समाज

    Showing 11,001-11,010 of 11,162 items.
  • करेन्ट लगाउँदा माछा सखाप

    दुल्लु / अवैध रूपमा करेन्ट लगाएर माछा मार्दा खोलामा माछा पाउन छोडिएको छ । लोपोन्मुख असला माछा अत्यधिक पाइने दैलेखको छामघाट र ताराघाट खोलामा अवैध रूपमा करेन्ट लगाएर माछा मार्न थालेपछि माछा पाउन छाडेको स्थानीयले बताएका छन् ।  सोलार ब्याट्री र बजारमा पाइने कन्भर्टरको प्रयोग गरी अवैध रूपमा खोलाभित्र करेन्ट लगाइ माछा मार्न थालेपछि खोलामा पाइने लोपोन्मुख असला माछासहित अन्य माछा पाइन छाडेका हुन् । पहिलेपहिले खोलामा बाहिरदेखि नै सहजै माछा खोलामा खेलिरहेको देखिने भए पनि अहिले एउटा पनि देख्न रहर भएको स्थानीय कलम कार्कीले बताएका छन् । करेन्ट लगाएर माछा सखाप पार्दा स्थानीय प्रशासन मुकदर्शक भएको

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 120 पटक पढिएको
  • लागुऔषध सहित ६ जना पक्राउ

    बिराटनगर / झापा र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट आईतवार दिउँसो  लागुऔषध  सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–३ बाट लागुऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कचनकवल गाँउपालिका–६ का २५ बर्षीय पञ्चानन्द राजवंशी, कचनकवल गाँउपालिका–७ का ५० बर्षीय हेमनायायण राजवंशी, मोरङ उर्लावारी–६ का २० बर्षीय बिष्णु पोदार र उर्लावारी–५ का १६ बर्षीय बालक रहेका छन् । निजहरुको साथबाट प्रहरीले एन्फाटामाईन आईस ६० ग्राम र ब्राउनसुगर ८० ग्राम बरामद

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 138 पटक पढिएको
  • जलेर ३ बर्षीय बालकको मृत्यु

    उदयपुर / उदयपुरको कटारी नगरपालिका–१० का सुजन थापाको ३ बर्षीय छोरा अरबिन्द्र थापाको आगोले जलेर मृत्यु भएको  छ । घर निजकै रहेको परालको कुन्युमा अचानक आगलागी भई उक्त आगलागीबाट घरमा समेत आगो सल्कदा घर भित्र रहेका बालकको जलेर मृत्यु भएको हो । उक्त आगलागीबाट थापाको २ तले कच्ची घर सहित घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद १ लाख ५० हजार रुपैयाँ, घर नजिकै रहेको मतान घर, बाख्राको गोठ र २ वटा बाख्राको पाठा समेत जलेर नष्ट हुँदा अन्दाजी ३० लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । सोही आगलागीबाट छिमेकी प्रकाश थापाको समेत घरमा आगलागी भई जलेर नष्ट हु

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 111 पटक पढिएको
  • बालविवाह न्यूनीकरणका लागि कार्ययोजना

    बर्दिया / बर्दियामा बालविवाह न्यूनीकरणका लागि कार्ययोजना निर्माण थालिएको छ । प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले बर्दियाका आठवटै पालिकामा रहेका ४० माध्यमिक विद्यालयमा कार्ययोजना निर्माण थालेको हो । कार्ययोजना निर्माण गर्न क्लबले विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम शुरु गरेको छ ।माध्यमिक तहमा अध्ययनरत धेरै किशोर किशोरी बालविवाहको सिकार हुने गरेकाले विद्यालयबाट नै बालविवाहविरुद्ध अभियान सञ्चालन गर्न विद्यालयका अतिरिक्त क्रियाकलामा समावेश गर्न कार्ययोजना बनाउन अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको फिल्ड सुपरभाइजर डम्मरबहादुर परियारले जानकारी दिएका छन्  ।कार्ययोजनामा बालव

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 119 पटक पढिएको
  • टिपरको ठक्करबाट एकको मृत्यु

    मोरङ / मोरङको कटहरी गाउँपालिका–३ मा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ४७८३ नम्बरको टिपरले साईकलाई ठक्कर दिँदा  साइकलमा यात्रा गरीरहेका कटहरी गाउँपालिका–२ का ३६ बर्षीय बच्चु डुम घाईते भएका थिए । डुमको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई  थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ 

