समाज

    Showing 5,051-5,060 of 11,162 items.
  • वन हेरालुको हत्या प्रकरणः टाउको भेटियो, अनुसन्धान जारी

    सर्लाही— जिल्लाको इश्वरपुर नगरपालिका–२ स्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत (वन हेरालु) रामइश्वर महतोको विभत्स हत्या प्रकरणमा काटिएको टाउकोसमेत फेला परेको छ। जङ्गलभित्र टाउकोविहीन अवस्थामा उनको शव भेटिएपछि सुरु गरिएको खोजीका क्रममा घटनास्थल नजिकैको झाडीमा टाउको भेटिएको प्रहरीले जनाएको छ।स्थानीयका अनुसार महतो हिजो बिहान जङ्गलतर्फ गएपछि सम्पर्कविहीन भएका थिए। दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्दा शव फेला परेको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली परिचालन भई तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान अघि बढाइएको थियो।प्रहरीले घटनामा संलग्न आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । हत्याको

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 522 पटक पढिएको
  • धार्मिक सद्भाव बिथोल्नेविरुद्ध शून्य सहनशीलताः पाँच वर्ष कैद र एक लाख जरिवानाको चेतावनी

    वीरगन्ज— जिल्ला प्रशासन कार्यालय, पर्साले सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वेष फैलाउने र झुठा अफवाह फैलाउने विरुद्ध कठोर कानुनी कारबाहीको चेतावनी दिएको छ ।पछिल्लो समय डिजिटल प्लेटफर्मको दुरुपयोग गरी समाजमा भ्रम छर्ने र राष्ट्रिय एकतामा आँच पुर्याउने गतिविधि बढेको भन्दै प्रशासनले यस्तो कदम चालेको हो ।प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपीलमा फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालका खाताहरूको सूक्ष्म रूपमा निगरानी भइरहेको उल्लेख छ । धार्मिक वा सांस्कृतिक द्वेष सिर्जना गरी कुनै पनि समुदायको मानमर्दन गर्नेलाई गम्भीरतापूर्वक लिई कानुनी दायरामा ल्याइने प्रशासनले जनाएको छ ।यी हु

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 466 पटक पढिएको
  • युवा परिषद्का उपाध्यक्ष बस्नेतद्वारा श्वेतपत्र सार्वजनिक, ३५ उल्लेखनीय उपलब्धी

    काठमाडौं— राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले आफ्नो चार वर्षे कार्यकाल पूरा भएको अवसरमा परिषदले गरेका काम, उपलब्धि र आगामी कार्यदिशा समेटिएको श्वेतपत्र सार्वजनिक गरेका छन् ।नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०७८ पौष २१ मा उपाध्यक्ष नियुक्त भएका बस्नेतले खुला प्रतिस्पर्धाबाट छनोट भई जिम्मेवारी सम्हालेका थिए । उनले सीमित स्रोत–साधनका बाबजुद युवालाई ‘भविष्यका कर्णधार मात्र होइन, वर्तमानका साझेदार’ बनाउने लक्ष्यसहित निरन्तर काम गरिएको बताए ।श्वेतपत्रअनुसार परिषदले चार वर्षको अवधिमा राष्ट्रिय युवा नीति २०८२ जारी, ‘युवाहरूको देश’ राष्ट्रिय युवा गीत निर्माण, नामायोको संस

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 559 पटक पढिएको
  • नेपालका पहिलो ओलम्पियन बक्सर थापाको निधन

    काठमाडौं— नेपालको पहिलो ओलम्पिक सहभागितामा भाग लिने बक्सर नामसिंह थापाको  निधन भएको छ । उनको ७९ वर्षको उमेरमा शनिबार हङकङमा निधन भएको हो । सन् १९६४ को टोकियो ओलम्पिकमा नेपालले पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएर इतिहास रचेका थिए ।त्यस ओलम्पिकमा नामसिंहले ५१ केजी फ्लाइवेट वर्गमा पहिलो राउन्डमा बाइ पाएका थिए । तर, उनी राउन्ड अफ १६ मा अमेरिकी खेलाडी रोबर्ट जोन कारमेडीसँग आरएससीका आधारमा पराजित भए ।  १८ वर्षको उमेरमा ओलम्पिकमा भाग लिएका थापाले गोर्खा सेनामा २७ वर्ष सेवा गरेर क्याप्टेन पदबाट अवकाश लिएका थिए ।

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 597 पटक पढिएको
  • रास्वपा केन्द्रीय सचिवालय बैठक सुरू

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । बैठक कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक तयारी स्वरूप सुरू भएको हो ।यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल हुँदैछ । यो सचिवालय बैठक, पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपश्चातको पहिलो सचिवालय बैठक हो ।

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 553 पटक पढिएको
  • रघुवीर महासेठ भन्छन एमालेका नेताहरुको घर जलाउनेमा स्वतन्त्र पार्टीका कार्यकर्ताहरु थिए

