समाज

    Showing 11,111-11,120 of 11,162 items.
  • डोजर चालकले जीउँदै महिलालाई खाडलमा पुरेर फरार

    धादिङ । जिल्लामा एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै खाल्डोमा हालेर पुरेको खुलेको छ। त्रिपुरासुन्दरी–१ सल्यानटारमा एक्स्काभेटरको ठक्करबाट घाइते भएकी ४५ वर्षीया सरस्वती कुमाललाई एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले सोमबार दिउँसो जिउँदै पुरेका स्थानीयले बताएका छन् । बुढाथोकी त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपे सडक निर्माणमा खटिएका एक्स्काभेटर चालक हुन् ।घाँसको भारी बोकेर घर फर्किंदै गरेकी कुमाललाई एक्स्काभेटरले ठक्कर दिँदा उनी खाल्डोमा खसेकी थिइन्। चालक बुढाथोकीले खाडलमा खसेकी महिलालाई उद्धार नगरी खाल्डोमा ढुंगामाटो खन्याएर पुरेका स्थानीयको आरोप छ। खाल्डोमा मान्

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 127 पटक पढिएको
  • स्मार्ट सिटी निर्मार्णलाई तिव्रताका साथ अघि बढाउन निर्देशन

    काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं उपत्यकाभित्र बन्न लागेको नयाँ स्मार्ट सिटीको निर्माण कार्यलाई तिव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् ।सोमबार मन्त्रालयमा नयाँ स्मार्ट सिटी निर्माणको प्रगतिका बारेमा काठमाडौं उपत्यका बिकास प्राधिकरणसंग छलफल गर्दे मन्त्री साहले नयाँ स्मार्ट सिटी निर्मार्णलाई तिव्रताका साथ अघि बढाउन निर्देशन दिए ।उनले उपत्यकाभित्र बन्न लागेको नयाँ स्मार्ट सिटी तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए । यसअघिका आयोजना समयमा नै निर्माण हुन नसक्दा जनतामा निराशा छाएको भन्दै उनले अधिकतम रुपमा जनताको सहभागीता गराउनुपर्ने उल्लेख गरे ।नयाँ नगरले काठमाडौ

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 117 पटक पढिएको
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान

    काठमाडौं । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान सुरु गरिएको छ । रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशनले सहयोग रकम जुटाउने उद्देश्यले सोमबारदेखि अभियान सुरु गरेको घोषणा गरेको हो ।अभियानअन्तर्गत व्यक्ति वा संस्थाले आफ्नो वा परिवारको नाम अब प्यारापिटको कुर्सीमा लेखाउन पाउनेछन् । जसका लागि १ लाख रुपैयाँ रंगशाला निर्माणका लागि सहयोग गर्नु पर्नेछ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्सुसले रंगशालाका ३० हजार कुर्सीमा विभिन्न व्यक्ति वा संस्थाले आफ्नो नाम लेखाउन सक्नेछन् ।‘हाम्रो रंगशालामा मेरो कु

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 148 पटक पढिएको
  • प्रधानमन्त्री ओली पोखरामा, भवन शिलान्यास र रङ्गशालाको निरीक्षण

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भवन शिलान्यास र रङ्गशालाको निरीक्षण  गर्नका लागि आज पोखरा पुगेका छन् । यती एयरलाइन्सको विमानबाट पोखरा पुगेका ओलीलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य पार्टीका नेता तथा कार्यकर्ता एवं सरकारी उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए ।प्रधानमन्त्री ओलीले पोखरामा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीको आयोजनामा भएको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । उनले आजै नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्नाका साथै पोखर

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 146 पटक पढिएको
  • २०७८ मा तीन दशैँ

    बिर्तामोड। वि.सं. २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ । बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर शुरु हुने भएको छ ।असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्ष

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 148 पटक पढिएको
  • खोलामा भिम पौडेलको रजाई : अवैध उत्खननले केराबारी जोखिममा

