केरावारी / वर्षौ देखि केरावारीको खदम खोलामा सत्ता र शक्तिको आडमा भईरहेको चुरे दोहनका कारण मानव बस्ती नै खतरामा परेपछि स्थानियले आन्दोलन थालेका छन् । केरावारीका स्थानियको बिरोध भने नयाँ हैन , हरेक वर्ष विरोध गर्ने तर सरकारी निकायबाट बेवास्ता हुने गरेकाले स्थानिय सहन विवस अनि बाध्य छन् । दोहनले सिमा नाघेर मानव बस्ति नै संकटमा पुगेपछि भने स्थानियको आन्दोलनले रुप फेरेको छ । स्थानियले आईतबार सडकमा नै निस्केर दोहन विरुद्द प्रदर्शन गर्दै गाउँपालीका घेराउ समेत गरेका छन् ।  

स्थानिय निकायका जनप्रतिनिधी समेत संचालक रहेका क्रसर उध्योग र खोलाका ठेकेदारको मिलेमतोमा केराबारी गाउँपालिका भित्रका खोलाबाट मापदण्ड विपरित प्राकृतिक स्रोत दोहन गर्दै आएका छन् , तर सरकारी निकायले भने मापदण्ड विपरीत भईरहेको सो काम अन्देखा गर्दै आएका छन् । उवासंघ ईटहरीका अध्यक्ष समेत रहेका क्रसर उद्योगी भिम पौडेल र केरावारी गाउँपालीकाका अध्यक्ष रोहित कार्की समेत संचालक रहेका उध्योग अनि उनीहरु समेत संलग्न रहेको भनिएका ठेकेदारको समुहले तोकिएको मापदण्ड विपरीत केराबारी गाउँपालिका भित्रका खदमा खोला र त्यस आसपासको क्षेत्रमा प्राकृति स्रोतको चरम रुपमा दोहन गर्दै आएका छन् ।

OM Sai Pathibhara Hospital

सत्ता र शक्तिको आडमा मापदण्डविपरीत खोलाबाट नदीजन्य पदार्थको उत्खनन् भएपछि केराबारी गाउँपालिका ८ को आमजुगी बस्तीका ५ सय घर जोखिममा परेका छन् । पहुचवाला क्रसर व्यवसायीले प्रहरी प्रशासन देखि जनप्रतिनधी सम्मलाई  प्रभावमा पारेर अवैध रूपमा खदम खोला छेउको निजी जग्गाबाट समेत नदीजन्य पदार्थ उत्खनन गरेको समेत भेटिएको छ । 

मापदण्ड विपरीत खदम खोला नजिकको  क्षेत्रमा संचालित महादेवा मिनिरिल इन्ड्रटिज र शिवम क्रसरले खदम खोला र केराबारी ८ मा रहेको बस्तीछेउमा मापदण्ड विपरित उत्खनन गरेका कारण आमजुगी बस्ती जोखिममा परेको स्थानिय जितबहादुर बस्नेतलले बताएका छन् । यस वर्ष ठेक्का समेत नलागेको खदम खोलादेखि अहिले दिउँसो र रातीको समयमा अवैध रूपमा ढुंगा, गिट्टी बालुवाको तीव्र दोहन र तस्करी हुने गरेको स्थानियले जानकारी गराएका छन्  । केरावारीमा मापदण्ड विपरीत संचालनमा रहेका क्रसर उद्योग र खोलाका ठेक्दारलाई सरकारी निकाय र जनप्रतिनिधिको संरक्षण रहेकाले उनीहरुमाथि कारवाही नभएको समेत स्थानियको भनाई छ । केरावारी ८ आमजुगीको खदम खोलामा ठेक्दारले तोकिएको मापदण्डभन्दा बढी खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा निकाल्दा खोलो नै तालजस्तो बनेको छ । त्यहाँ खोला उत्खनन गर्नका लागि सम्बन्धित निकायले बढीमा एक मिटर ४० सेन्टिमिटर गहिरो खन्न मात्रै अनुमति दिएको भएपनि मिलेमतोमा ४ मिटर सम्म खनिएको भेटिएको छ ।

खोला ठेकेदारले ३ देखि ४ मिटरसम्म गहिरो खनेपछि स्थानियले आन्दोलन सुरु गरेका हुन् । तोकिएको मापदण्ड विपरित खोला उत्खनन् भएपछि बस्ती नै जोखिममा परेको केराबारी ८ आमजुगीका जीतबहादुर बस्नेतलले बताएका छन्  । ‘हामीले त्यति गहिरो बनाएर नखन्न ठेकेदारलाई आग्रह ग¥यौं,’ उनले भने,  ‘तर खन्न छाडेनन ।’ खदम खोलामा मापदण्ड विपरीत खोलाको दोहन भएपछि आसपासका बस्तीका चापाकल र इनारमा समेत पानी आउन छाडेको स्थानियले वताएका छन् ।  

