उदयपुर / उदयपुरको कटारी नगरपालिका–१० का सुजन थापाको ३ बर्षीय छोरा अरबिन्द्र थापाको आगोले जलेर मृत्यु भएको  छ । 

घर निजकै रहेको परालको कुन्युमा अचानक आगलागी भई उक्त आगलागीबाट घरमा समेत आगो सल्कदा घर भित्र रहेका बालकको जलेर मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

उक्त आगलागीबाट थापाको २ तले कच्ची घर सहित घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद १ लाख ५० हजार रुपैयाँ, घर नजिकै रहेको मतान घर, बाख्राको गोठ र २ वटा बाख्राको पाठा समेत जलेर नष्ट हुँदा अन्दाजी ३० लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । 

सोही आगलागीबाट छिमेकी प्रकाश थापाको समेत घरमा आगलागी भई जलेर नष्ट हुँदा निजको घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद १ लाख ५० हजार रुपैयाँ, सुनचाँदी, घर नजिकै रहेको मतान घर, २ वटा बाख्राको पाठा र भैसीको पाडो जलेर नष्ट हुँदा अन्दाजी २८ लाख बराबरको क्षति भएको तथा अर्का छिमेकी मेख बहादुर थापाको समेत घर पुर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी २५ लाख बराबरको क्षति भएको हो । 

उक्त आगलागी नेपाल प्रहरी र स्थानीयवासीको सहयोग बेलुका सवा ९ बजे नियन्त्रणमा आएको र अन्य थप अनुसन्धान भईरहेको उईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।