काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । बैठक कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक तयारी स्वरूप सुरू भएको हो ।

यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल हुँदैछ । यो सचिवालय बैठक, पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपश्चातको पहिलो सचिवालय बैठक हो ।