समाज

    Showing 401-410 of 11,160 items.
  • प्रसारण लाइन विस्तार सरकारको पहिलो प्राथमिकता ऊर्जामन्त्री

    काठमाडौं / प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा विद्युत वितरण लाइन, विद्युतका पोल व्यवस्थापनमा देखिएको ढिलाइका कारण सडक निर्माण प्रभावित भएको विषयमा छलफल भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँमन्त्री विराजभक्त श्रेष्ठले विद्युत आपूर्ति व्यवस्थापनमा अघिल्ला वर्षको तुलनामा सुधार आएको दाबी गर्दै विद्युतको माग भने उल्लेख्य रूपमा बढेको बताए । उनले तथ्यांकले यस वर्ष तुलनात्मक रूपमा कम विद्युत अवरोध लोड ट्रिपिङ तथा आपूर्ति अवरोध भएको र समस्या समाधानमा पनि छिटो प्रतिक्रिया दिइएको देखाएको उल्लेख गरे।मन्त्री श्रेष्ठका अनुसार २०४२ सालपछि नेपालको विद्युत माग करिब १५ प्रतिशतले वृ

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 136 पटक पढिएको
  • ओभरलोड रोक्न तौल परीक्षण अनिवार्य गर्ने प्रस्ताव

    काठमाडौं / सार्वजनिक सडकमा मालवाहक सवारी साधनले क्षमताभन्दा बढी भार बोक्ने क्रम नियन्त्रण गर्न तौल परीक्षण अनिवार्य गर्ने प्रस्ताव गरिएको छ। प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा मालवाहक सवारीको वजन परीक्षणलाई अनिवार्य गर्ने व्यवस्था समेटिएको हो। विधेयकमा तोकिएको सीमाभन्दा बढी भार बोकेको मालवाहक सवारीलाई तौल पुलमा परीक्षण गर्नुपर्ने र बढी भएको भार तत्काल अनलोड गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यसबाट ओभरलोड नियन्त्रण गर्नुका साथै सडक संरचनामा पर्ने अतिरिक्त भार कम गर्ने उद्देश्य राखिएको छ।नेपाल ट्रक यातायात व्यवसायी महासंघले सडक सुरक्षा, दुर्घट

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 211 पटक पढिएको
  • कारागारको गाडी दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालक प्रहरी हिरासतमा

    रुकुम / रुकुम पश्चिममा थुनुवा बोकेर फर्किएको जिल्ला कारागार कार्यालयको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन्।बिहीबार बेलुकी करिब पौने ८ बजे मुसिकोट नगरपालिका–८ ताबलेस्थित मध्यपहाडी लोकमार्गमा कारागार कार्यालयको बा.प्र. ०३००१ च ३९५६ नम्बरको भ्यानले क.प्र. ०३–००१ प ०७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार आठबिसकोट नगरपालिका–८ का १८ वर्षीय निवास बोहराको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी बेदबहादुर पौडेलले जानकारी दिए। मोटरसाइकल चालक आठबिसकोट नगरपालिका–१० का २० वर्षीय गणेश शाही गम्भीर घाइते भएका छ

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 155 पटक पढिएको
  • धान खेत डुबेपछि रौतहटका किसान राहतको पर्खाइमा

    रौतहट / केही दिनदेखि परेको अविरल वर्षाका कारण रौतहटका अधिकांश धान खेत डुबानमा परेका छन्। जिल्लाका १८ वटै स्थानीय तहका विभिन्न क्षेत्रमा खेतमा पानी जम्दा भर्खरै रोपिएका धानका बिरुवा प्रभावित भएका हुन्।निकासको उचित व्यवस्था नहुँदा खेतमा लामो समयसम्म पानी जमेको छ। नदी, पोखरी तथा जलाशय आसपासका खेतीयोग्य जमिनसँगै अन्य क्षेत्रका धान खेतसमेत डुबानमा परेका छन्। पानीमा डुबेका धानका बिरुवा कुहिन थालेपछि किसानहरू चिन्तित बनेका छन्।वृन्दावन नगरपालिकाका किसान कृष्ण देव पटेलले आफ्नो ५ बिघाभन्दा बढी क्षेत्रफलमा लगाएको धान खेती डुबानमा परेको बताए। धान रोपाइँमा भएको लगानी र मेहनत पानीमा डुबेपछि परिवारको ज

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 146 पटक पढिएको
  • स्मार्ट टेलिकम शेयर प्रकरणमा बैंकका पदाधिकारीलाई पक्राउ नगर्न आदेश

    काठमाडौं / स्मार्ट टेलिकम प्रालिको हाइपोथिकेशनमा रहेको शेयर लिलामी प्रक्रियासम्बन्धी अनुसन्धानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च पदाधिकारीलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेसहित सञ्चालकहरूले आफूहरूलाई अनुसन्धानका क्रममा पक्राउ गर्ने तयारी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले अनुसन्धान प्रक्रिया रोक्न भने आदेश दिएको छैन। पक्राउ आवश्यक छ वा छैन

