समाज

    Showing 4,861-4,870 of 10,081 items.
  • अपाङ्गता भएकाहरूलाई न्यानो कपडा वितरण

    काठमाडौं— काठमाडौंको जोरपाटीमा अपाङ्गता भएकाहरूलाई न्यानो कपडा वितरण गरिएको छ । युवा अपाङ्ग संगठनको आयोजनामा एभरेस्ट वासिङ एन्ड गार्मेन्ट प्रा।लि‍।ले सोमबार ज्याकेट वितरण गरेको हो ।‘साथी ज्याकेट कार्यक्रम’अन्तर्गत गोकर्णेश्वर नगरपालिका– ६ स्थित जोरपाटीमा सञ्चालित बालबाटीका स्कुलमा कपडा वितरण गरिएको आयोजक समूहका सदस्य प्रकाश श्रेष्ठले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा युवा अपाङ्ग संगठनका संयोजक तथा एभरेस्ट गार्मेन्टका मधु क्षेत्रीले कपडा सहयोग गरेका हुन् ।मौसमको प्रतिकूलतामा जीवन सहज होस् भनेर कपडा वितरण गरिएको आयोजना संस्थाले जनाएको छ । न्यानो वितरण गर

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 547 पटक पढिएको
  • सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ।आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मोल भने बढेर तोलामा रु तीन हजार ५४५ निर्धारण भएको छ।सोमबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५३५ मा कारोबार भएको थियो।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 459 पटक पढिएको
  • रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना

    काठमाडौं— वैज्ञानिकहरूले रगतमा बसोबास गर्ने तर धेरै कम अध्ययन गरिएको ब्याक्टेरियाबाट उत्पादन हुने नयाँ एन्टि–एजिङ यौगिकहरू (इन्डोल मेटाबोलाइट) पत्ता लगाएका छन् । जसले भविष्यमा छाला पुनर्जागरण (स्किन–रिजुभेनेसन) उपचारका लागि नयाँ बाटो खोलिदिने सम्भावना देखिएको छ ।प्रयोगशालामा उमारिएका मानव छाला कोषहरूमा गरिएको परीक्षणमा यी यौगिकहरूले सूजन, अक्सिडेटिभ स्ट्रेस र कलेजेन नष्ट गर्ने गतिविधिलाई उल्लेखनीय रूपमा घटाउने क्षमता देखाएका छन् ।खोजिएका १२ इन्डोल यौगिकमध्ये तीन—जसमध्ये दुई पहिले कहिँ नदेखिएका सबैभन्दा प्रभावकारी प्रमाणित भएका छन् । वैज्ञानिकहरूका अनुसार यी प्राकृतिक रूपमा बन्ने अणुहरू शरीरभित

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 536 पटक पढिएको
  • रामेछापको हिलेदेवीका पहिरो पीडित स्थानान्तरणको पर्खाइमा

    रामेछाप— रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवीस्थित केउरेनी, साउने र च्यामदुङ क्षेत्रका पहिरोपीडित स्थानीय बासिन्दा सुरक्षित स्थानमा सारिने दिनको प्रतीक्षामा छन् । बस्तीभन्दा तलबाट बग्ने खानीखोलाबाट सुरु भएको पहिरो निरन्तर माथिल्लो भू–भागसम्म फैलिँदै जाँदा पूरै जमिन नै सर्न थालेको कारण ७७ भन्दा बढी घरपरिवार तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । साउने–केउरेनी क्षेत्रमा २०३५ सालमै ठुलो पहिरो गएपछि त्यतिबेला बस्ती सारिएको थियो। पहिरो रोकिएपछि स्थानीयहरू फेरि फर्किएर बसोबास थालेका थिए। तर २०८१ असोज दोस्रो सातादेखि जमिन फेरि सर्न थालेपछि निवासीहरू त्रासमा परेका थिए। त्यस

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 450 पटक पढिएको
  • पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः कांग्रेस नेता प्रदीप पौडेल

    काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पुष महिनाभित्र महाधिवेशन सम्भव भएको भन्दै यसलाई सफल बनाउन पदाधिकारीसँगै सबै उत्तिकै जिम्मेवार बन्नुपर्ने टिप्पणी गरेका छन् । पार्टी बैठकको दोश्रो दिन नै आफूले यससम्बन्धी प्रस्ताव नै दर्ता गराएको भन्दै उनले डेढ महिना यसैको विवादमा समय खेर गएको भन्दै दुःख प्रकट गरेकाछन् । आफूलाई निर्णय भएलगत्तै धेरै नेता कार्यकर्ताले फोन गरेर महाधिवेशन यति छोटो समयमा कसरी हुन्छ भनेर शंसय व्यक्त गरेको प्रसंग कोट्याउँदै उनले आफूले सम्भव देखेरै विगतमा प्रस्ताव गरेको भन्दै अहिले केही समय ढिला भए पनि युद्धस्तरमा कार्य हुने हो भने महाधिवेशन सम्भव रहेको दो

