बिर्तामोड । एक युवकलाई बन्धक बनाएर १० लाख फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । विराटनगर –१८ का २३ वर्षीय सुभाष कामतलाई शुक्रबार बन्धक बनाएका थिए । 

बन्धक बनाएर राखेपछि ती तीन व्यत्तिले सुभाषको फिरौतीका लागि १० लाख रुपैया सुभाषको परिवारलाई मागेका जिल्ला प्रहरी कार्यलय मोरङले बताएको छ । 

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेमा विराटनगर –१६ दरैया का २० वर्षीय रोहित पण्डित, विराटनगर –१२ बखरीका २१ वर्षीय अजय यादव र विराटनगर –६ की २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् ।

बन्धक बनाइएका सुभाषलाई प्रहरीले सकुशल उद्दार गरेको छ ।