काठमाडौं— नेपालको पहिलो ओलम्पिक सहभागितामा भाग लिने बक्सर नामसिंह थापाको  निधन भएको छ । उनको ७९ वर्षको उमेरमा शनिबार हङकङमा निधन भएको हो । 

सन् १९६४ को टोकियो ओलम्पिकमा नेपालले पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएर इतिहास रचेका थिए ।

त्यस ओलम्पिकमा नामसिंहले ५१ केजी फ्लाइवेट वर्गमा पहिलो राउन्डमा बाइ पाएका थिए । तर, उनी राउन्ड अफ १६ मा अमेरिकी खेलाडी रोबर्ट जोन कारमेडीसँग आरएससीका आधारमा पराजित भए ।  

१८ वर्षको उमेरमा ओलम्पिकमा भाग लिएका थापाले गोर्खा सेनामा २७ वर्ष सेवा गरेर क्याप्टेन पदबाट अवकाश लिएका थिए ।