रौतहट / केही दिनदेखि परेको अविरल वर्षाका कारण रौतहटका अधिकांश धान खेत डुबानमा परेका छन्।

जिल्लाका १८ वटै स्थानीय तहका विभिन्न क्षेत्रमा खेतमा पानी जम्दा भर्खरै रोपिएका धानका बिरुवा प्रभावित भएका हुन्।निकासको उचित व्यवस्था नहुँदा खेतमा लामो समयसम्म पानी जमेको छ। नदी, पोखरी तथा जलाशय आसपासका खेतीयोग्य जमिनसँगै अन्य क्षेत्रका धान खेतसमेत डुबानमा परेका छन्। पानीमा डुबेका धानका बिरुवा कुहिन थालेपछि किसानहरू चिन्तित बनेका छन्।

वृन्दावन नगरपालिकाका किसान कृष्ण देव पटेलले आफ्नो ५ बिघाभन्दा बढी क्षेत्रफलमा लगाएको धान खेती डुबानमा परेको बताए। धान रोपाइँमा भएको लगानी र मेहनत पानीमा डुबेपछि परिवारको जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता बढेको उनको भनाइ छ। वृन्दावन नगरपालिकाका विभिन्न क्षेत्रमा डुबानको समस्या बढेपछि नगर प्रमुख विनोद कुर्मी आफैँ डोजर परिचालन गरी पानीको निकास खोल्ने काममा जुटेका छन्।

किसानको समस्या समाधानका लागि खेतबाट पानी निकाल्ने प्रयास भइरहेको उनले बताए। साथै, किसानलाई राहत तथा क्षतिपूर्तिका विषयमा कार्यपालिकाको बैठकबाट आवश्यक निर्णय गरिने उनको भनाइ छ। कृषि ज्ञान केन्द्र, गौरका अनुसार भारी वर्षा र डुबानका कारण जिल्लाका अधिकांश धान खेत प्रभावित भएका छन्। डुबानबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको केन्द्रले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार डुबानका कारण किसानको ठूलो लगानी जोखिममा परेको छ।

धान उत्पादनमा समेत असर पर्ने देखिएपछि आगामी दिनमा किसानलाई राहत, क्षतिपूर्ति तथा कृषि बीमालगायतका सहयोग आवश्यक देखिएको छ। धान खेती नै मुख्य जीविकोपार्जनको आधार रहेका किसानहरू लामो समयसम्म खेतमा पानी जमिरहे उत्पादनमा थप क्षति हुने भन्दै तत्काल निकास