काठमाडौं/ काठमाडौं महानगरपालिकाले ऐतिहासिक महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न गरेको छ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सत्तल करिब ८ करोड ९४ लाख रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको हो।पुनःनिर्माणका लागि प्रारम्भिक लागत अनुमान १० करोड १० लाख ७९ हजार रुपैयाँ निर्धारण गरिएको थियो। सार्वजनिक खरिद प्रक्रियाबाट विनायक–एसपी–बोहोरा जेभीले निर्माणको जिम्मेवारी पाएको थियो। भेरिएसनपछि सत्तल ८ करोड ९४ लाख ४६ हजार १७० रुपैयाँमा निर्माण सम्पन्न भएको महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले जनाएको छ।
वि.सं. १९९७ सालको ऐतिहासिक तस्बिरलाई आधार बनाएर सत्तलको पुनःनिर्माण गरिएको हो। ५८३.८१ वर्गमिटर क्षेत्रफलमा फैलिएको संरचनामा परम्परागत निर्माण सामग्री र वास्तुशैली प्रयोग गरिएको छ। भुइँतलामा नौ कोठा, पहिलो तलामा तीन सभा कक्ष, एक कोठा र एक भण्डार कक्ष तथा माथिल्लो भागमा बुइँगल निर्माण गरिएको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पुनःनिर्माण भएका सम्पदालाई व्यावसायिक प्रयोजनभन्दा धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिका लागि प्रयोग गर्नुपर्ने बताइन्।
करदाताको लगानीमा निर्माण भएका यस्ता सम्पदाको संरक्षण र उचित उपयोग सबैको साझा दायित्व भएको उनको भनाइ छ।सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले महानगरपालिकाले आफ्नो प्रत्यक्ष जिम्मेवारीमा नरहेका सम्पदाको संरक्षण तथा पुनःनिर्माणमा समेत लगानी गर्दै आएको बताए। सम्पदाको मौलिकता जोगाउँदै पुर्खाको नासो आगामी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले काम भइरहेको उनले बताए।
करिब १,३०० वर्ष पुरानो मानिने महाङ्काल मन्दिर हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो। नेवार तान्त्रिक परम्परासँग जोडिएको यो मन्दिर काठमाडौंका महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ। पुनःनिर्माण सम्पन्न भएसँगै ऐतिहासिक चौघेरा सत्तलले धार्मिक तथा सांस्कृतिक गतिविधिका लागि थप व्यवस्थित स्थानका रूपमा उपयोग हुने






