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 113 पटक पढिएको
  • नाकाबन्दका कारण गलैँचा व्यवसायी मार्कामा

    ताप्लेजुङ  / ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका –७ ओलाङचुङगोलामा उत्पादित गलैँचा बिक्री नहुँदा व्यवसायी मार्कामा परेका छन् । ओलाङचुङगोलामा उत्पादन भएको गलैँचा चीनका विभिन्न बजारहरुमा खपत हुने भएकाले लक्डाउनले नाकाबन्दी भएका कारण १६ महिनादेखि गलैँचा बिक्री भएको छैन । सो क्षेत्रका स्थानीयवासी प्रमुख पेशाका रुपमा गलैँचा उत्पादन गर्ने गर्दछ । समुन्द्र सतहदेखि तीन हजार २ सय मिटर उचाइमा रहेको ओलाङचुङगोला हिमाली क्षेत्र भएकाले खेतीपाती हुँदैन । यहाँका  समुदायले पशु र गलैँचा उत्पादन गरेर जीविकोपार्जन गर्दै आएको छन् । हिमाली बस्ती ओलाङचुङगोला, याङ्मा, घुन्सा र फले क्षेत्रका समुदायको प

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 134 पटक पढिएको
  • आयआर्जनमा सहयोग पुर्याउन बाख्रा वितरण

    बझाङ / प्रगतिशील युवा समाजले आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले केदारस्युँ गाउँपालिका वडा नं ३ र ६ मा ३० घरधुरीलाई बाख्रा वितरण गरेको छ । प्रगतिशील युवा समाज र वल्र्ड भिजन साझेदारीको पोषण तथा उत्थानशील जीविकोपार्जन कार्यक्रमअन्तर्गत बाख्रा वितरण गरिएको हो । केदारस्युँ–३ मा १० बाख्रा र पाँच पाठा वडा नं ६ मा २० बाख्रा गरी जम्मा ३० ब्याउने बाख्रा वितरण गरेको प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले जानकारी दिएका छन् । कोभिडबाट प्रभावित जोखिममा रहेका बालबालिकाका परिवार दलित, आर्थिक स्थिति कमजोर भएका परिवारलाई वितरण गरिएको र त्यसले गर्दा उक्त परिवारलाई कृषि तथा पशुपालनमा आत

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 103 पटक पढिएको
  • नाली खन्दा बम भेटियो

    टीकापुर / कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक  बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो ।त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइसकेको छ । आज बिहान सेनाको बम डिस्पोजल टोली टीकापुर आउन थालेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 100 पटक पढिएको
  • शे–फोक्सुण्डोमा निःशुल्क इन्टरनेट जडान

    डोल्पा / शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो । सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वल्र्ड लिङ्कले जनाएको छ । इन्टरनेट प्रयोग गर्ने व्यक्तिले एक दिनमा निःशुल्क ५०० एमबी प्रयोग गर्नसक्ने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिएका छन् । निःशुल्क इन्टरनेट जडानसँगै फोक्सुण्डो ताल घुम्न आउने पर्यटकका लागि सञ्चार सम्पर

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 106 पटक पढिएको
  • परम्परागत पेशा अपनाउदा छुवाछूत खेप्न बाध्य दलित समुदाय

    कञ्चनपुर  / कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा दलित समुदायमाथि परम्परागत पेशा अपनाएकै आधारमा छुवाछूत हुने गरेको छ । धर्म संस्कृति, पेशा र रीतिरिवाजका नाममा दलित समुदायले छुवाछूत खेप्दै आएका छन् । संविधानसभा सदस्य हरि श्रीपाइले देशमा लोकतान्त्रिक गणतन्त्र आइसक्दासमेत सार्वजनिक स्थानमै हुने छुवाछूत हट्न नसकेकोमा चिन्ता व्यक्त गर्छन् । “विद्यालय, धार्मिकस्थल, पानीको धारा, चिया पसलमा दलित समुदाय जातीय आधारमै अपमानित हँुदै आएको छ”, उनले भने, “दलित समुदायमाथि हुने थिचोमिचो र जातीय छुवाछूत राज्यको मुद्दा बन्नुपर्दछ । छुवाछूत मुक्त राष्ट्र घोषणाले मात्रै जातीय विभेद अन्त्य हुँदैन त्यसलाई बलिय

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 170 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.