काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं उपत्यकाभित्र बन्न लागेको नयाँ स्मार्ट सिटीको निर्माण कार्यलाई तिव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् ।

सोमबार मन्त्रालयमा नयाँ स्मार्ट सिटी निर्माणको प्रगतिका बारेमा काठमाडौं उपत्यका बिकास प्राधिकरणसंग छलफल गर्दे मन्त्री साहले नयाँ स्मार्ट सिटी निर्मार्णलाई तिव्रताका साथ अघि बढाउन निर्देशन दिए ।

OM Sai Pathibhara Hospital

उनले उपत्यकाभित्र बन्न लागेको नयाँ स्मार्ट सिटी तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए । यसअघिका आयोजना समयमा नै निर्माण हुन नसक्दा जनतामा निराशा छाएको भन्दै उनले अधिकतम रुपमा जनताको सहभागीता गराउनुपर्ने उल्लेख गरे ।

नयाँ नगरले काठमाडौं उपत्यकाको स्वरुप बदलिने र भद्रगोल शहरीकरणलाई व्यवस्थीत शहरीकरण गर्न पनि योजना महत्वपूर्ण हुने उनको भनाइ छ । त्यस्तै मन्त्री साहले उपत्यका बाहिर पनि १० वटा नयाँ शहर निर्माणमा सरकार अघि बढेको जानकारी दिए ।

त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले स्मार्ट सिटी निर्माणमा स्थानीय सरकारसंग सहकार्य गर्दै अघि बढ्ने बताए । यसअघिका शहरलाई व्यवस्थीत गर्न नयाँ शहरको अवधारणा आएको उनको भनाइ छ ।

काठमाडौंमा बन्न लाागेको नयाँ शहरलाई स्मार्ट शहरका रुपमा व्याख्या गर्ने गरिएको छ । नयाँ शहरलाई ‘इशान काठमाडौं’, ‘आग्नेय काठमाडौं’, र उत्तर काठमाडौं नाम दिइएको छ ।

स्मार्ट सिटी ४ देखि ६ बर्षसम्ममाा सम्पन्न गर्ने प्राधिकरणले जनाएको छ । नयाँ शहरमा पुर्वाधार निर्माणलाई प्राथामिकतामा राखिनेछ ।