असामान्य बाढीले राजमार्गका विभिन्न भाग क्षतिग्रस्त बनाएको थियो। अब स्थानीय तह र सडक डिभिजन कार्यालयहरूको समन्वयमा पुनः निर्माण कार्य सुरु भएको हो।रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट डाइभर्सन निर्माण कार्य सुरु गरिएको छ। खोलाको बहाव केही घटेपछि सोमबारदेखि सडक पुनः निर्माणको काम अगाडि बढाइएको उनले बताए। ‘डाइभर्सन बनाउनका लागि स्थानीयहरू, प्रहरी

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 453 पटक पढिएको
  • सुनसरीमा जुवाको खालमा प्रहरीको छापा, ७ जना पक्राउ

    सुनसरी— जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भोक्राहा नरसिंह गाउँपालिका–१ निवासी ५२ वर्षीय रमानन्द महतोसहित अन्य ६ जना रहेका छन्। उनीहरूलाई मंगलबार राति छापा मारेर पक्राउ गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले घटनास्थलबाट नगद १ लाख ९० हजार ५ सय ९० रुपैयाँसहित १६ बुक तास बरामद गरेको जनाएको छ।हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 584 पटक पढिएको
  • किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

    बाँकें— बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–५ उर्लिहवाबाट १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३० वर्षीय प्रेम थारू रहेका छन्। उनलाई मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।थारूले पीडित किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 565 पटक पढिएको
  • राष्ट्र बैंकले ११ दिनका लागि २० अर्ब रुपैयाँ झिक्दै

    काठमाडौं— बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थपिने क्रम नरोकिएपछि राष्ट्र बैंकले आज फेरि बजारबाट २० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार पैसा झिक्दै आएको छ ।दसैं बिदाका कारण गत साता पैसा झिक्न नपाएपछि हिजो मंगलबार १२ दिनका लागि ९० अर्ब रुपैयाँ झिकेको थियो । आज नियमित पैसा निकाल्ने दिन रहेकाले सोही प्रक्रियालाई निरन्तरता दिएको हो ।अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले आज ११ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 500 पटक पढिएको
  • बुबा–छोरा होटलको कोठामा मृत अवस्थामा फेला

    वीरगञ्ज— वीरगञ्जको नयाँ बसपार्कस्थित भानुचोकमा रहेको शाह पाराडाइज होटलमा बास बसेका बुबा र छोरा होटलको कोठामा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार छिमेकी राष्ट्र भारतको वेस्ट बंगाल भुवनेश्वरका नागरिक रहेका ६७ वर्षीया सजल आचार्य र २४ वर्षीया सागर आचार्य भानुचोकमा रहेको होटलको कोठामा मृत फेला परेका हुन् । होटलले दिएको जानकारी अनुसार ती बाबु छोराले उपचारको लागि नेपाल आएको उल्लेख गर्दै असोज १९ गते आईतबार दुई दिनको लागि भनेर कोठा बुक गरेका थिए । आईतबार साँझ र सोमबार बिहान होटलमा खाना खाएका तर सोमबार साझ र मंगलबार ब

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 585 पटक पढिएको
  • बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब लाग्ने अनुमान

    काठमाडौं— असोज १८, १९ तथा २० गते र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक स

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 574 पटक पढिएको
  • ओली र अन्य चार जना 'ब्ल्याकलिस्ट' मा, कारण यस्तो

    काठमाडौं— निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश भ्रमणमा जान नपाउने गरी कालोसूचीमा राखेको पाइएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा अध्यागमन विभागले ५ जनालाई विदेश भ्रमणमा जान नपाउने गरी कालो सूचीमा राखेको हो ।अध्यागमन विभागले ओली, लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई कालो सूचीमा राखेको हो ।जाँचबुझ आयोगले गरेको सिफारिस बमोजिम गृह मन्त्रालयले विदेश भ्रमणमा रोक तथा राह

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 692 पटक पढिएको
  • रामेछाप–काठमाडौं हवाई रुटमा नियमित उडान पुनः सुरु

    काठमाडौं— केही समय रोकिएको रामेछाप–काठमाडौं हवाई सेवा पुनः सुरु गरिएको छ। यात्रुहरू रामेछापबाट काठमाडौंसम्म नियमित रूपमा हवाई यात्राको सुविधा लिन सक्ने भएका छन्।संघीय विमान प्राधिकरणका अनुसार मौसम, प्राविधिक समस्या र मागको उतारचढावका कारण रोकिएको सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको हो। मुख्य रूपमा बुद्ध एयर, सुमिट एयर लगायतका आन्तरिक वायुसेवा कम्पनीहरूले सेवा दिनेछन्।स्थानीय यात्रुहरूका लागि यो सेवा विशेष राहत बनेको छ। लामो सडक यात्रा गर्नुपर्ने झन्झटबाट बच्न पाउने हुँदा रामेछाप क्षेत्रका नागरिक खुसी भएका छन्।पर्यटन प्रबर्द्धनका लागि समेत यो उडान महत्वपूर्ण मानिएको छ। प्राधिकरणका अनुसार मागअ

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 543 पटक पढिएको
  • सुन प्रतितोला २६ सयले बढ्यो

    काठमाडौं— स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ। मंगलबार तुलनामा प्रतितोला दुई हजार ६ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन तोलाको दुई लाख ३८ हजार रूपैयाँ कारोबार भइरहेको छ। मंगलबार प्रतितोला दुई लाख ३५ हजार चार सय रूपैयाँ कारोबार भइरहेको थियो। त्यस्तै, बुधबार चाँदीको मूल्य भने प्रतितोला पाँच रूपैयाँले घटेको छ।  मंगलबार प्रतितोला २९ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार २९ सय ५५ रूपैयाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४० सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 512 पटक पढिएको
  • सामान्य विवादले ठूलो रुप लिँदा दलित बस्तीमा तोडफोड र लुटपाट

    सिरहा, २२ असोजः यही असोज १ गते विश्वकर्मा पूजाका क्रममा भएको एउटा विवादले ठूलो रुप लिँदा कल्याणपुर नगरपालिका–८ स्थित अरङ गाउँको ठूलोपोखरी डिलमा पाँच दलित परिवार समस्यामा परेका छन् । विश्वकर्मा पूजामा गाउँमा आर्केस्ट्रा ल्याइएको थियो । आर्केष्ट्रामा नाचगान गर्ने क्रममा भएको सामान्य विवादपछि दलित परिवारका घरमा तोडफोड तथा लुटपाट भएको छ ।  पीडितका अनुसार नाचगानका क्रममा केहीले मदिरा पनि सेवन गरेका थिए । यसैक्रममा केही दलित युवा र स्थानीय प्रभाषसिंह राजपुतबीच भनाभन भयो । सुरुमा सामान्य लागेको विवाद यत्तिकै सुल्झिएन । दलित परिवारमा बस्तीबाट उठाइदिने धम्की समेत आयो । धम्की आएपछि दलित परिवार सुरक

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 506 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.