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 169 पटक पढिएको
  • तातोपानी भन्सार क्षेत्रमा पहिरोको जोखिम, सुरक्षा संरचना प्रभावित

    काठमाडौं /सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खसेपछि सुरक्षा संरचनामा क्षति पुगेको छ। शुक्रबार राति खसेको पहिरोका कारण सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट बीओपी तातोपानीका विभिन्न संरचना प्रभावित भएका हुन्। सशस्त्र प्रहरीका अनुसार राति करिब १ः१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट ढुङ्गासहितको सुख्खा पहिरो खसेको थियो। पहिरोबाट उछिट्टिएका ढुङ्गाले बीओपीका भवन तथा ड्युटी पोस्टमा क्षति पुर्‍याएको भए पनि मानवीय क्षति भने भएको छैन।पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ। दोस्रो लाइन ब्यार

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 133 पटक पढिएको
  • १० करोडको अनुमानबाट ८ करोड ९४ लाखमा पुनःनिर्माण भयो महाङ्कालको चौघेरा सत्तल

    काठमाडौं/ काठमाडौं महानगरपालिकाले ऐतिहासिक महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न गरेको छ। २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सत्तल करिब ८ करोड ९४ लाख रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको हो।पुनःनिर्माणका लागि प्रारम्भिक लागत अनुमान १० करोड १० लाख ७९ हजार रुपैयाँ निर्धारण गरिएको थियो। सार्वजनिक खरिद प्रक्रियाबाट विनायक–एसपी–बोहोरा जेभीले निर्माणको जिम्मेवारी पाएको थियो। भेरिएसनपछि सत्तल ८ करोड ९४ लाख ४६ हजार १७० रुपैयाँमा निर्माण सम्पन्न भएको महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले जनाएको छ।वि.सं. १९९७ सालको ऐतिहासिक तस्बिरलाई आधार बनाएर सत्तलको पुनःनिर्माण गरिएको हो। ५८३.

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 124 पटक पढिएको
  • सामान्य घटनामा सेना परिचालन गर्नु उचित होइन : मिराज ढुंगाना

    काठमाडौं / जेनजी अभियन्ता मिराज ढुंगानाले सामान्य घटनामा समेत नेपाली सेनालाई परिचालन गर्ने प्रवृत्ति उचित नभएको बताएका छन्। उनले यस्ता निर्णयले दीर्घकालीन रूपमा सुरक्षा संयन्त्रमाथिको जनविश्वास कमजोर हुन सक्ने चेतावनी दिएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हालै भएको साम्प्रदायिक द्वन्द्व र त्यसक्रममा भएको मानवीय क्षतिबाट सरकारले गम्भीर पाठ सिक्नुपर्ने बताए। सुरक्षा व्यवस्थापनका नाममा अत्यधिक बल प्रयोग गर्नुको सट्टा परिस्थितिअनुसार संयम अपनाउनुपर्ने उनको भनाइ थियो। ढुंगानाले प्रहरीलाई एसएलआरसहित परिचालन गर्ने र सामान्य घटनामा पनि जङ्गी अड्डाबाट सेना निकाल्ने अभ्यासले सेना

    • प्रकाशित मितिः साउन २१, २०८३
    • 239 पटक पढिएको
  • ‘ब्लु बस’ महिलाको सुरक्षाका लागि आवश्यक पहल, विभाजन वा प्रचारको नीति होइन : मन्त्री बादी

    काठमाडौं / महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सरकारले सञ्चालन गर्न लागेको ‘ब्लु बस’ सेवा महिला र पुरुषबीच विभाजन सिर्जना गर्ने वा प्रचारमुखी कार्यक्रम नभई सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका सुरक्षा जोखिमलाई तत्काल सम्बोधन गर्ने उद्देश्यसहित अघि सारिएको आवश्यक पहल भएको बताएकी छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री बादीले सार्वजनिक यातायातमा महिलाविरुद्ध हुने यौनजन्य दुव्र्यवहार, असुरक्षा, अत्यधिक भीडभाड तथा अन्य व्यावहारिक कठिनाइलाई मध्यनजर गर्दै ‘ब्लु बस’ सेवा सञ्चालन गर्न लागिएको जानका

    • प्रकाशित मितिः साउन २१, २०८३
    • 195 पटक पढिएको
  • विश्व आदिवासी दिवसको सम्पूर्ण तयारी पूरा, ५० हजारको सहभागीता रहने अनुमान

    काठमाडौं / नेपाल आदिवासी जनजाति महासङ्घ नेफिनले ३२औँ विश्व आदिवासी दिवस देशव्यापी रूपमा भव्य रुपमा मनाउने भएको छ । त्यसका लागि तयारी अन्तिम चरणमा पनि पुर्याएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै नेफिनले यस वर्ष ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता ,पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ देशव्यापी रूपमा मनाउने दिवसका सन्दर्भमा आयोजना गरिने कार्यक्रमहरुको तयारी पूरा भएको जानकारी दिएको हो । महासङ्घले यस दिवसले नेपालको विविधता, सहअस्तित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। महासङ्घले श्

    • प्रकाशित मितिः साउन २१, २०८३
    • 247 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.