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 500 पटक पढिएको
  • हेटौँडा बजारको सडक विस्तारमा पुनः विवाद

    हेटौँडा— हेटौँडाको मुख्य राजमार्गलाइ (२५/२५ गज) विस्तार गर्ने विषय फेरि तनावपूर्ण मोडतिर अघि बढेको छ । सडक डिभिजन कार्यालय हेटौँडाले मंसिर ५ गते सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक–राप्ती पुल हुँदै सामरी पुलसम्मका संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएपछि स्थानीयमा दबाब र अनिश्चितता थपिएको छ । सूचना अनुसार करिब ९.५ किलोमिटर सडक खण्डभित्र पर्ने ५३१ संरचना राज्यको स्वामित्व क्षेत्रभित्र परेका छन् । दायाँ २३४ र बायाँ २९७ संरचनालाई ‘अतिक्रमण’को सूचीमा राखिएको छ ।डिभिजनले सर्वोच्च अदालतको २०८० कार्तिक १७ को आदेश र राजमार्ग व्यवस्था ऐन, २०२१ लाई आधार मानेर सूचना जारी गरेको हो । अदाल

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 399 पटक पढिएको
  • सालपा विकास बैंकको आईपीओ मंसिर २५ देखि निष्कासन हुँदै

    काठमाडौं— सालपा विकास बैंकले आगामी मंसिर २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा आईपीओ निष्कासन गर्ने भएको छ । बैंकले सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर विदेशमा श्रम स्वीकृति लिएर काम गरिरहेका नेपालीहरूका लागि आरक्षित गरी सार्वजनिक गर्ने तयारी गरेको हो ।बैंकले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता सेयर, कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ मूल्य बराबरको आईपीओ जारी गर्ने अनुमति प्राप्त गरेको छ ।यसमध्ये ५ प्रतिशत (८६ हजार १९४ कित्ता) सामूहिक लगानी कोषका लागि, ०.५ प्रतिश

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 492 पटक पढिएको
  • सिद्धार्थ केवलकार लिमिटेडले आईपीओ निष्कासनका लागि पुस २७ गते साधारण सभा बोलायो

    काठमाडौं— सिद्धार्थ केवलकार लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न आगामी पुस २७ गते साधारण सभा आह्वान गरेको छ । कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा सभा गर्ने निर्णय गरेको हो ।सभामा सर्वसाधारणलाई आईपीओ जारी गर्ने, आईपीओबाट जुट्ने सेयर पूँजीको प्रयोजन तोक्ने तथा नियामक निकायले आवश्यक परेमा संशोधन गर्न निर्देशन दिएमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।त्यसैगरी, कम्पनी तथा यसको सहायक कम्पनीहरू हिलसाइड भिलेज रिसोर्ट, ऋषि कालदेवल पर्यटन कम्पनी

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 444 पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वव्यापी रुपमा मनाइँदै

    काठमाडौं— आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदैछ ।संयुक्त राष्ट्रसंघले सन् १९४९ को २ डिसेम्बरमा मानव बेचबिखन तथा यौन शोषण रोक्नेसम्बन्धी महासभा संकल्प प्रस्ताव पारित गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ । जातीय विभेद, गरीबी, सामाजिक बहिष्कार तथा असमानतामा आधारित व्यवहारका कारण केही समुदायहरू अझै पनि शोषणको गम्भीर जोखिममा छन् । प्रवासी तथा असुरक्षित श्रमिकहरूलाई घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न आर्थिक शोषणमा लगाइने गरेको पाएको छ । यी मध्ये अधिकांश महिला र बालबालिका बलपूर्वक श्रम गर्न बाध्य पारिएका छन् ।&n

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 408 पटक पढिएको
  • कोशी प्रदेश सरकार जनभावनाअनुसार काम गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जनताको अपेक्षा र आवश्यकता अनुरूप काम गर्न प्रदेश सरकार दृढताका साथ लागेको बताएका छन् । सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कवर्डहल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सीमित स्रोत–साधनका बाबजुद जनचाहनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता दोहोरयाए ।मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश र स्थानीय तहमा जनताका असंख्य आवश्यकता पूरा गर्ने दबाब छ, तर बजेट अभावका कारण धेरै योजना अघि बढ्न नसकेको चुनौती छ । ‘थोरै बजेटमा धेरै काम गर्ने बाध्यताले कतिपय योजना अलपत्र परे। अब त्यसमा सु

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 216 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.