    जनकपुर— नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले जेनजी आन्दोलनका नाममा नेताहरुको घर प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरुले जलाएको आरोप लगाएका छन् ।आईतबार जनकपुरधामस्थित आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गर्दै महासेठले स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले एमालेका नेताहरुको घर जलाएर पछि नख्खु कारागारमा तोडफोड गर्न पुगेको दाबी गरेका छन् ।उनले जेनजीको नाममा भएको तान्डवलाई देश भूमिगत समूहको हातमा पुगेको बुझ्नुपर्ने बताए । उनले शेरबहादुर देउवामाथि भएको आक्रमणको निन्दा गर्दै केही विदेशी शक्तिलाई ठिक जस्तो लागे पनि नेपाली जनतालाई नराम्रो लागेको बताए ।उनले एमाले नेताका घरहरु आफ्नो नीजि भन्दा पनि जनताको ला

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 579 पटक पढिएको
  • एमाले दाङ–२ बाट महासचिव शंकर पोखरेल एकल सिफारिस

    दाङ— प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ नेकपा (एमाले) दाङ क्षेत्र नम्बर–२ ले पार्टी महासचिव शंकर पोखरेलको नाम एकल रूपमा सिफारिस गरेको छ ।आइतबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेललाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । क्षेत्रीय संयोजक सुदन केसीले बैठकबाट पोखरेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको जानकारी दिए ।दाङ क्षेत्र नम्बर–२ महासचिव पोखरेलको गृह क्षेत्रसमेत पर्दछ । पार्टीभित्र लामो समयदेखि प्रभावशाली नेताका रूपमा चिनिएका पोखरेलको उम्मेदवारी सिफारिसले आगामी निर्वाचनमा एमालेको रणनीति स्पष्ट भएको संकेत गरेको छ ।

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 549 पटक पढिएको
  • एमालेले संसद पुनःस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्छः उपमहासचिव भट्टराई

    ताप्लेजुङ—  नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले संसद पुनःस्थापना सहितका संवैधानिक प्रकृयाका बिषयको मुद्दाको छिटो निरुपण जरुरी भएको बताएका छन् ।संवैधानिक बिषयको निरुपण नहुँदा थप संवैधानिक जटिलता उत्पन्न हुनसक्ने भन्दै उनले सर्वोच्च अदालतले संसद पुनःस्थापना सहितका संवैधानिक प्रकृयाका बिषयको निरुपणमा गरेको ढिलाइप्रति संशय व्यक्त गरे ।११ औं महाधिवेशनमा एमाले उपमहासचिवमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला ताप्लेजुङ आएका भट्टराईले प्रेस चौतारी ताप्लेजुङले फुङलिङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संबिधान र लोकतन्त्र पुनस्थापित गर्न एमालेले संसद पुनःस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्न

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 528 पटक पढिएको
  • धनुषा घटनाको विरोधमा वीरगन्जमा उग्र प्रदर्शन, प्रहरीद्वारा ५ राउन्ड अश्रु ग्यास प्रहार

    वीरगन्ज— धनुषाको धन्कवलमा रहेको एक मस्जिदमा अज्ञात व्यक्तिहरूले गरेको तोडफोडको विरोधमा पर्साको वीरगन्जमा मुस्लिम समुदायले उग्र प्रदर्शन गरेका छन् । आइतबार भएको उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा वीरगन्जको स्थिति केही समय तनावपूर्ण बनेको थियो ।वीरगन्ज वडा नम्बर २ बाट निस्किएको प्रदर्शनकारीको जुलुसलाई रोक्ने क्रममा प्रहरीले करिब ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।प्रदर्शनकारीहरूले धनुषा घटनाको विरोध गर्दै नाराबाजीसहित बजार क्षेत्रतर्फ बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।प्रहरी बिटमा तोडफोड प्रदर्शनका क्रममा आक्रोशित भीड र प्रहरीबीच भएको भागदौड र झडपमा प्रदर्शनका

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 556 पटक पढिएको
  • रसुवागढी भन्सार सञ्चालन आएसँगै धमाधम सरसामान तथा सवारीसाधन आयात

    रसुवा— रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन थालेका छन् ।सीमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार रसुवागढी नाकाबाट शनिबार १८ विद्युतीय सवारीसाधन (इभी माइक्रो) नेपाल भित्रिएको छ ।चालु आर्थिक वर्षको पहिलोपटक ती सवारीसाधन आयात भएका र अहिले टिमुरेस्थित पार्किङ क्षेत्रमा रहेका छन् । ती सवारीसाधन आयातकर्ताले राजस्व दाखिला गर्नेक्रम जारी रहेको भन्सार कार्यालयले जनाएको छ ।यस्तै शनिबारमात्र स्याउ, रेडिमेड कपडा, लसुन, सवारीसाधानका पार्टपुर्जा, ओखर, इलेक्ट्रिक व्याट्री, मेडिकलका सामग्री बोकेका ३९ मालवाहक कन्टेनर नेपाल भित्रिएका छन् ।गत बिहीबारदेखि रसुवागढी नाका पुनः सञ्चालन भएसँगै

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 557 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.