समाज

    Showing 1,671-1,680 of 11,162 items.
  • बालेन सरकारका विश्वासपात्र शाखा अधिकृतमाथि गम्भीर आरोप, सम्पत्ति छानबिनको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

    काठमाडौं— प्रधानमन्त्री बालेन निकट मानिएका शाखा अधिकृत संजीव नेपालविरुद्ध गम्भीर आर्थिक अनियमितता, अकुत सम्पत्ति आर्जन तथा कर्मचारी सरुवामा आर्थिक चलखेल गरेको आरोपसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक उजुरी दर्ता भएको छ।दर्ता गरिएको उजुरीमा संजीव नेपालले अध्यागमन विभागमा कार्यरत रहँदा भिजिट भिसा प्रकरणसँग सम्बन्धित विभिन्न ट्राभल एजेन्सीहरूसँग आर्थिक लेनदेन गरी गैरकानुनी लाभ लिएको र त्यसैबाट ठूलो सम्पत्ति जोडेको आरोप लगाइएको छ। उजुरीकर्ताले उनको सम्पूर्ण आर्थिक गतिविधि, आयस्रोत तथा सम्पत्तिमाथि निष्पक्ष र विस्तृत छानबिन हुनुपर्ने माग गरेका छन्।उजुरीमा प्रधानमन्त्री तथा मन्त

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 446 पटक पढिएको
  • इनरुवामा जुवाको अड्डामाथि प्रहरीको छापा, १२ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद

    सुनसरी— सुनसरीको इनरुवामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा १२ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूको साथबाट नगद रु १ लाख १ हजार ७ सय ३५ र एक बुङ तास बरामद गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेका अनुसार इनरुवास्थित एक स्थानमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले घटनास्थलबाट नगद रकम र तास बरामद गरी थप अनुसन्धान अघि बढाएको छ।पक्राउ पर्नेहरूमा जुनलक राई, ताहिर साफी, रामप्रसाद चौलागाईं, उमेश साह हलुवाई, विनोद बोगटी, सीतल सेकुवा कर्नरका सञ्चालक शुरबहादुर राउत, नजावुल मियाँ, अमिर मियाँ, फारुक अन्सारी, मफू

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 468 पटक पढिएको
  • भन्सार छलीको आशंकामा ७७४ विद्युतीय गाडी नियन्त्रणमा, अनुसन्धान जारी

    काठमाडौं— सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। भन्सार छली भएको आशंकापछि विशेष सुरक्षा अभियान सञ्चालन गर्दै गाडीहरू नियन्त्रणमा लिइएको हो।सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार जोमसोम, कुस्मा, हेम्जा तथा नुवाकोटको पासाङल्हामु सडकखण्डबाट ती सवारीसाधन नियन्त्रणमा लिइएका हुन्। अधिकांश सवारी बीवाईडी ब्रान्डका रहेको बताइएको छ।भन्सार छलीसम्बन्धी उजुरी प्राप्त भएपछि निगरानी र गस्ती कडा पारिएको तथा सोही क्रममा गाडीहरू फेला पारिएको प्रवक्ता भट्टले जानकारी दिए। उनले कर छली भएको वा नभएको विषय अ

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 611 पटक पढिएको
  • मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    मुगु— नेपालको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल आसपासका व्यापारीहरुले मदिरा तथा सुर्तीजन्य वस्तु बिक्री गर्दा आवश्यक अनुमति नलिई राज्यलाई तिर्नुपर्ने अन्तःशुल्क तथा अन्य राजस्व छलिरहेको पाइएको छ ।यस क्षेत्रमा सञ्चालीत अधिकांश होटल तथा पसलहरुले यसरी राजश्व छलेको भन्ने सुचना पाएपछि बिहीवार जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुले अनुगमन गरेको हो । कार्यालयको वार्षिक कार्यक्रमअन्तर्गत गरिएको संयुक्त अनुगमनका क्रममा रारा क्षेत्रका राल्यरी, टोप्ला, ताल्चा विमानस्थल क्षेत्र र तलितुम आसपास सञ्चालित २१ वटा होटल तथा पसलमा मदिरा र सुर्तीजन्य वस्तु बिक्रीका लागि आवश्यक इजाजतपत्र नलिइएको भेटिएको हो ।ज

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 469 पटक पढिएको
  • जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ सभामुख अर्याल

    काठमाडौं । सभामुख डोलप्रसाद डीपी अर्यालले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले विभेदमुक्त समाज निर्माणको संकल्पलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।बिहीबार आयोजित जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको कार्यक्रममा बोल्दै समाजमा अझै पनि जातीय विभेद, छुवाछूत, सामाजिक बहिष्कार, आर्थिक पछौटेपन तथा अवसरबाट वञ्चित हुने अवस्था कायम रहेको बताएका हुन् । उनले नेपालको इतिहासमा यो दिवस सामाजिक विभेदका अन्धकार पक्षहरूलाई चिर्दै समानता र उज्यालोतर्फ उन्मुख हुने महत्वपूर्ण कोसेढुङ्गा भएको उल्लेख गरे। । उनले भने, ‘आजको दिन नेपालको सामाजिक न्याय, समानता र मानवीय मर्यादाको