    केरावारी / वर्षौ देखि केरावारीको खदम खोलामा सत्ता र शक्तिको आडमा भईरहेको चुरे दोहनका कारण मानव बस्ती नै खतरामा परेपछि स्थानियले आन्दोलन थालेका छन् । केरावारीका स्थानियको बिरोध भने नयाँ हैन , हरेक वर्ष विरोध गर्ने तर सरकारी निकायबाट बेवास्ता हुने गरेकाले स्थानिय सहन विवस अनि बाध्य छन् । दोहनले सिमा नाघेर मानव बस्ति नै संकटमा पुगेपछि भने स्थानियको आन्दोलनले रुप फेरेको छ । स्थानियले आईतबार सडकमा नै निस्केर दोहन विरुद्द प्रदर्शन गर्दै गाउँपालीका घेराउ समेत गरेका छन् ।  स्थानिय निकायका जनप्रतिनिधी समेत संचालक रहेका क्रसर उध्योग र खोलाका ठेकेदारको मिलेमतोमा केराबारी गाउँपालिका भित्रका खोला

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 545 पटक पढिएको
  • प्रधानमन्त्रीद्वारा एकै दिन चार पुलको उद्घाटन

    बिर्तामोड। झापाको दमकलाई अन्य पालिकासँग जोडिने गरी चार पक्की पुलको एकैसाथ उद्घाटन गरिएको छ । ती सबै पुलको यस क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गरेका हुन् ।उनले आइतबार नै कमल गाउँपालिकाको क्याम्पादेखि मंगलबारे जोड्ने कमल खोलामा निर्मित पुलको उद्घाटन गरे । त्यसपछि उनले आफ्नो गृहनगर दमक–१० लाई मोरङको उर्लाबारी जोड्ने मावा खोलामा निर्मित पुलको पनि उद्घाटन गरेका छन् ।उनले सोही वडाबाट कमल गाउँपालिका हुँदै गौरादह जोड्ने स्थानमा रहेको रतुवा खोलामा निर्मित पुलको समेत उद्घाटन गरेका छन् ।यसैक्रममा प्रधानमन्त्री ओली चीन–नेपाल मैत्री औद्योगिक पार्कको

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 105 पटक पढिएको
  • युवालाई बन्धक बनाएर फिरौती माग्ने तीन जना पक्राउ

    बिर्तामोड । एक युवकलाई बन्धक बनाएर १० लाख फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । विराटनगर –१८ का २३ वर्षीय सुभाष कामतलाई शुक्रबार बन्धक बनाएका थिए । बन्धक बनाएर राखेपछि ती तीन व्यत्तिले सुभाषको फिरौतीका लागि १० लाख रुपैया सुभाषको परिवारलाई मागेका जिल्ला प्रहरी कार्यलय मोरङले बताएको छ । पक्राउ पर्नेमा विराटनगर –१६ दरैया का २० वर्षीय रोहित पण्डित, विराटनगर –१२ बखरीका २१ वर्षीय अजय यादव र विराटनगर –६ की २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् ।बन्धक बनाइएका सुभाषलाई प्रहरीले सकुशल उद्दार गरेको छ ।

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 164 पटक पढिएको
  • विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै नागरिक आन्दोलनको धर्ना

    काठमाडौं । नागरिक समाजका प्रतिनिधिहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् । विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै नागरिक समाजका प्रतिनिधिहरुले बृहत नागरिक आन्दोलनको अगुवाइमा सुन्धारास्थित महानगरपालिका कार्यालय अगाडि आज धर्ना दिएका हुन् ।धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरु समेत सहभागी भएका छन् । ‘नागरिकलाई सडक छाप बनाउने कस्तो नीति ? कस्तो सरकार ?’ लगायत नारा लेखिएका प्लेकार्ड धर्नामा बसेकाहरुले बोकेका थिए ।बालाजु बाइपास सडक विस्तारको क्रममा उठिबास लगाइएकालाई सोही स्थानमा पुनःस्थापित गर्नसमेत उनीहरुको माग छ । स्थानीयलाई उठिबास लगा

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 108 पटक पढिएको
  • क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

    बिर्तामोड। बेतडी जिल्लाको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७३ जना कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले जानकारी दिए । “कैदीबन्दी बढी हुँदा बसोबास र सुरक्षाका दृष्टिकोणले चुनौती छ”,। उनले भने, “बस्ने ठाउँ अभावमा त्रिपाल राखेर कैदीबन्दीलाई राख्नु परिरहेको छ ।” कारागारमा अहिले ३२ कैदी र ४१ थुनुवा छन् । भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा टेन्ट राखेर कैदीबन्दीलाई बसोबासको व्यवस्था मिलाइएको छ । “दश जना टेन्टभित्र बसिरहेका छन् भने बाँकीलाई कोठाभित्र बस

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 97 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.