आसपासको क्षेत्रबाट दैनिक आउजाउ गर्ने गरेका स्थानिय जनप्रतिनिधि समेत सो विषयमा जानकार भएपनि उत्खननको उनीहरुले विरोध नगरी समर्थन नै गर्दै आएको स्थानियको भनाई छ । स्थानिय  भन्छन् – गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की, ८ का वडाअध्यक्ष मनोज खड्कासहितको संरक्षणमा मापदण्ड विपरीत खदम खोला र निजी जमिनदेखि धमाधम ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भईरहेको छ । यसरी दैनिक करिव ५ सय सवारी साधनमा ढुंगा, गिट्टी र बालुवा मापदण्ड विपरित निकाल्दा पनि सम्बन्धित निकायले वास्ता नगर्नुले क्रसर व्यवसायी र खोला ठेकेदारसँग उनीहरुको मिलेमतो रहेको प्रष्ट बुझ्न सकिन्छ । 

तोकिएको मापदण्ड विपरित क्रसर व्यवसायी र ठेकेदारले नदी उत्खनन गरेको केराबारी गाउँपालिका ८ का वडाअध्यक्ष मनोज कुमार खड्काले समेत स्वीकार गरेका छन् । ‘हामीले तोकिएको मापदण्डमा रहेर ढुंगा, बालुवा र गिट्टी निकाल्ने आचरसंहिता बनाएका थियौ,’ उनले भने, ‘त्यसको अहिले पालना भएको छैन ।’ जनप्रतिनिधिले पनि अवैध खोला उत्खनन र चोरी तस्करी रोक्न नसकेको उनले दावी समेत गरेका छन् । 

खदम खोला अनि खोला आसपासमा सञ्चालन भइरहेका क्रसर उद्योग र ठेक्दारले वातावरणीय प्रभाव मूल्यांकन विपरीत खोलाको दोहन गर्दा स्थानीय निकाय, प्रहरी र प्रशासन रमिते भएर बसेका छन् । शून्य दशमलव ५ मिटरदेखि बढीमा डेढ मिटरसम्म गहिरो बनाएर गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्न स्थानीय तहले क्रसर र ठेक्दारलाई अनुमति दिएको छ  । तर उनीहरुले भने सत्ता , शक्ति अनि पैसाको आडमा ३ मिटर देखि ४ मिटरसम्म गहिरो खनेर उत्खनन गर्दै आएका छन् । 

उक्त खोला र त्यसछेउको निजी जग्गादेखि तोकिदिएको मापदण्डविपरित उत्खनन् गर्ने समुहको नेतृत्व क्रसर उद्योगी भिम पौडेलले गर्दै आएको स्थानियको दावी छ । पौडेल संचालक रहेको उध्योगले मात्रै खदम खोलाछेउमा रहेको ६ विघा जमिनबाट दैनिक ३ देखि ५ सय टिपर ढुंगा, बालुवा र गिटी तोकिएको मापदण्डविपरीत उत्खनन गरेर लाने गरेको भएपनि सरकारी निकाय मौन बसेकाले सवैको मिलेमतोमा अवैध काम हुने गरेको स्थानियले आरोप समेत लगाएका छन् । 

जनप्रतिनिधी र सरकारी निकायका अधिकारीसँगको मिलेमतोमा भईरहेको अवैध उत्खननको विषयमा जिज्ञासा राख्दा उद्योगी पौडेलले खदम खोला छेउमा रहेको आफ्नो निजी जमिनदेखि बालुवा र गिट्टी मापदण्ड अनुसार झिकीरहेको दावी गर्छन । उनी भन्छन् – ‘मैले ६ बिघा जमिन किनेको छु । अहिले खोला ठेक्का लागेको छैन । त्यही भएर अहिले आफ्नो निजी जमिनदेखि बालुवा र गिटी झिक्ने गरेको छु,, बालुवा र गिटी झिकेपछि गहिरो हुन नदिन माटो हालेर पुर्ने गरेको छु ।’