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 185 पटक पढिएको
  • रोल्पामा बोलेरो जीप ६०० मिटर तल खस्दा ३ जनाको मृत्यु

    रोल्पा। रोल्पाको माडी गाउँपालिका–२ घर्ती गाउँस्थित व्याङखोलामा बोलेरो जिप सडकबाट करिब ६०० मिटर तल खस्दा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ। बिहीबार बिहान ८ बजेतिर माडी गाउँपालिका–२ घर्ती गाउँको व्याङखोलास्थित सडकबाट बोलेरो जिप अनियन्त्रित भई करिब ६०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिएका छन् । मृतकहरूको पहिचान अझै खुल्न सकेको छैन। दुर्घटनाग्रस्त जीप भीरको गहिरो भागमा पुगेकाले नम्बरसमेत यकिन हुन नसकेको प्रहरीको भनाई छ । घटनाबारे थप जानकारी संकलन गर्न जिल्ला प्रहरी कार्यालय रोल्पा

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 175 पटक पढिएको
  • मधेसका १६ प्रतिशत बालबालिका कुपोषणको जोखिममा

    जनकपुरधाम— मधेस प्रदेशमा बाल कुपोषण गम्भीर चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशका करिब १६ प्रतिशत बालबालिका कुपोषण वा शीघ्र कुपोषणको अवस्थामा रहेका छन्।प्रदेशका १३३ स्थानीय तहमा सञ्चालन गरिएको पोषण अवस्थाको परीक्षणमा दुई लाख ८३ हजार ३०८ बालबालिकाको स्वास्थ्य मूल्याङ्कन गरिएको थियो। परीक्षणका क्रममा ३५ हजार ८८३ बालबालिका कुपोषित, आठ हजार ७७१ बालबालिका शीघ्र कुपोषित तथा दुई लाख ३३ हजार १८२ बालबालिका सामान्य अवस्थामा रहेको पाइएको छ।अभियानमार्फत गरिएको परीक्षणले प्रदेशमा कुपोषणको अवस्था चिन्ताजनक रहेको देखाएको मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारी

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 479 पटक पढिएको
  • तनहुँमा एम्बुलेन्स–मिनी ट्रक ठोक्किँदा सात घाइते, एकको अवस्था गम्भीर

    तनहुँ— तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा बिहीबार बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन्।पृथ्वीराजमार्गमा पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशातर्फ गइरहेको लु.प्र.०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेका हुन्।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एम्बुलेन्समा सवार छ जना र मिनी ट्रक चालक गरी सात जना घाइते भएका छन्। घाइतेमध्ये रोल्पाको थवाङ गाउँपालिका–२ की २५ वर्षीया अन्जना बुढा मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।घाइतेहरूको बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ। दुर्घटनाबारे

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 417 पटक पढिएको
  • सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला

    सोलुखुम्बु । सगरमाथा क्षेत्रमा हराएका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका दावा शेर्पा जीवितै फेला परेका छन् ।सगरमाथाको तेस्रो शिविर क्याम्प–३ आसपासबाट बेपत्ता भएका शेर्पालाई बिहीबार बिहान खुम्बु आइसफलस्थित क्र्याम्पन पोइन्ट नजिक आधारशिविरतर्फ ओर्लिरहेको अवस्थामा उद्धार गरिएको हो । सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीहरूले उनलाई अत्यन्त कमजोर अवस्थामा देखेपछि तत्काल उद्धार गरी आधारशिविरतर्फ ल्याएका हुन् । प्रारम्भिक जानकारीअनुसार उनी लामो समयदेखि सम्पर्कविहीन थिए र उनको खोजी कार्य जारी रहेको थियो ।उच्च हिमाली क्षेत्रमा बेपत्ता भएका व्यक्तिहरू जीवितै भेटिनु दुर्लभ मानिन्छ । विशेषगरी क्याम्प

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 189 पटक पढिएको
  • लोकप्रिय मतका आधारमा उम्मेदवार चयन गर्ने कांग्रेसको तयारी

    विर्तामोड— नेपाली कांग्रेसले आगामी निर्वाचनमा पार्टीभित्र प्रि–इलेक्शन गराएर प्राप्त लोकप्रिय मतका आधारमा उम्मेदवार चयन गर्ने तयारी गरेको जनाएको छ।विर्तामोडमा बुधबार आयोजित नेपाली कांग्रेस झापाका जिल्ला, क्षेत्र, प्रदेशसभा क्षेत्र तथा गाउँ–नगर पदाधिकारीहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौलाले यस्तो जानकारी दिइन्।उनले पार्टीको महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न ‘जरा अभियान’ अन्तर्गत क्रियाशील सदस्यता अध्यावधिक कार्यलाई तीव्र बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सबै तहका संगठनलाई सक्रिय हुन आग्रह गरिन्।संग्रौलाले जेठ २० गते एकैदिन ६२ हजारभन्दा बढी सदस्यले क्रि

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 456 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.