बिर्तामोड। झापाको दमकलाई अन्य पालिकासँग जोडिने गरी चार पक्की पुलको एकैसाथ उद्घाटन गरिएको छ । ती सबै पुलको यस क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गरेका हुन् ।

उनले आइतबार नै कमल गाउँपालिकाको क्याम्पादेखि मंगलबारे जोड्ने कमल खोलामा निर्मित पुलको उद्घाटन गरे । त्यसपछि उनले आफ्नो गृहनगर दमक–१० लाई मोरङको उर्लाबारी जोड्ने मावा खोलामा निर्मित पुलको पनि उद्घाटन गरेका छन् ।

OM Sai Pathibhara Hospital

उनले सोही वडाबाट कमल गाउँपालिका हुँदै गौरादह जोड्ने स्थानमा रहेको रतुवा खोलामा निर्मित पुलको समेत उद्घाटन गरेका छन् ।

यसैक्रममा प्रधानमन्त्री ओली चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गरेका छन् । शिलान्यासपछि उनले कमल– ७ झर्काहा बजारमा आयोजना हुने सभालाई सम्बोधन गर्दैछन् । त्यहाँको कार्यक्रमपछि दमक–१ बाट कमल गाउँपालिका हुँदै इलामको चुलाचुली जोड्ने रतुवा खोलामा निर्मित पुल उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीका सचिवालयका अनुसार प्रधानमन्त्रीले वैकल्पिक मार्गका रुपमा रहेको मदन भण्डारी चुरे राजमार्गमा पर्ने सो स्थानको पुलसँगै पूर्वी खण्डका ३१ पुलको एकैसाथ शिलान्यास गदैछन् ।