ठेक्कै नलागेको खोलादेखि बालुवा र गिट्टीको चोरी तस्करी 

khola-6

केराबारीमा गाउँपालिका भित्र खदम, भलुवा, लोहन्द्रा, मुगु र हुरहुरे खोला रहेका छन् । खोला ठेक्कामा लगाउन गाउँपालिकाले पाँच वटा खुला बोलपत्र आवहान गरेको छ । ९ फागुनमा १६ करोड ९९ लाख २ हजार ८ सय ४५ रुपैयाँमा ठेक्का खुलाईएको छ । अहिलसम्म ५ वटा कम्पनीकोे आवेदन परेको गाउँपालिकाका सूचना अधिकारी सुवास सुवेदीले जानकारी गराएका छन् । पाँच वटा ठेकेदार मध्ये कान्छाराम कन्ट्रक्सनले सबैभन्दा बढी कबुल गरेको छ । कान्छाराम कन्ट्रक्सनले २१ करोड ९८ लाख ९८ हजार रुपैयाँ कबुल रहेको गाउँपालिकाले जनाएको छ । तर, गाउँपालिकाले ठेक्का लगाउनु भन्दा अगाडीदेखि नै दिउँसो र रातीको समयमा खदमलगायतका अन्य खोलाहरूदेखि तस्करी भईरहेको स्थानियले जानकारी गराएका छन् । 

जनप्रतिनधीको क्रसर, मनलाग्दी उत्खनन 

दुई वर्षअघि जिल्ला प्रशासन कार्यालयले मोरङका क्रसर उद्योगहरूको नियमनका लागि गठन गरेको अनुगमन समितिले अधिकांश उद्योग खोला र वन क्षेत्रमै मापदण्ड विपरित सञ्चालन भइरहेको प्रतिवेदन तयार गरेको थियो । क्रसर उध्योगीको शत्ता र शक्ति केन्द्रहरुसँगको पहुँचका कारण स्थानिय प्रशासनले उक्त प्रतिवेदन अहिलेसम्म कार्यान्वयनमा ल्याएको छैन ।

प्रशासनले खोला नदी र वन क्षेत्रमा अवैध रुपमा क्रसर सञ्चालन भएको र एक्स्काभेटर लगाएर मापदण्ड विपरीत उत्खनन भइरहेको गुनासो बढेपछि घरेलु कार्यालयका तत्कालीन प्रमुखको नेतृत्वमा अनुगमन समिति गठन गरेको थियो । त्यसैगरी केरावारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीको कृष्ण क्रसर उद्योग, वडा ८ का अध्यक्ष मनोज खड्का र वडा १० का अध्यक्ष जंग खवासको महादेव क्रसर उद्योग पनि खदम खोलामा मापदण्ड विपरीत सञ्चालन हुँदै आएको प्रतिवेदनमा उल्लेख थियो । वडाअध्यक्ष खड्काले क्रसर उद्योगी पौडेलसँग मिलेर ढुंगा, गिट्टी र बालुका मापदण्ड बिपरीत उत्खनन गर्दै आएका छन् । 

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले भने विगतका वर्षमा झै यसपटक पनि मापदण्ड विपरीत उत्खनन भएको गुनासो आएकोले तत्काल अनुगमन गरिने बताएका छन् । ‘मापदण्ड विपरीत खोलाहरूमा उत्खनन भएको गुनासो आएको छ,’ उनले भने, ‘हामी प्राविधिकसहितको टोलीबाट चाँडै अनुगमनमा जाने छौं ।’


अवैध उत्खनन रोक्न माग राख्दा उल्टै उजुरी 

खदम खोला र त्यस छेउको निजी जमिनमा मापदण्ड विपरीत उत्खनन हुने गरेको पाइएपछि रोक्न माग राख्दै केराबारी ८ आमजुगीका स्थानिय दुई तिन दिन देखि आन्दोलित छन् । अवैध उत्खनन रोक्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको बेला क्रसर उद्योगी भिम पौडेलको महादेवा मिनिरल इन्ड्रटिजले दुई वटा स्काइभेटर २ वटा टिपरले खदम खोला छेउको निजी जमिनदेखि ढुंगा, गिट्टी र बालुवा उत्खनन गरेको थियो । स्थानियले अवैध उत्खनन गरेको सवारी साधन हटाउन प्रहरीलाई खबर गर्दा पनि ढिलो गरि आउने गरेकोे स्थानिय जीतबहादुर बस्नेतले जानकारी गराएका छन् ।  

