काठमाडौं— मारवाडी सेवा समिति नेपाल स्थापनाको ७३औँ वर्ष प्रवेशको अवसरमा मारवाडी युवा मञ्च, काठमाडौंको आयोजनामा तथा पेज–३ को सहकार्यमा फेस अफ मारवाडी किड्स २०२६ प्रतियोगिता सम्पन्न भएको छ ।
मारवाडी समुदायका बालबालिकाको अन्तर्निहित प्रतिभा पहिचान, आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय मारवाडी युवा मञ्च, काठमाडौंले समुदायका भावी पुस्तालाई सक्षम, आत्मनिर्भर र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरेको जनाएको छ । प्रतियोगितामार्फत बालबालिकाको प्रस्तुति कला, अनुशासन, आत्मअभिव्यक्ति र नेतृत्व क्षमता उजागर गरिएको आयोजकको भनाइ छ ।
प्रतियोगिताको ग्राण्ड फाइनल २०८२ साल पौष २६ गते शनिबार काठमाडौंको सोल्टी मोडस्थित होटल हयात सेन्ट्रिकमा सम्पन्न भएको थियो । विभिन्न चरण पार गरेका सहभागी बालबालिकालाई निर्णायक मण्डलले निष्पक्ष रूपमा मूल्याङ्कन गरी विजेता घोषणा गरेको थियो। विजेतालाई ट्रफी तथा आकर्षक पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले यस्ता कार्यक्रमहरू भविष्यका सक्षम जनशक्ति र व्यवसायी उत्पादनमा प्रेरणादायी हुने बताए। उनले आगामी पुस्तालाई साथ लिएर अघि बढ्न सके देशको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
मारवाडी युवा मञ्च, काठमाडौंका अध्यक्ष प्रकाश कुमार केजरीवालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहभागी बालबालिका, अभिभावक, अतिथि तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले बालबालिकाको आत्मविश्वास र मनोबल बढाउने बताए।
विजेताहरू
मिस्टर मिनी फेस अफ मारवाडी
विजेताः मितांश अग्रवाल
प्रथम उपविजेताः वेदांश गर्ग
द्वितीय उपविजेताः गर्वित खेतान
मिस मिनी फेस अफ मारवाडी
विजेताः काश्वी जोशी
प्रथम उपविजेताः रिधिमा चाचन
द्वितीय उपविजेताः अंशिका चौधरी
मिस लिटल फेस अफ मारवाडी
विजेताः देवांशी चाचन
प्रथम उपविजेताः वेदांशी गुप्ता
द्वितीय उपविजेताः देवांशी जोधाणी
प्रिन्स फेस अफ मारवाडी
विजेताः निर्विक अग्रवाल
प्रथम उपविजेताः सार्थ अग्रवाल
द्वितीय उपविजेताः लक्ष्य शर्मा
प्रिन्सेस फेस अफ मारवाडी
विजेताः धनी अग्रवाल
प्रथम उपविजेताः आलिया तिब्रेवाल
द्वितीय उपविजेताः काव्या चौधरी
सबै पाँच विधा समेटेर ‘सर्वाधिक लोकप्रिय’
तेजस अग्रवाल, काश्वी जोशी, देवांशी जोधाणी, परिधि अग्रवाल र निर्विक अग्रवाल






































