काठमाडौं— स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ। मंगलबार तुलनामा प्रतितोला दुई हजार ६ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुन तोलाको दुई लाख ३८ हजार रूपैयाँ कारोबार भइरहेको छ। मंगलबार प्रतितोला दुई लाख ३५ हजार चार सय रूपैयाँ कारोबार भइरहेको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य भने प्रतितोला पाँच रूपैयाँले घटेको छ। मंगलबार प्रतितोला २९ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार २९ सय ५५ रूपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४० सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।