अवैध उत्खनन गर्ने सावारी साधनलाई केरावारी प्रहरीले  नियन्त्रणमा नलिएपछि आक्रोसित बनेका स्थानियले उद्योगी पौडेलको क्रसर उध्योगको कार्यालयमा तोडफोड गरेका थिए । सो क्रममा क्रसरको कार्यालयको दुई वटा झ्यालमा तोडफोड भएको थियो । यता स्थानियले भने पौडेलले शक्ति र पैसाको आडमा आफ्नो अवैध उत्खनन ढाकछोप गराउन प्रहरी लगाएर धम्कयाउ थालेको बताएका छन् । उद्योगी पौडेलले १७ लाख ५० हजार रूपैयाँ चोरी भएको भन्दै आन्दोलनमा उत्रिएका ४ जना विरूद्ध प्रहरीमा उजुरी दिएको स्थानियले जानकारी गराएका छन् । अवैध खोला दोहनको विरोधमा जारी आन्दोलनको अग्रभागमा रहेका स्थानिय गोपाल खड्का, गोपाल थापा, जीतबहादुर राई र राजेश राई विरुद्ध इलाका प्रहरी कार्यालय बेलाबारीमा पौडेलको उध्योगले उजुरी दिएको बताईएको छ । 

स्थानियको विरोध उत्कर्षमा पुगेपछि मात्रै प्रहरीले अवैध उत्खननमा प्रयोग भएका २ वटा स्काइभेटर र २ वटा टिपर नियन्त्रणमा लिएको छ । शनिबार स्थानिय प्रहरीले क्रसर उद्योगी पौडेललको स्काइभेटर र टिफर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 


गाउँपालिका प्रमुख कार्यकक्षमा थुनिए 

खदल खोलामा भईरहेको अवैध उत्खनन् अनि नदीजन्य पदार्थको तस्करी र मापदण्ड विपरीत भईरहेको उत्खनन रोक्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका स्थानियले केराबारी गाउँपालिको कार्यालय आईतबार घेराउ गरेका थिए । मापदण्ड विपरीत संचालित क्रसर उद्योगले खदम खोला र त्यस वरीपरि उत्खनन् गर्दा मानव बस्ती नै जोखिममा परेको भन्दै उनीहरूले आइतबारबाट स्थानियले सडक आन्दोलन थालेका हुन् । 

अवैध उत्खनन र मापदण्ड विपरीतका क्रसर उद्योगहरु बन्द गरिनुपर्ने माग राख्दै ठूलो खंख्यामा उपस्थित भएका स्थानिय गाउँपालिकामा पुगेपछि गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीले त्रासका कारण कार्यलयको मुल गेटको ढोकामा ताल्चा लगाएर दिनभर भित्रै बसेका थिए । 

साँझ आन्दोलनमा उत्रिएका स्थानिय र गाउँपालिका प्रमुख कार्कीबिच भएको बार्ता पनि बिनानिश्कर्ष टुङगीएको बार्तामा सहभागि निरबहादुर खड्काले जानकारी गराएका छन् । ‘अवैध उत्खनन रोक्नुपर्दछ । बस्ती जोखिममा पार्ने क्रसर बन्द गर्नु पर्ने र उद्योगी पौडेलले प्रहरीमा स्थानिय विरुद्ध दिएको जाहेरी फिर्ता लिनुपर्ने हाम्रो माग थियो,’ बार्तामा सहभागि भएका खड्काले भने, ‘प्रमुख कार्कीले माग पूरा गर्न नसक्ने भनेपछि बार्ता बिना निश्कर्ष टुंगियो ।’ अवैध उत्खनन् मा संलग्नताको सुचिमा नाम जोडिएका कार्कीले भने संचारकर्मीसँग सो विषयमा कुरा नै गर्न चाहेका छैनन् । उनले प्रतिकृया नै दिन नमानेको स्थानिय संचारकर्मीले जनाएका छन् । 

यता गाउँपालिका प्रमुख कार्कीले संचारकर्मीहरूसँग प्रतिक्रिया दिन मानेन । 

गाउँपालिमा तोडफोड

andola-2

स्थानियले केराबारी गाउँपालिको झ्याल तोडफोड गरिदिएका छन् । आन्दोलनमा उत्रिएका स्थानियमाथि प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित भएका स्थानियले गाउँपालिको झ्यालमा ढुंगा हानेर तोडफोड गरिदिएका हुन् । 

जनताका प्रतिनिधि नै खोला दोहनको मतियार बनेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको स्थानीयको भनाई छ । लामो समयदेखि स्थानीयबासीहरुले खोला दोहनका कारण उठिबास हुने अवस्था सिर्जना भएको भन्दै दबाब दिँदै आएका थिए । आइतबार गाउँपालिका परिसर भित्र नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरेको थियो ।